esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

बारामा चार सय किसानलाई कृषि सामाग्री वितरण

सुवर्ण गाउँपालिकाद्वारा कृषक समूहलाई ५ लाख दिने घोषणा

ईसनेश ईसनेश
प्रकाशित २०८० फाल्गुन १४, सोमबार २२:०३ बजे
बारामा चार सय किसानलाई कृषि सामाग्री वितरण
49
SHARES
58
VIEWS

वीरगञ्ज,
बारामा चार सय किसानलाई कृषि सामग्री वितरण गरिएको छ । सुवर्ण गाउँपालिका र महागढिमाई नगरपालिकाका चार सय किसानलाई सहज सिंचाई सहितको खेतीपातीका लागि कृषि सामग्री वितरण गरेको हो ।

स्लामिक रिलिफ र जन जागरण युवा क्लब (जेजेवाइसी)ले किसानले माग गरे अनुसारका कृषि सामाग्री वितरण गरेको छ । डेढ वर्षदेखि समूहमा संगठित भई विभिन्न किसिमका तालिम लिएर जलवायु मैत्री खेतीपातीको प्रयासमा जुटेका किसानलाई कृषि सामग्री वितरण गरिएको जेजेवाइसी बाराले जनाएको छ ।
१५ हजार ९ सय ५० रुपैयाँ मूल्यको पानी तान्ने मोटर १०१ जनालाई, १ हजार ७ सय रुपैयाँको ३३० थान त्रिपाल, १० किलो बराबर २ हजार १ सय रुपैयाँको डेलिभरी पाइप दुई सय ६८ जनालाई वितरण गरिएको कार्यक्रम संयोजक डा.अजय कुमारले जानकारी दिए ।


कृषि सामग्री वितरण गर्न आयोजित कार्यक्रममा बोल्दै सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश राय यादवले कृषक समूलाई ५ लाख रुपैयाँ अनुदान दिने घोषणा गरे । अध्यक्ष यादवले स्लामिक रिलिफ नेपाल, स्लामिक रिलिफ क्यानडाको सहयोग तथा जनजागरण युवा क्लब जेजेवाइसी बाराको आयोजनामा सञ्चालित समुदायको उत्थानशिलता सुदृढिकरण एससिआर परियोजना अन्तर्गत गठित १० वटा समूहलाई ५० हजारका दरले जम्मा ५ लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन् । उनले अनुदानको सदुपयोग भए अर्को वर्ष प्रति समूह १ लाखका दरले १० लाख अनुदान उपलब्ध गराउने समेत प्रतिबद्धता जनाए ।

सुवर्ण गाउँपालिकामा आयोजित कार्यक्रमको अध्यक्षता गरेका जेजेवाइसीका उपाध्यक्ष राजदेव साहले वितरित कृषि सामग्री उपयोग गरेर कृषि कर्मबाटै किसानको आर्थिक उन्नती भएको हेर्ने दाता सँस्थाको चाहना पुरा गर्न सबै लाभग्राहीलाई आग्रह गरे । त्यस्तै महागढिमाईमा आयोजित कार्यक्रमको अध्यक्षता गरेका जेजेवाइसीका सचिव सियाराम यादवले लाभग्राहीको माग अनुसारकै सामग्री वितरण गरिएको बताए । उनले कृषि कर्ममा लागेका सदस्यहरुले सोचे अनुसारको उपलब्धी हाँसिल हुने विश्वास व्यक्त गरे ।

परियोजना अन्तर्गत सुवर्ण गाउँपालिका र महागढीमाई नगरपालिकामा १०÷१० वटा महिला कृषक समूह गठन भएका छन् । प्रत्येक समूहमा २० जनाका दरले जलवायुमैत्री खेतिको प्रयासमा जुटेको परियोजनाका लैंगिक तथा संरक्षण अधिकृत लक्ष्मी खरेलले जानकारी दिईन् । २० वटै महिला कृषक समूह सम्बन्धित पालिकामा दर्ता छन् ।

Tags: किसान समूहकृषि सामाग्रीजनजागरण युवा क्लबबारा
Previous Post

छोरीलाई अस्पतालमै छोडेर आमा र हजुरआमा फरार

Next Post

सिमुलेसनमा अधारित मेन्टरसिप कार्यक्रम बारे छलफल

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.