esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

अस्पतालजन्य फोहोर व्यवस्थापनः काठमाडौँ महानगरपालिका र मनमोहन मेडिकल कलेजबिच सहकार्य हुने

ईसनेश ईसनेश
प्रकाशित २०८० चैत्र १४, बुधबार ११:१७ बजे
अस्पतालजन्य फोहोर व्यवस्थापनः काठमाडौँ महानगरपालिका र मनमोहन मेडिकल कलेजबिच सहकार्य हुने
7
SHARES
8
VIEWS

काठमाडौँ,

स्वास्थ्य संस्थाबाट उत्पादन हुने हानीकारक फोहोरलाई सामान्य फोहोरमा रुपान्तरण गर्न काठमाडौँ महानगरपालिकाले प्रयास थालेको छ । त्यसका लागि उसले मनमोहन मेमोरियल मेडिकल कलेजसँग सहकार्य गर्ने भएको छ ।

मंगलबार महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा कलेजका पदाधिकारीसँग बसेको बैठकले, कलेजको जग्गामा एकीकृत प्लान्ट स्थापना गर्ने निर्णय गरेको छ । त्यसका लागि आवश्यक साधन तथा उपकरणका लागि महानगरपालिकाले सहयोग गर्नेछ ।

स्थलगत अवलोकन, डिजाइन र लागत इष्टिमेट तयार गरेपछि सहभागिता र सञ्चालन विधि तयार पारेर सम्झौता हुने महानगरपालिकाले जनाएको छ । बैठकमा उपप्रमुख डंगोलका अनुसार महानगरपालिकाले स्वास्थ्य प्रबर्धन केन्द्र सञ्चालन गरिरहेको छ । यी केन्द्रहरुबाट उत्पादन हुने हानीकारक फोहोर प्रशोधन गर्ने केन्द्रका लागि मनमोहन मेमोरियल मेडिकल कलेजसँग सहकार्य गर्न लागिएको हो । यसलाई नमूना बनाएर स्वास्थ्य संस्थाहरुकै बीचको सहकार्यमा एकीकृत प्रशोधन केन्द्र स्थापना गर्न सकिने उनको धारणा छ ।
स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन कार्यको अनुगमन गर्ने क्रममा उनले भनिन् अस्पतालहरुबाट उत्पादन हुने सबै फोहोर हानीकारक हुँदैन । स्रोतमा सुरक्षित वर्गीकरण गरेर जोखिमयुक्त फोहोरलाई जोखिममुक्त बनाउन सबै स्वास्थ्य संस्थाले काम गर्नु पर्ने देखिएको छ । अन्य फोहोरलार्य पुनःप्रयोग र पुनःचक्रिय प्रयोगमा ल्याउन सकिन्छ । यसमा एउटा एकीकृत अभ्यास गरौँ । यसको सफल अभ्यासलाई प्रबर्धन गरौँ ।’

बैठकमा अस्पतालका अध्यक्ष डा.वंशीधर मिश्रले, अस्पताल परिसर स्वयम्भूमा आन्तरिक प्रयोजनका लागि प्रशोधन प्लान्ट स्थापना गर्न लागिएको जानकारी दिए । प्राविधिक रुपमा उपयुक्त भए सोही ठाउँमा, नभए अस्पतालको नाममा रहेको अन्य जमिनमा भएपनि महानगरपालिकासँगको सहकार्यबाट एकीकृत केन्द्र बनाउने उनको भनाई छ ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले ५० वटा अस्पतालको फोहोर व्यवस्थापन आचरण तथा अभ्यासको अनुगमन गरिसकेको छ । यसमध्ये मिश्रित फोहोर भएका र निर्मलीकरण अभ्यासमा कमी कमजोरी देखिएका २० वटा अस्पतालको फोहोर रोकिएको थियो । यसरी फोहोर रोकिएकामध्ये पनि १८ वटाको पुनःअनुगमन भईसकेको छ ।
अनुगमनका क्रममा टोली मनमोहन अस्पताल पनि पुगेको थियो । अस्पतालले स्थापना गर्न लागेको प्रशोधन प्लान्ट योजनामा सहकार्यको सम्भावना त्यही क्रममा देखिएको थियो ।

Previous Post

१० किलो गाँजा र गाँजा च्याप्ने मेसिन बरामद

Next Post

बाल सुधार गृहमा छाला जाँच शिविर, ४७ बालकलाई भयो राहत

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.