esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

त्रिविको पत्रकारिता तथा आमसञ्चार केन्द्रिय विभाग अब आफ्नै भवनमा

ईसनेश ईसनेश
प्रकाशित २०८० फाल्गुन २, बुधबार १६:४६ बजे
त्रिविको पत्रकारिता तथा आमसञ्चार केन्द्रिय विभाग अब आफ्नै भवनमा
13
SHARES
15
VIEWS

 

 

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रिय विभाग आफ्नै भवनमा सरेको छ । बल्खुस्थित नवनिर्मित भवनको बुधबार विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्रा. शिवलाल भुसालले उद्घाटन गरे । प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस परिसरबाट सञ्चालित विभागले आफ्नै नयाँ भवनबाट सेवा प्रवाह थालेको विभागका प्रमुख प्राध्यापक चिरञ्जिवि खनालले जानकारी दिए ।

 

भवन उद्घाटन गर्दै कार्यवाहक उपकुलपति भुसालले पत्रकारिता तथा आमसञ्चार विभागको सुविधासम्पन्न संरचना बनेसँगै विभागलाई चुनौती पनि थपिएको बताए । विश्वमा दिन प्रतिदिन हुने नयाँ परिवर्तन, नयाँ विकास र उपलब्धिहरुलाई समेटेर देशभित्र भित्र्याउन सक्नुपर्ने भन्दै उनले त्यसको लागि नेपाल सरकारसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए ।
उद्घाटन कार्यक्रममा विभागका प्रमुख प्रा. खनालले रत्नराज्यलक्ष्मी क्याम्पस परिसरमा सानो ठाँउबाट कक्षा सञ्चालन गर्न असहज भएपछि मागबमोजिम सुविधासम्पन्न भवन तयार भएको बताए । उनले विभागले अब नयाँ भवनबाट नयाँ व्यवस्थापनका साथ थप गुणस्तरीय जनशक्ति निर्माणमा योगदान पुर्‍याउने दावी गरे ।

भ्याली बाबुरत्न जेभी निर्माण कम्पनीले २१ करोड ५९ लाखको लगतमा भवन निर्माण गरेको हो ।  भवनमा सुविधासम्पन्न कक्षाकोठा, प्राध्यापक कक्ष, रेडियो स्टुडियो, फिल्म अध्ययनस्थल, मल्टिमिडिया कक्ष, पुस्तकालय, अन्तर्राष्ट्रियस्तरको सभाहल, अतिथि (विदेशी) प्राध्यापक आवास लगायत छ ।

त्रिविले विसं २०५८ देखि पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर, विसं २०६७ देखि विद्यावारिधि र विसं २०७४ देखि दर्शनाचार्य तथा विद्यावारिधि तहको अध्यापन गराउँदै आएको छ ।

 

Previous Post

४ वटा पालिकामा सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउन सकिएको छैन : नर्स मीरा यादव

Next Post

सुनको मूल्य ४ सय बढ्यो

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.