esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

आफन्त नेपाल वीरगञ्ज शाखाद्वारा दुई वर्षमा २६४ जनाको उद्धार

ईसनेश ईसनेश
प्रकाशित २०८० चैत्र ८, बिहीबार २१:५८ बजे
आफन्त नेपाल वीरगञ्ज शाखाद्वारा दुई वर्षमा २६४ जनाको उद्धार
50
SHARES
59
VIEWS

सुरेश बिडारी

पछिल्लो दुई वर्षमा मानव बेचविखन र बेचविखनको जोखिममामा परेका २ सय ६४ जनाको उद्धार गरिएको छ । मानव बेचविखन र लैंगिक हिंसा अन्त्यका लागि अभियान सञ्चालन गर्दै आएको आफन्त नेपाल वीरगञ्ज शाखाले उनीहरुको उद्धार गरेको हो ।

वीरगञ्जमा बिहीबार आयोजित परियोजना समिक्षा कार्यक्रममा संस्थाले सञ्चालन गरेको विविध गतिविधिबाट हाँसिल भएको उपलब्धीका बारेमा जानकारी गराईएको थियो । ललाई फकाई भारतका विभिन्न सहर लगेर बेचविखनमा परेका महिला, किशोरी तथा बालिकालाई उद्धार गरिएको आफन्त नेपाल वीरगञ्ज शाखा प्रमुख सुनिता सापकोटाले जानकारी दिईन् । उद्धार कार्यमा नेपाल र भारतका सुरक्षा निकायको सहयोग रहेको उनको भनाई छ ।


त्यसैगरि वीरगञ्ज शाखाले आपतकालिन अस्थायी आवास गृहमा २ सय जनालाई राखेको छ । वीरगञ्जको नगवा स्थित शाखा कार्यालयमा १० जनासम्म राख्न सक्ने अस्थायी आवास गृह सञ्चालनमा छ । १७ जनालाई कानूनी सहायता गर्दा २ सय ४७ जनालाई पारिवारिक पूर्नमिलन समेत गराउन सफल भएको छ । सन् २०२२ मा ४ हजार ३ सय ७८ जनालाई मानव बेचविखनका बारेमा सूचना र १ हजार ४ सय ९१ जनलाई परामर्श सेवा दिएको शाखाले सन् २०२३ मा क्रमशः ७ हजार २ सय २३ जना र ३ हजार ६३ जनालाई सेवा दिएको छ ।

सीप सिक्न चाहानेका लागि सीप

आफन्त नेपालको झापादेखि महेन्द्रनगरसम्म १० वटा शाखा छ । भने भारतको नयाँ दिल्लीमा पनि शाखा छ । चितवनमा २० र ४० जना राख्न सक्ने क्षमताका दुईवटा स्थायी आवास गृह छ । संस्थाले मानव बेचविखन वा लैंगिक हिंसामा परेका महिला, किशोरी तथा बालिकालाई आवास गृहमा राखेर काउन्सिलिङ गर्ने, पढाउने, सीप मूलक तालिम प्रदान गर्ने गर्छ ।

नेतृत्व विकास, सिलाई कटाई, जेन्स सैलुन, फाष्ट फुड लगायतका तालिम संस्थाले प्रदान गर्ने गरेको कार्यक्रममा जानकारी गराईएको थियो ।
‘शाखाले पठाएको जर्बजस्ती करणीमा परेकी एक किशोरी पढ्दैछिन्, नारायणी अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) ले पठाएकी अर्की किशोरी जेन्स सैलुन चलाउन थालेकी छन् ।’’ शाखा प्रमुख सुनिताले भनिन् ।

ओसीएमसी इन्चार्ज हेमा थापाले सीप सिकेर आय आर्जनमा लागेकाहरु कम हिंसामा पर्ने गरेको बताईन् ।

महिला शसक्तीकरणका लागि पहल

त्यसैगरि वीरगञ्ज १६ नगवामा वेष्णोदेवी महिला बचत समूह, वीरगञ्ज १५ भिश्वामा भिश्वा महिला बचत समूह र इनर्वा किशोरी समूह गठन गरि परिचालन गरेको छ । समूहमा आवद्ध सदस्यहरुलाई मानव बेचविखन विरुद्ध सचेत बनाउनुको साथै अचार बनाउने तालिम, लेखा व्यवस्थापन तालिम प्रदान गरिएको सिमा सहजकर्ता सुधा देवकोटाले जानकारी दिइन् ।

