esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

गर्भपतन बारे भ्रम र यथार्थ

ईसनेश ईसनेश
प्रकाशित २०८० फाल्गुन २५, शुक्रबार २०:५९ बजे
गर्भपतन बारे भ्रम र यथार्थ
20
SHARES
23
VIEWS

वीरगञ्ज,

भ्रम : गर्भपतन गर्नाले भविष्यमा प्रजनन क्षमतामा नकारात्मक असर पर्छ ।
यथार्थ :  सुरक्षित गर्भपतनले प्रजनन समस्या निम्त्याउँदैन र गर्भपतन गरेको दुई हप्ता पछि व्यक्ति गर्भवती हुन सक्दछ । असुरक्षित गर्भपतनले मात्र बाँझोपन तथा अन्य गम्भीर स्वास्थ्य जटिलता निम्त्याउन सक्छ ।

भ्रम : गर्भपतन स्वास्थ्यको लागि हानिकारक हुन्छ ।
यथार्थ : WHO का अनुसार सुरक्षित गर्भपतन, सबैभन्दा सुरक्षित चिकित्सा प्रक्रियाहरू मध्ये एक हो । सुरक्षित गर्भपतनले गम्भीर स्वास्थ्य समस्या निम्त्याएको कुनै प्रमाण छैन ।

भ्रम : गर्भनिरोधकहरू व्यापक रूपमा उपलब्ध भएमा गर्भपतनको आवश्यक पर्दैन ।
यथार्थ :  कुनै पनि गर्भनिरोधक १००% प्रभावकारी हुँदैन । गर्भनिरोधकको सही र निरन्तर प्रयोग गर्दा पनि गर्भनिरोधक असफल हुने सम्भावना रहन्छ । त्यसैगरी गर्भनिरोधकको प्रयोग सम्बन्धि लान्छनाले मानिसलाई सजिलैसँग यी साधनहरु प्रयोग गर्न गाह्रो छ । धेरै मानिसलाई गर्भनिरोधक साधन कसरी सही तरिकाले प्रयोग गर्ने भन्ने कुराको जानकारीे समेत छैन । गर्भनिरोधकको प्रयोग असफल हुनु वा यसको अपूर्ण आवश्यकता नै अनिच्छित गर्भधारणको एक मात्र कारण होइन । विभिन्न परिस्थितिको कारणले अनिच्छित गर्भ रहन जान्छ । गर्भावस्थाको कुनै पनि समयमा गर्भपतन आवश्यक पर्न सक्छ ।
जस्तै, हिंसा÷बलात्कारबाट गर्भ रहेमा, गर्भवती व्यक्तिको स्वास्थ्यमा खतरा पर्ने भएमा – उदाहरणका लागि प्रिक्लाम्पसिया, एक्लेम्पसिया र अन्य अवस्थाहरू, सम्बन्धका जटिलताहरू, गरिबी, मानवीय संकटको कारणले हुने अनिश्चितता, र अन्य ।
तसर्थ, गर्भनिरोधकको आवश्यकता मात्र पूरा गर्दा मानिसहरूलाई गर्भपतनको आवश्यकता पर्दैन भन्ने ग्यारेन्टी हुँदैन ।

भ्रम : गर्भपतनको विकल्प धर्मपुत्र राख्नु हो ।
यथार्थ :  गर्भलाई पूर्ण अवधिसम्म राख्नु केही व्यक्तिहरूको लागि दर्दनाक हुन सक्छ र यसले उनीहरूको मानसिक र शारीरिक स्वास्थ्यमा खतरा निम्त्याउन सक्छ । त्यसैगरी गर्भवतीले बच्चा जन्माउँदा सबै चुनौतीपूर्ण परिणामहरू बेहोर्नुपर्ने हुन्छ । तसर्थ, धर्मपुत्र पाल्नु गर्भपतनको विकल्प कदापी हुन सक्दैन र गर्भवतीले आफ्नो गर्भ के गर्ने भन्ने निर्णय आफै लिनुपर्छ ।

भ्रम : एकभन्दा बढी मेडिकल गर्भपतन गराउनु सुरक्षित हुँदैन ।
यथार्थ : एकपटक भन्दा बढी गरिएको मेडिकल गर्भपतनले स्वास्थ्य वा भविष्यको गर्भमा कुनै नकारात्मक असर परेको प्रमाण भेटिएको छैन । यद्यपि यदि व्यक्तिलाई एक भन्दा बढी मेडिकल गर्भपतन आवश्यक पर्छ भने यसले उनीहरूले धेरै अनिच्छित गर्भधारण गरिरहेको जनाउँछ । यसका कारणहरु गर्भनिरोधकमा पहुँचको कमी, गर्भनिरोधक सही तरिकाले प्रयोग गर्न नसक्नु, वा गर्भनिरोधक प्रयोगको अनुमति नदिने असहयोगी वा दुव्र्यवहार गर्ने पार्टनर आदि हुन सक्छन् । गर्भपतन सेवा सम्बन्धि परामर्शमा यी बिषयहरूको छलफल र सम्बोधन हुनुपर्दछ ।

