esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

काठमाडौं महानगरपालिकाले ५ वर्षे विपद व्यवस्थापन रणनीतिक योजना तर्जुमा गर्दै

ईसनेश ईसनेश
प्रकाशित २०८० चैत्र १, बिहीबार १७:५० बजे
काठमाडौं महानगरपालिकाले ५ वर्षे विपद व्यवस्थापन रणनीतिक योजना तर्जुमा गर्दै

????????????????????????????????????

4
SHARES
5
VIEWS

रणनीतिक योजना कार्यान्वयनमा ल्याउँदा सुरक्षित सहर निर्माणमा योगदान पुग्ने महानगरपालिकाले जनाएको छ । विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापाका अनुसार रणनीतिक योजना मार्फत सहरको मौलिकता र आधुनिक विकासको चरणलाई सन्तुलित गर्दै सहरलाई सुरक्षित बनाउन सहभागितामूलक संयन्त्र निर्माण गर्ने सोच महानगरको छ ।

काठमाडौं,
काठमाडौँ महानगरपालिकाले ५ वर्षे विपद व्यवस्थापन रणनीतिक योजना तर्जुमा गर्ने भएको छ । सहरी विपद जोखिम न्युनीकरणका लागि विपद व्यवस्थापन विभागले योजना तर्जुमा गर्न लागेको हो । रणनीतिक योजनामा विपदको पूर्वतयारी, विपदको समयमा गर्नुपर्ने व्यवस्थापनका काम र विपदपछिको पुनस्र्थापना, पुनर्लाभका लागि वडा र समुदायस्तरीय क्षमता विकास, आन्तरिक र साझेदार निकायबीचको समन्वय योजनामा समेटिनेछन् ।

रणनीतिक योजना कार्यान्वयनमा ल्याउँदा सुरक्षित सहर निर्माणमा योगदान पुग्ने महानगरपालिकाले जनाएको छ । विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापाका अनुसार रणनीतिक योजना मार्फत सहरको मौलिकता र आधुनिक विकासको चरणलाई सन्तुलित गर्दै सहरलाई सुरक्षित बनाउन सहभागितामूलक संयन्त्र निर्माण गर्ने सोच महानगरको छ ।

आगामी नीति र कार्यक्रम, वडाका आवश्यकताका विषयमा पृष्ठपोषण लिनका लागि विभागले बुधबार वडास्तरीय विपद व्यवस्थापन समितिका संयोजकहरुसँग छलफलको आयोजना गरेको थियो । कार्यक्रममा प्रस्तुतीकरणका क्रमममा विभागको निमित्त प्रमुख गंगाधर गौत्तमले विद्यमान अवस्थाको विश्लेषण गर्दै रणनीतिक योजना तर्जुमाको अवधारणाका विषयमा जानकारी गराए ।

सामूहिक ज्ञान, सिप र सोचको विकासबाट जोखिम घटाउने काम गर्नुपर्ने आवश्यकतालाई रणनीतिक योजनाले पूरा गर्ने उनको भनाई छ । निमित्त प्रमुख गौत्तमले आगामी वर्ष रणनीतिक योजना कार्यान्वयन थालिने, त्यसैअनुरुप कार्यक्रम र बजेट प्रस्ताव गरिने बताए ।

‘विपद व्यवस्थापनमा संघ, प्रदेश र जिल्ला स्तरका संयन्त्र, यी संयन्त्रसँग पालिका र वडास्तरीय सम्बन्धबाट प्रभावकारी सेवा कसरी सञ्चालन गर्न सकिन्छ, यस कोणबाट काम थाल्नुपर्छ । ’ उनले भने ।

छलफलमा वडाध्यक्ष र वडास्तरीय समितिका संयोजकहरुले पूर्वाधार विकासजन्य जोखिमको पूर्वानुमान गर्ने, महानगरपालिका केन्द्र र केन्द्र जत्तिकै वडास्तरीय क्षमता विकास गर्ने नीति कार्यक्रममा जोड दिएका थिए ।

‘विपद आउनासाथ व्यवस्थापनको पहिलो काम गर्न कसैलाई पर्खनु नपरोस्, कसैको बाटो हेर्न नपरोस् । यसप्रकार क्षमता विकास गरौँ ।’ उनीहरुले भने ‘शासकीय प्रबन्धमा विपदलाई हेर्ने दृष्टिकोण स्पष्ट बनाऔँ, जोखिममुक्त सुविधा वितरण प्रणाली, यसका लागि साझेदारबिचको सम्बन्ध र समन्वय, सुरक्षित सहरका लागि पूर्वाधार निर्माणमा काम गरौँ ’

काठमाडौंको मुख्य जोखिम आगलागी हो । छलफलमा विपद व्यवस्थापन महाशाखा प्रमुख एवं नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले विद्युतजन्य आगलागीको जोखिम बढ्दै गएको बताए । ‘आगलागीको खबर पाएकोे आधा मिनेटभित्र दमकल स्टेशनबाट बाहिर निस्कने गर्छ, तर सडकमा यातायातको चापका कारण गन्तव्यमा पुग्न कठिन हुने गरेको छ ।’

Previous Post

उद्योग वाणिज्य महासंघले लगानी कम्पनी स्थापना गर्ने

Next Post

सक्षम र सबल निजी क्षेत्र, मुलुक समृद्धिको आधार

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.