भिश्वा महिला बचत समूहको सचिव प्रियंका कुँवरले तालिम पछि व्यवसाय शुरु गरेको जानकारी दिईन् । ‘संस्थाबाट अचार बनाउने र लेखा व्यवस्थापन तालिम पायौं, अहिले त्यसैकोव्यवसाय गरिरहेका छौं ।’ उनले भनिन् ‘ अचार बनाएर पसलमा बेच्छौं, पैसा कमाएपछि घरको आर्थिक समस्या समाधान गर्न सकेका छौं ।’

सरोकारवालाले गरे कामको प्रशंसा

वीरगञ्ज महानगरपालिकाको सभाहलमा भएको कार्यक्रममा सहभागी सरोकारवालाले आफन्त नेपाल वीरगञ्ज शाखाले गरेको कामको प्रशंसा गरेका छन् । उनीहरुले आफन्त नेपाल वीरगञ्ज शाखाले मानव बेचविखन र लैंगिक हिंसा नियन्त्रणका लागि खेलेको भूमिका प्रशंसनीय भएको बताए ।

ओसीएमसी इन्चार्ज थापाले लैंगिक हिंसा पीडितलाई अस्थायी आवासको व्यवस्था गरेर आफन्त नेपालले ठूलो सहयोग गरिरहेको बताइन् । भारतीय सशस्त्र सीमा बल (एसएसबी)का प्रहरी निरीक्षक मनोज कुमार शर्माले मानव सेवाको काममा सहयोग पुगेको बताए । ‘नेपालबाट भारतका विभिन्न सहरमा पुगी बेचविखनको जोखिममा परेकालाई रोक्छौं, बेचविखनमा परिसकेकालाई उद्धार गर्छौ ।’ उनले भने ‘ भारतमा प्रक्रिया पुरा गरेर सुम्पन्न महिनौं लाग्छ, आफन्त नेपालका साथीहरु गएर काउन्सिलिङ गर्नुहुन्छ, व्यक्तिगत विवरण लिनुहुन्छ, आफन्त खोजेर जिम्मा लगाउन सघाउनुहुन्छ ।’

जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी निरीक्षक मनिषा लौडारीले आफन्त नेपाल र माइती नेपालले अस्थायी आवास गृह सेवा दिएर प्रहरीलाई समेत सघाएको बताइन् । ‘प्रहरी कार्यालयमा लैंगिक हिंसामा परेका महिला, किशोरी, बालिकालाई राख्ने ठाउँ छैन । त्यस्तोमा संघ संस्थाले सहयोग नगर्ने हो भने हामीले धेरै गाह्रो हुन्थ्यो । ’ उनले भनिन् । ‘ मध्य रातमा फोन गरेर लौन मान्छे राखिदिनुस भनेपछि तयार भैहाल्नुहुन्छ ।’

वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले बेचविखनमा परेका वा लैंगिक हिंसा पीडितलाई आवश्यक सहयोग गर्न महानगरपालिका तयार रहेको बताए । उनले वीरगञ्जमा लैंगिक हिंसा पीडितलाई राख्ने स्थायी आवास गृह बनाउन जग्गाको खोजी भइरहेको समेत जानकारी गराए ।

परियोजना व्यवस्थापक अनिता खड्काको अध्यक्षतामा भएको कार्यक्रममा ओसीएमसी इन्चार्ज हेमा थापा, जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी निरीक्षक मनिषा लौडारी, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रकी प्रहरी सहायक निरीक्षक नन्दकला टमाटा र एसएसबी प्रहरी निरीक्षक मनोज कुमार शर्मालाई सम्मान गरिएको थियो ।

Tags: आफन्त नेपालमानव बेचविखनलैंगिक हिंसावीरगञ्ज महानगरपालिका
Previous Post

अर्थतन्त्रमा चुनौती यथावत

Next Post

बहुदरमाईमा बहस पैरवी कार्यक्रम सम्पन्न ।

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.