लैंगिक हिंसाबाट बच्नका लागि आत्म विश्वासलाई सबैभन्दा बलियो हतियार मानिन्छ । आत्मरक्षा भन्नाले कसैलाई आक्रमण गर्ने होइन् । अरुलाई आक्रमण नगरी आफूलाई कसरी बचाउने भन्ने हो । आत्मरक्षाका लागी आवश्यक विभिन्न तरिका जानेपछि आत्म विश्वास बढ्छ ।
सुरेश बिडारी
पर्साको सखुवाप्रसौनी गाउँपालिका–४ देउरवाना की ३० वर्षीया गुडी कुमारी चौधरीलाई छोरा मानिसहरुसँग कुरा गर्न डर लाग्ने गर्दथ्यो । कसैले कुरा गर्न खोजे टाउको निहुराएर उनी आफ्नो बाटो लाग्थिन् । एक वर्ष अघि उनलाई आत्मरक्षा तालिम लिने अवसर मिल्यो । अहिले उनी नचिनेका मानिससँग समेत निर्धक्क कुराकानी गर्न सक्छिन् । सुरक्षा महिला तथा किशोरी समूहको अध्यक्ष चौधरी आत्मरक्षा तालिमले आत्मविश्वास बढाएको बताउँछिन् ।
‘पहिला छोरी मान्छे शारीरिक रुपमा कमजोर छु भन्ने लाग्थ्यो, अहिले कराँतेको जस्तै आत्मरक्षाको सीप सिकेको छु ।’ उनले भनिन्, ‘अप्ठेरो अवस्था आउँदा आफूलाई कसरी जोगाउने भन्ने जानेपछि हिम्मत बढ्ने रहेछ ।’
कसैले गलत नियतले समाउन खोज्छ भने फुत्किन सक्ने सीप जानेको उनी बताउँछिन् । अगाडिबाट समाउँदा के गर्ने ? आत्म रक्षा तालिममा पछाडिबाट समातेमा, कपाल तानेमा कसरी बच्ने ? तरिका सिकाईएको उनी सम्झिन्छिन् । ‘अगाडिबाट आक्रमण हुँदा घाँटी र छात्तीमा हान्न सक्छौं, पछाडिबाट आउँदा कुहिनाले हान्न सक्छौं । तालिममा छेक्ने, फुत्किने र हान्ने तरिकाहरु सिकाइएको थियो ।’ गुडीले भनिन् । ‘अहिलेसम्म प्रयोग गर्नुपरेको त छैन, परी आएकोे खण्डमा हात खुट्टा चलाएर आफ्नो सुरक्षा आफैं गर्न सक्छु भन्ने आँट छ ।’
‘पहिला छोरी मान्छे शारीरिक रुपमा कमजोर छु भन्ने लाग्थ्यो, अहिले कराँतेको जस्तै आत्मरक्षाको सीप सिकेको छु ।’ उनले भनिन्, ‘अप्ठेरो अवस्था आउँदा आफूलाई कसरी जोगाउने भन्ने जानेपछि हिम्मत बढ्ने रहेछ ।’
गुडी कुमारी हिजोआज गाउँमा किशोरी शिक्षा कार्यक्रम अन्तर्गत अनौपचारिक कक्षामा २० जना किशोरीहरुलाई पढाउने गर्छिन् । अनौपचारिक कक्षामा पढ्ने बहिनीहरुलाई पनि आफूले जानेको आत्मरक्षाको सीप हस्तान्तरण गरेको उनले बताईन् ।
देउरवानाकै निर्मला कुमारी देवी पासवान आत्मरक्षा तालिम पछि हिम्मत बढेको सुनाउँछिन् । कसैले समातेको खण्डमा डराएर चिच्याउने भन्दा तरिका मिलाएर उसलाई हानेर भाग्नुपर्ने उनी बताउँछिन् । ‘समस्या आउँछ भने प्रतिकार गरेर आफ्नो सुरक्षा आफैं गर्न सक्छु ’ उनले भनिन्, ‘कसैले गलत नियतले समाउँछ भने उसलाई सबक सिकाउन सक्छु ।’
पछाडिबाट आक्रमण गर्दा कुहिनाले कोखामा हान्ने, सामुन्नेबाट आएमा छाती र घाँटीमा हानेर भाग्ने, झोलामा समातेमा झोला छोडिदिने, एउटा औंला समातेर मर्र्काइदिने जस्ता तरिकाहरु सिकेको उनले बताइन् । बहिनी र गाउँका अन्य ३ जनालाई आत्मरक्षाको सीप सिकाइसकेको निर्मलाले बताइन् ।
