esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

चितवनको सौराहामा डाटा पत्रकारिता र पटकथा तालिम सम्पन्न

ईसनेश ईसनेश
प्रकाशित २०८० फाल्गुन ७, सोमबार १३:२२ बजे
चितवनको सौराहामा डाटा पत्रकारिता र पटकथा तालिम सम्पन्न
13
SHARES
15
VIEWS

सौराहा
चितवनको सौराहामा पाँच दिने डाटा पत्रकारिता र पटकथा तालिम सम्पन्न भएको छ । सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले फागुन ३ गतेदेखि सञ्चालन गरेको तालिम सोमबार सम्पन्न गरिएको हो ।

डाटा ड्रिभन पत्रकारिता र पटकथा लेखन तालिमका लागि छुट्टाछुट्टै प्रशिक्षकहरुले सहजीकरण गरेका थिए । कार्यक्रममा सहभागी पत्रकार पुष्पा थपलियाले तालिममा आउनु अघि आफूलाई नयाँ गुगल सिट कसरी खोल्ने ? भन्ने समेत जानकारी नरहेको बताइन् । तालिमपछि तथ्यांकलाई समाचारमा जोडेर पाठकले सहज रुपमा बुझ्न सक्ने गरी प्रस्तुत गर्न सक्षम भएको सुनाइन् ।

सोही तालिममा सहभागी सञ्जिव सुनारले तथ्यांक पत्रकारिता तालिम उपलब्धीमूलक भएको बताए ।

तथ्यांकमा आधारित पत्रकारिता तालिममा उमेश श्रेष्ठ र अरुण कार्कीले प्रशिक्षण दिएका थिए । प्रशिक्षक श्रेष्ठले पाँच दिनको तालिमले भोक जगाउने काम मात्रै गरेको बताए । अब अगाडि कसरी बढ्ने भनेर बाटो आफैंले खोज्न उनको आग्रह छ ।

पटकथा लेखन तालिममा सहभागी भएकी सृजना दुवालले तालिममा आउँदा र अहिले फरक अनुभूति भएको बताइन् । । ‘कथा लेख्न त आउँछ भनेर लाग्थ्यो तर त्यो सत्य रहेनछ । तालिमपछि अझै धेरै सिक्न बाँकी रहेको महशुस भएको छ ।’ उनले भनिन्, ‘खुशीको कुरा प्रशिक्षकहरुले थप सिकाउने वाचा गर्नुभएको छ ।’

तालिममा डट डटलाई जोडेर कसरी कथा बनाउने भनेर सिकेको उनको भनाई छ ।

अर्का प्रशिक्षार्थी श्रीधर न्यौपानेले तालिमले पटकथा लेखनका लागि बाटो देखाएको बताए । पटकथा लेखन तालिममा केशव पाण्डे, प्रविण कुमार रावत र सुवास कोइरालाले प्रशिक्षण दिएका थिए । पटकथा लेखन तालिमका प्रशिक्षक केशव पाण्डेले तालिम पाँच दिने तालिम पटकथा लेखन यात्राको शुरुवात मात्रै भएको बताए । ‘ अहिले नै कथा लेख्ने, कथा भन्ने यात्रामा फुल स्टप लागेको हैन, यात्राको शुरुवात मात्रै हो ।’ उनले भने ‘सपनाको यात्रा चलिरहन्छ । सपनालाई मर्न दिनुहुँदैन ।’

सञ्चार रजिष्ट्रार रेवती सापकोटाले क्लास रुममा जानु अघिको ‘ग्याप’ भर्नका लागि ‘ब्रिज’ कोर्ष मात्रै सञ्चालन गरेको बताए । ‘हामी सिक्न आएका थियौं, प्रशिक्षकले दिनरात नभनी प्रशिक्षण दिएका छन् ।’ उनले भने ‘ त्यसको सदुपयोग गरिदिनुस ।’

दक्ष जनशक्ति उत्पादनमा सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिए । ‘ पाँच दिने तालिम मार्फत टन्न दिएका छौं भन्दैनौं । सिक्ने भोक जगाएका छौं । कम्तीमा तीन तीन महिनाको तालिम आवश्यक पर्छ । ’ सञ्चार रजिष्ट्रार सापकोटाले भने ‘ सिकेको कुराको सदुपयोग गरिदिनुस ।’

पटकथा मात्रै तयार गर्नेलाई २५ हजार र फिल्म बनाउनेलाई ७५ हजार रुपैयाँ सहयोग गर्ने बताए । फिल्म प्रदर्शनका लागि विदेश जाँदा लाग्ने भाडामा पनि सकेको सहयोग गर्ने उनको आश्वासन छ । तालिम समापन कार्यक्रममा सहभागीलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

Previous Post

सुनको मूल्य ४ सय बढ्यो

Next Post

वीरगञ्जमा अनिश्चितकालका लागि कर्फ्यू आदेश

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.