ईसनेशा
वीरगंज, ११ चैत्र
युवाका मुद्दामा बहस पैरवी कार्यक्रम बहुदरमाई नगरपालिकाको सहयोग , राष्ट्रिय युवा परिषद जिल्ला युवा समितिको समन्वय र वीरगंज कन्सलटेन्सी र तालिम सेन्टरको आयोजनामा सम्पन्न भएको छ ।
बहुदरमाई नगरपालिकाको सभा हलमा सम्पन्न कार्यक्रममा बहुदरमाई नगरपालिकाका नगर प्रमुख सिंहासन साह प्रमुख अतिथि ,भारतीय महावाणिज्यदूतावास बिरगंज का महावाणिज्यदूत शैलेन्द्र कुमार विशिष्ट आतिथ्यमा , राष्ट्रिय युवा परिषद जिल्ला युवा समिति पर्साको अध्यक्ष अमिताभ बच्चन दास विशिष्ट अतिथि, संचारकर्मी माधुरी महतो र शिवनाथ यादवले स्थानीय स्तरमा युवाका मुद्धा तथा संचारमाध्यमको भुमिकाका विषयमा चर्चा गरको थिए ।
वीरगंज कन्सलटेन्सी र तालिम सेन्टरका अध्यक्ष रामनिवास देहातीको अध्यक्षतामा भएको कार्यक्रममा श्याम साह सुनिल रौनियार लगायतले सहजिकरण गरेका थिए । कार्य्रमकमा बहुदरमाई नगरपालिकाका युवाहरूको सहभागिता रहेको थियो ।
Discussion about this post