भ्रम : गर्भपतन सम्बन्धिकडा कानुनले गर्भपतन रोक्न सक्छ ।
यथार्थ :  गर्भपतन माथि प्रतिबन्ध लगाईएका कानून भएका देशमा गर्भपतनको दर, गर्भपतन वैधानिक भएका देशहरूमा जस्तै रहेको पाइन्छ । यसले, गर्भपतनको कानुनी अवस्था जस्तो भएपनि, मानिसहरूलाई गर्भपतनको सेवा आवश्यक हुन्छ भन्ने कुरा पुष्टि गर्छ । गर्भपतनलाई अपराधीकरण गर्दैमा वा गर्भपतन सम्बन्धि कडा कानुनको प्रावधान बिकास गर्दैमा गर्भपतन रोकिन्छ भन्ने हुँदैन यसले त सुरक्षित गर्भपतनलाई मात्र रोक्छ किनभने यदि सुरक्षित गर्भपतन सजिलैसँग उपलब्ध छैन भने मानिसहरूले आफ्नो स्वास्थ्य र जीवनलाई नै जोखिममा राखी गर्भ अन्त्य गर्न खतरनाक र असुरक्षित तरिकाहरू अपनाउँछन् ।

भ्रम : गर्भपतन सेवा लिएपछि परिवार नियोजन/गर्भनिरोधक साधनहरू प्रयोग गर्न आवश्यक छैन ।
यथार्थ :  मानिसहरू सुरक्षित गर्भपतन सेवा लिएपछि परिवार नियोजन÷गर्भनिरोधक साधनहरू प्रयोग गर्नु पर्दैन भन्ने विश्वास राख्छन् र सुरक्षित गर्भपतनले अनिच्छित गर्भधारण कम गर्छ
भन्ने उनीहरूलाई लाग्दछ । तर सुरक्षित गर्भपतनले गर्भनिरोधक विधिको रूपमा काम गर्दैन । परिवार नियोजन÷गर्भनिरोधकको प्रयोगले अनिच्छित गर्भधारणको जोखिम कम गर्छ ।

भ्रम : मेडिकल गर्भपतन औषधी र आकस्मिक गर्भनिरोधक चक्की एउटै हुन् ।
यथार्थ :  मेडिकल गर्भपतन, आकस्मिक गर्भनिरोधभन्दा फरक हुन्छ । आकस्मिक गर्भनिरोध, असुरक्षित यौनसम्पर्क भएको ७२ –१२० घण्टा भित्र गर्भ रोक्नको लागि सेवन गरिन्छ भने यसको ठिक बिपरित, मेडिकल गर्भपतनको औषधी, रहिसकेको गर्भलाई तुहाउन प्रयोग गरिन्छ ।

भ्रम : किशोरकिशोरीका लागि मेडिकल गर्भपतन सुरक्षित हुँदैन ।
यथार्थ :  मिफेप्रिस्टोन र मिसोप्रोस्टोल, वा मिसोप्रोस्टोल मात्र प्रयोग गरेर मेडिकल गर्भपतन गराएमा यसको सफलता दर बढी उमेरका महिलाहरूको तुलनामा युवा महिलाहरूमा बराबर वा उच्च रहेका अध्ययनहरूले देखाउँछ्न् । समान वा कम जटिलताको दर सहित मेडिकल गर्भपतन युवाहरूका लागि वृद्ध मानिसहरूको तुलनामा सुरक्षित रहेको पनि यी अध्ययनले देखाउँछन् । तसर्थ, यसका लागि कुनै उमेर सीमा छैन । अनिच्छित गर्भधारण गरेका किशोरकिशोरीहरूका लागि मेडिकल गर्भपतन सुरक्षित छ ।

भ्रम : गर्भपतन सेवाहरूमा सहज पहुँचले युवाहरूमाझ असुरक्षित यौन व्यवहारलाई प्रोत्साहित गर्छ ।
यथार्थ :  सुरक्षित गर्भपतन साथै बृहत यौनिकता शिक्षाको सहज पहुँचले सुरक्षित र स्वस्थ यौन व्यवहारलाई प्रोत्साहन दिन्छ र युवाहरूलाई गर्भपतनको आवश्यकता पर्दा सुरक्षित विकल्पहरू प्रदान गर्दछ । सुरक्षित गर्भपतनमा सहज पहुँचले असुरक्षित गर्भपतनमा पनि कमी ल्याउँछ ।

सम्पादक : यो सामाग्री भिजिबल इम्प्याक्टले ‘गर्भपतन सम्बन्धि रिपोर्टिङ्ग कसरी गर्ने ?‘ भन्ने बारे मिडिया र आम संचारकर्मीका लागि तयार गरिएको टुलकिटबाट साभार गरिएको हो ।

Tags: सुरक्षित गर्भपतन
Previous Post

लिंग पहिचानपछि आफूखुशी गर्भपतन, जोखिममा महिलाको स्वास्थ्य

Next Post

सानो पाईलाले महिलालाई उद्यमी बनाउन परियोजना सञ्चालन गर्ने

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.