esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

सानो पाईलाले महिलालाई उद्यमी बनाउन परियोजना सञ्चालन गर्ने

ईसनेश ईसनेश
प्रकाशित २०८० फाल्गुन २६, शनिबार २१:५१ बजे
सानो पाईलाले महिलालाई उद्यमी बनाउन परियोजना सञ्चालन गर्ने
11
SHARES
13
VIEWS

वीरगञ्ज, सानो पाईलाले महिलालाई उद्यमी बनाउन ‘स्कुल अफ वुमेन्स अन्टपेनरशिप’ परियोजनाको शुभारम्भ गरेको छ । पूर्व उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री एवं पर्सा क्षेत्र नम्बर ४ का प्रतिनीधि सभा सदस्य रमेश रिजाल, पर्सा क्षेत्र नम्बर २ का प्रतिनीधि सभा सदस्य अजय चौरसिया, प्रतिनीधि सभा सदस्य मनिष झा, प्रदेश सभा सदस्य श्याम पटेल लगायतको उपस्थितीमा परियोजनाको शुभारम्भ गरिएको हो ।

कार्यक्रममा बोल्दै पूर्व मन्त्री रिजालले सशक्त समुदायको निर्माणका लागि सानो पाईलाले इट्टा थप्ने काम गरेको बताए । एकल महिला, लैंगिक हिंसा पीडित र विपन्न महिलालाई सीप सिकाएर स्वरोजगार बनाउने कार्यको प्रशंसा गर्दै उनले यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरे ।

पर्सा क्षेत्र नम्बर २ का प्रतिनीधि सभा सदस्य अजय चौरसियाले महिला सशक्तीकरणका लागि सीप अनिवार्य भएको बताए । सीप सिकेर आत्मनिर्भर बनेमा स्वतः आत्मविश्वास वृद्धि हुने उनको धारणा छ ।

अधिकांश तालिम बजेट सकाउने उद्देश्यले सञ्चालन हुने गरेको भएपनि सानो पाईलाले सञ्चालन गर्ने परियोजना वास्तवमै प्रभावकारी हुने गरेको प्रतिनीधि सभा सदस्य मनिष झाले बताए । ‘सानो पाईलाले तालिम मात्रै दिँदैन, स्रोतको व्यवस्थापन गर्छ र रोजगारी समेत प्रदान गर्छ । वास्तवमै अहिलेको समयमा यस्तै तालिमको खाँचो छ ।’ उनले भने

कार्यक्रममा संविधान सभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटा, मधेश प्रदेशका प्रदेश सभा सदस्य श्याम पटेल, जि टु एसियाका नेपाल प्रतिनीधि सुरेश तामाङ्, पटेर्वासुगौली गाउँपालिकाका अध्यक्ष दिनेशलाल चौधरी लगायतले महिला उद्यमशीलता र स्वरोजगार बारेमा चर्चा गरेका थिए ।

सानो पाईलाका संस्थापक अध्यक्ष कञ्चन झाले सम्मुनत समाज निर्माणमा टेवा पु¥याउने उद्देश्यले परियोजना सञ्चालन गर्न लागिएको बताए । सानो पाईलाका सञ्चार अधिकृत विवेक कर्णले संस्थाले सञ्चालन गरेको गतिविधि, परियोजना तथा त्यसबाट हाँसिल भएको उपलब्धीका बारेमा जानकारी गराएका थिए ।

सञ्चार अधिकृत कर्णकाअनुसार स्कुल अफ वुमेन्स अन्टपेनरशिप परियोजनामा महिलालाई विभिन्न सीप सिकाइनेछ । जसअन्र्तगत पर्साको पटेर्वासुगौली गाउँपालिकामा ३ महिनासम्म आवासिय हस्तकला सामग्री उत्पादन सम्बन्धी तालिम दिइनेछ भने ललितपुरमा कास्य परियोजना अन्र्तगत गरगहना बनाउने तालिम सञ्चालन हुनेछ ।

Previous Post

गर्भपतन बारे भ्रम र यथार्थ

Next Post

बारामा चर्को आवाजमा डिजे बजाउने धमाधम पक्राउ

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.