गुडी र निर्मला दलित महिला केन्द्र नेपालले वीरगञ्ज महानगरपालिका वडा नं ११ श्रीपुर स्थित श्रीपुर विद्यापिठ माध्यमिक विद्यालयमा एक वर्ष अघि आयोजना गरेको आत्मरक्षा तालिममा सहभागी भएका थिए ।
मधेश प्रदेश लैंगिक हिंसाको उच्च जोखिम रहेको प्रदेश हो ।
मधेश प्रदेश लैंगिक हिंसाको उच्च जोखिम रहेको प्रदेश हो । नेपाल प्रहरीले सार्वजनिक गरेको लैंगिक हिंसाको बार्षिक तथ्यपत्र अनुसार मधेश प्रदेशमा लैंगिक हिंसा बढी हुने गरेको छ । कोशी प्रदेश पछि लैंगिक हिंसाका घटना मधेशमै बढी देखिएको छ । ०७९ साउनदेखि ०८० असारसम्म मधेशमा जर्बजस्ती करणी ३१६, जर्बजस्ती करणी उद्योग ७३, बाल यौन दुरुपयोग तथा दुव्र्यबहार २४, अप्राकृतिक मैथुन ७, अपहरण तथा जर्बजस्ती करणी ३३, जर्बजस्ती करणी कर्तव्य ज्यान १, मानव बेचविखन तथा करणी २, बहु विवाह १२२, बाल विवाह ९, घरेलु हिंसा ४९२३, बोक्सी आरोप ३२, मानव बेचविखन ११, अवैध गर्भपतन १३ वटा मुद्धा दर्ता भएका छन् ।
आत्मरक्षा तालिममा हात खुट्टा चलाएर आफ्नो बचाउ गर्ने उपायहरु सिकाइन्छ । आपत पर्दा शारीरिक बल भन्दा बुद्धिमतापूर्ण तरिकाले प्रयोग गरिएको टेकनिक काम लाग्छ । सामान्य महिलाले पनि आफूलाई बचाउन सक्छन् ।
अरुलाई आक्रमण नगरी आफूलाई कसरी बचाउने भन्ने हो । आत्मरक्षाका लागी आवश्यक विभिन्न तरिका जानेपछि आत्म विश्वास बढ्छ । आत्मरक्षा तालिममा हात खुट्टा चलाएर आफ्नो बचाउ गर्ने उपायहरु सिकाइन्छ । आपत पर्दा शारीरिक बल भन्दा बुद्धिमतापूर्ण तरिकाले प्रयोग गरिएको टेकनिक काम लाग्छ । सामान्य महिलाले पनि आफूलाई बचाउन सक्छन् । तलिमपछि उनीहरु मानसिक रुपले प्रतिकारका लागि वा आफ्नो बचाउका लागी तयार हुन्छन् ।
दलित महिला केन्द्रले सन २०२२ मा पर्सा, बारा र सिराहा जिल्लामा बसोबास गर्ने मधेसी, थारु, दलित तथा सिमान्तकृत समुदायका २ सय ८६ जना महिला तथा किशोरीलाई आत्मरक्षा तालिम दिएको थियो । केन्द्रका अनुसार पर्सामा ९० जना, बारामा ७५ जना र सिराहामा १ सय २१ जना महिला तथा किशोरीलाई आत्मरक्षा तालिम दिइएको थियो ।
आत्मरक्षा तालिमपछि उनीहरुले आवश्यक सीप सिक्छन्, हिम्मत जुटाउँछन्, अप्ठेरो स्थितिमा कसरी जोगिने भनेर प्रारम्भिक जानकारी हुन्छ ।
प्रशिक्षक एवं कराँते कोच कसम लामा आत्मरक्षा तालिममा तत्काल प्रतिकार गरेर बच्न सक्ने तरिकाहरु सिकाइएको बताउँछन् । तालिमपछि महिला तथा किशोरीहरुमा आत्मविश्वास बढ्ने र आफूलाई जोगाउन सक्ने क्षमताको विकास हुने उनी बताउँछन् ।
‘विशेषगरि महिला तथा किशोरीहरु दुर्व्यबहारमा पर्ने गर्छन, आत्मरक्षा तालिमपछि उनीहरुले आवश्यक सीप सिक्छन्, हिम्मत जुटाउँछन्, अप्ठेरो स्थितिमा कसरी जोगिने भनेर प्रारम्भिक जानकारी हुन्छ ।’ उनले भने ‘ हिम्मत र आत्मविश्वास भएपछि कठिन परिस्थितिको सामना गर्न सकिन्छ ।’
