esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

बारामा चर्को आवाजमा डिजे बजाउने धमाधम पक्राउ

सँर्धैका लागि रोकिएला त डिजेको चर्को ध्वनी ?

ईसनेश ईसनेश
प्रकाशित २०८० फाल्गुन २८, सोमबार २०:३३ बजे
बारामा चर्को आवाजमा डिजे बजाउने धमाधम पक्राउ
24
SHARES
28
VIEWS

वीरगञ्ज,

प्रहरीले बारामा चर्को आवाजमा डिजे बजाउनेहरुलाई धमाधम पक्राउ गरेको छ । कलैया, जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रबाट सोमबार डिजे सहित तीन जना पक्राउ परेका हुन् ।

कलैया उपमहानगरपालिका वडा नं.९ रामपुर बस्ने ३० वर्षीय मनौवर मियाँ, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २० बस्ने २० वर्षीय मुन्ना कुमार साह, वडा नं. १२ बस्ने २० वर्षीय मोहित चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी दधिराम न्यौपानेले जानकारी दिए ।

कलैया बजार क्षेत्रमा ध्वनी प्रदुषण हुनेगरी चर्को अवाजमा डिजे बजाउँदै गरेको अवस्थामा सुनिल बैण्ड कलैयाका मनौवर र सिमरा क्षेत्रमा चर्को आवाजमा डिजे बजाउँदै गरेको अवस्थामा नेपाल सुनिल बैण्डका सञ्चालक मोहित र सवारी चालक मुन्ना पक्राउ परेका हुन् ।

डिजे साउण्ड सिस्टम राखिएको गाडी सहित पक्राउ परेका उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाईएको प्रहरीले जनाएको छ । चार दिन अघि चर्को आवाजमा डिजे नबजाउन प्रहरीले अनुरोध गरेको थियो ।

सूचना जारी गर्दै प्रहरीले बाराको सार्वजनिक बाटो, घाटो, सडक, चौर आदि स्थानहरूमा सर्वसाधारण नागरिकको स्वास्थ्यमा जोखिम बढ्न सक्ने गरि चर्को ध्वनी निष्कासन गरी डिजे साउण्ड सिस्टम नबजाउन भनेको थियो । डिजे साउण्ड सिस्टममा चर्को आवाजमा अभद्र र उच्छृंखल प्रकारको गीत संगित बजाउँदा सामाजिक तनाव तथा द्वन्द्वको वातावरण सृजना भएको, मानसिक तथा शारिरीक समस्या उत्पन्न भएको, झै–झगडाका घटनाहरू बढेको र ध्वनी प्रदुषणले जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको जनगुनासो समेत आएको प्रहरीको भनाई छ ।

सूचनामा यस्ता किसिमका चर्को आवाजमा डिजे बजाएर समाजमा प्रतिकूल असर पार्ने कार्य गरेमा प्रचलित कानून बमोजिम कारवाही गर्ने चेतावनी समेत प्रहरीले दिएको थियो । जिल्ला प्रहरी कार्यालय बाराका तत्कालिन प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीको कार्यकालमा एक वर्ष अघि पनि बारामा डिजे बजाउन रोक लगाईएको थियो । यसरी समय समयमा डिजे बजाउन रोक लगाउने निर्णय हुने गरेको भएपनि बारामा निरन्तर विवाह, शिव चर्चा लगायत विभिन्न सामाजिक कार्य गर्दा चर्को आवाजमा डिजे बजाउने क्रम रोकिएको छैन ।

चर्को ध्वनीबाट हुने प्रत्यक्ष असरहरु

मानसिक समस्यामा वृद्धि
गर्भवती महिलाहरूमा गर्भ खेर जान सक्ने ।
मुटु रोगीहरूलाई थप समस्या हुने ।
सुन्न सक्ने क्षमतामा कमी आउने ।
वृद्ध वृद्धाहरूको स्वास्थ्यमा थप समस्या आउने ।
ध्वनी प्रदुषणबाट बालवालिकाहरूमा रातिको समयमा बेचैन र अनिद्रा हुने ।
अनावश्यक अभद्र र उच्छृंखल गीत संगितले समाजिक सदभावमा खलल पुग्ने ।
अस्पतालमा भएका विरामीहरू र विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरू समेतमा असर पर्ने ।

चर्को स्वरमा डिजे बजाउनेलाई के हुन्छ कारबाही ?

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा ११२ मा वातावरण प्रदुषित गर्न निषेध गरिएको छ । दफा ११२ को उपदफा (२) मा अधिकार प्राप्त अधिकारीको इजाजत विना यान्त्रिक साधनबाट ध्वनी, रेडियोधर्मी विकिरण वा जोखिमपूर्ण फोहर मैलाको उत्पादन, प्रसारण ओसारपसार गर्न वा थुपार्न नहुने उल्लेख छ । उपदफा (४) मा यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

त्यसैगरि वातावरण संरक्षण ऐन, २०७६ को परिच्छेद ३ को दफा १५ को उपदफा १ बमोजिम नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी कुनै सवारी साधन, यन्त्र, उपकरण, औद्योगिक प्रतिष्ठान, होटेल, रेष्टुरेन्ट वा अन्य स्थान वा मालवस्तु वा कुनै क्रियाकलापबाट हुने प्रदूषण नियन्त्रण गर्न सक्ने व्यवस्था छ । अटेर गर्नेलाई न्युनतम ५ लाख रुपैयाँ जरिवाना र क्षतिपुर्ति देखि अधिकतम ५० लाखसम्म जरिवाना तथा क्षतिपुर्ती भराउन सकिने उल्लेख छ ।

Previous Post

सानो पाईलाले महिलालाई उद्यमी बनाउन परियोजना सञ्चालन गर्ने

Next Post

उद्योग वाणिज्य महासंघले लगानी कम्पनी स्थापना गर्ने

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.