esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

सेनाको पाँचखाल तालिम केन्द्रमा १८५ केभीएको सोलार जडान

ईसनेश ईसनेश
प्रकाशित २०८० फाल्गुन १०, बिहीबार १०:१४ बजे
सेनाको पाँचखाल तालिम केन्द्रमा १८५ केभीएको सोलार जडान
13
SHARES
15
VIEWS

काठमाडौं

नेपाली सेनाको वीरेन्द्र शान्ति तालिम केन्द्र, पाँचखालमा वैकल्पिक उर्जाका लागि सोलार प्यानल जडान गरिएको छ । संयुक्त राज्य अमेरिका सरकारको ग्लोबल पिस अपरेसन इनीसिएटिभ –जीपीओआइको सहयोगमा १८५ केभीए क्षमताको सोलार प्यानल जडान गरिएको हो ।
सोलार प्यानल मार्फत तालिम केन्द्रमा रहेका सम्पूर्ण संरचनाहरुलाई आवश्यक विद्युतीय उर्जा प्रवाह हुने युद्ध कार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारीले जानकारी दिए ।

सोलार परियोजनाले तालिम केन्द्रको भौतिक स्तरोन्नतीसँगै शान्ति स्थापना सम्बन्धि अन्र्तराष्ट्रिय स्तरमा उत्कृष्ट केन्द्रको रुपमा विकास गर्न सहयोग पुग्ने सेनाको ठहर छ । सोलार परियोजनाको बुधबार संयुक्त राज्य अमेरिकाका डेपुटी असिस्टेन्ट सेक्रेटरी (डीएएस) रचेल शिलरले सोलार प्यानलको उद्घाटन गरे ।

डिएएस शिलर फागुन ८ गतेदेखि जीपीओआइको सहयोगमा नेपाली सेना तथा संयुक्त राज्य अमेरिकी सेनाको सहकार्यमा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सञ्चलन भइरहेको शान्ति स्थापना सम्बन्धि बहुराष्ट्रिय अभ्यास शान्ति प्रयासको सिलसिलामा नेपालमा हुनुहुन्छ ।
शिलरले सोलार परियोजनाले शान्ति स्थापना सम्बन्धी क्षमता अभिवृद्धि गर्ने क्षेत्रमा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र जीपीओआइसँग सहकार्यको राम्रो उदाहरणको रुपमा रहने विश्वास व्यक्त गरे । उनले नेपाली सेना मार्फत संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा सहभागी हुने विभिन्न मुलुकका सैनिकहरुलाई सहयोग गर्न पाएकोमा खुशी लागेको बताए ।

उद्घाटन कार्यक्रम पछि लिइएको सामूहिक तस्वीर

तस्वीरहरु : नेपाली सेना

 

Tags: नेपाली सेनासोलार प्यानल
Previous Post

वीरगञ्जमा अनिश्चितकालका लागि कर्फ्यू आदेश

Next Post

छोरीलाई अस्पतालमै छोडेर आमा र हजुरआमा फरार

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.