अप्ठेरो पर्दा आफूलाई बचाउन सकियो भने त्यो नै महत्वपूर्ण उपलब्धी हुने उनको भनाई छ । दुई हातले पछाडिबाट समात्दा के गर्ने ? कपाल समात्दा के गर्ने ? घाँटी समातेको अवस्थामा के गर्ने ? विद्यालय जाँदा झोला भिरेको अवस्थामा कसैले समात्यो भने के गर्ने ? लगाउत १० वटा लकहरु सिकाइएको उनले जानकारी दिए । १५ दिन, ३० दिनसम्म चल्ने आत्मरक्षा तालिमका कोर्षहरु अझै प्रभावकारी हुने लामा बताउँछन् ।
नेपाल कराँते महासंघ मधेश प्रदेश सचिव लामा महिला तथा किशोरीहरुलाई कसैले गलत नियतले छोएको वा समातेको खण्डमा हातमा जे छ त्यसैको प्रयोग गरेर प्रतिकार गर्नु, जोर्नीहरुमा आक्रमण गर्नु बुद्धिमानी हुने बताउँछन् ।
आत्मरक्षा तालिममा कसरी आफ्नो रक्षा आफैं गर्न सकिन्छ भन्ने उपायहरु सिकाइएको थियो, त्यसपछि उनीहरुमा प्रतिकार गर्न सक्ने क्षमताको विकास भएको छ, आत्मविश्वास बलियो भएको छ । ‘लैंगिक हिंसा र दुर्व्यबहार
मुक्त समाज बनाउन आत्मरक्षा तालिम एउटा औजार हो ।
आत्मरक्षाको सीप जानिसकेपछि महिला तथा किशोरीहरुमा आत्मविश्वास बढेको पाईएको दलित महिला केन्द्रको पर्सा प्रतिनीधि निला राम बताउँछिन् । ‘घाँस दाउरा गर्न जाँदा होस वा विद्यालय जाँदा एकान्त ठाउँमा महिला तथा किशोरीहरु डराउनुपर्ने स्थिति छ । समाजमै पनि लैंगिक हिसाबले महिला तथा किशोरीलाई सुरक्षा खतरा छ ।’ उनले भनिन्, ‘आत्मरक्षा तालिमपछि कसैले केहि गर्छ भने प्रतिकार गर्न सक्छु भन्ने आत्मविश्वास महिला तथा किशोरीमा देखिएको छ ।’
‘आत्मरक्षा तालिममा कसरी आफ्नो रक्षा आफैं गर्न सकिन्छ भन्ने उपायहरु सिकाइएको थियो, त्यसपछि उनीहरुमा प्रतिकार गर्न सक्ने क्षमताको विकास भएको छ, आत्मविश्वास बलियो भएको छ ।’ उनले भनिन्, ‘लैंगिक हिंसा र दुर्व्यबहार
मुक्त समाज बनाउन आत्मरक्षा तालिम एउटा औजार हो ।’
मधेश प्रदेश सरकारले समय समयमा सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीका लागी आत्मरक्षा तालिम दिने गरेको छ । आत्मरक्षाको तालिमले महिला सशक्तीकरणमा योगदान पुग्ने महिला अधिकारकर्मी बबिता जयसवाल बताउँछिन् ।
‘हामी महिला कमजोर हुन्छौं, केहि गर्न सक्दैनौं, पुरुष हामी भन्दा निकै बलिया हुन्छन् भन्ने भावना महिला तथा किशोरीमा हुन सक्छ ।’ उनले भनिन्, ‘आत्मरक्षा तालिम पछि उनीहरुमा आत्मबल बढ्छ, हिन भावना हट्छ । यो महिला सशक्तीकरणको एउटा चरण हो ।’
अरुबेला डराएर हिँड्ने महिला तथा किशोरी आत्मरक्षा तालिम पछि डराउन छोड्ने र अप्ठेरो स्थितिमा प्रतिकार समेत गर्न सक्ने उनी बताउँछिन् ।
Discussion about this post