esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

काठमाडौंमा ठाउँ तोकेर पाठ्यपुस्तक र पोशाक किन्न बाध्य गर्न नपाइने

ईसनेश ईसनेश
प्रकाशित २०८० चैत्र २३, शुक्रबार १०:३४ बजे
काठमाडौंमा ठाउँ तोकेर पाठ्यपुस्तक र पोशाक किन्न बाध्य गर्न नपाइने
7
SHARES
8
VIEWS

काठमाडौं,
काठमाडौँ महानगरपालिकाकाले अभिभावकलाई ठाउँ तोकेर पाठ्य पुस्तक, पोशाक र स्टेशनरी सामाग्री खरिद गर्न बाध्य नपार्न विद्यालयहरुलाई निर्देशन दिएको छ । शिक्षा विभागले विद्यालयहरुलाई परिपत्र गर्दै प्रचलित कानुन विपरीत काम नगर्न सचेत गराएको हो ।

विशेषगरि संस्थागत विद्यालयहरुले पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी बिक्री गर्ने ठाउँ तोक्ने र तोकिएको ठाउँमै खरिद गर्न अभिभावकलाई बाध्य पार्दै आएका छन् ।
निमित्त विभागीय प्रमुख सरस्वती पोखरेलले परिपत्र गर्दै विद्यार्थीहरुलाई विद्यालयबाटै वा विद्यालयले तोकेको स्थानबाट पाठ्यपुस्तक, पाठ्य सामाग्री, पोशाक तथा स्टेशनरी लगायत सामाग्री खरिद गर्न बाध्य गर्ने गराउने कार्य नगर्न सचेत गराएकी छन् ।

परिपत्रमा सामुदायिक विद्यालयहरुले पाठ्यक्रम विकास केन्द्रले तयार पारेका पाठ्यपुस्तक मात्र प्रयोग गर्न पाउने, अंग्रेजी माध्यमका पाठ्यपुस्तक प्रयोग गर्नु परेमा केन्द्रले अनुवाद गरेर प्रकाशन गरेका वा सूचीकृत भएका मात्र प्रयोग गर्नुपर्ने, अन्यथा महानगरपालिकाले भुक्तानी नगर्ने चेतावनी दिइएको छ ।

संस्थागत विद्यालयले पनि पाठ्यक्रम विकास केन्द्रले सूचीकृत गरेका पाठ्यसामग्री मात्र प्रयोग गर्न गराउन भनिएको छ ।
विद्यालयहरुले यसविपरीत कार्य (स्वीकृत पाठ्य सामग्री प्रयोग नगरेमा तथा पोसाक, स्टेशनरी लगायतका सामग्रीहरु विद्यालयबाट खरिद गर्न विद्यार्थी तथा अभिभावकहरुलाई बाध्य गराएमा शिक्षा ऐन, २०२८, शिक्षा नियमावली २०५९ तथा काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५, नियमावली २०७४ तथा प्रचलित कानुन बमोजिम कारबाही गरिने परिपत्रमा उल्लेख छ ।

Tags: काठमाडौं महानगरपालिकापाठ्यपुस्तकपोशाकविद्यालयशिक्षा
Previous Post

बाल सुधार गृहमा छाला जाँच शिविर, ४७ बालकलाई भयो राहत

Next Post

आत्मरक्षा तालिमले बढायो महिला तथा किशोरीको आत्मविश्वास

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.