esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

विश्व स्वास्थ्य दिवसः वीरगञ्जमा १ सय २० जना प्रहरीको थाइराइड परीक्षण

थाइराइड रोग कस्तो रोग हो ? उपचार संभव छ कि छैन ?

ईसनेश ईसनेश
प्रकाशित २०८० चैत्र २५, आईतवार १५:१७ बजे
विश्व स्वास्थ्य दिवसः वीरगञ्जमा १ सय २० जना प्रहरीको थाइराइड परीक्षण
14
SHARES
17
VIEWS

वीरगञ्ज,
जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत १ सय २० जना प्रहरी अधिकृत तथा जवानहरुको निःशुल्क थाइराइड परीक्षण गरिएको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर सामाजिक संस्था सानो पाईलाले एजिलस् ल्याबरोटरीसँगको सहकार्यमा थाइराइड परीक्षण गरेको हो ।

कार्यव्यस्तता, जानकारीको अभाव, हतार र बाध्यात्मक खानपानका कारण प्रहरीमा थाइराइडको समस्या देखिन सक्ने चिकित्सकहरु बताउँछन् । जनताको सुरक्षार्थ खटिने प्रहरीहरूलाई थाइराइडबारे जानकारी दिन तथा रोग लागेको भए उपचार विधिमा सामेल गराउन परीक्षण गरिएको सानो पाइला हेल्थ सर्भिसेजका संयोजक डा. राकेश कुमार झाले बताए ।

‘निरन्तर काममा खटिनुपर्दा प्रहरी कर्मचारीहरूमा आरामको सम्भावना न्यून हुन्छ । थला नपरेसम्म चाहेर पनि स्वास्थ्य परीक्षण गराउने वातावरण नबन्न सक्छ । त्यसले गर्दा थइराइड रोगको जोखिम बढी देखिन्छ ।’, डा. झाले भने, ‘रोग जटिल अवस्थामा पुगेर समस्या आउन नदिन समयमै परीक्षण गरी निदान गर्नुपर्छ । त्यसकै लागि हामीले संयूक्त रुपमा थाइराइड परीक्षण गरेर सहयोग गरेका हौं ।’

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुगेंलले प्रहरी कर्मचारीको स्वास्थ्यमा चासो राखेर निशुल्क थाइराइड परीक्षण गरिदिएकोमा आयोजक प्रति आभार व्यक्त गरे ।

के हो थाइराइड रोग ?

विश्वमा आधाभन्दा बढी जनसंख्या थाइराइड रोगबाट पीडित छन् । पुरुषको तुलनामा महिलामा यो रोग धेरै देखिन्छ ।
थाइराइड ग्रन्थि पुतली आकारमा सास नलीको माथिल्लो भाग तथा रुद्रघण्टीको दुवैतर्फ दुई भागमा हुन्छ । थाइराक्सिन नामक हर्मोनको उत्पादन गर्ने यस ग्रन्थिले मुटु, मस्तिष्क, मिर्गौला लगायतका शरीरका विभिन्न भागलाई नियन्त्रण गर्छ । जब शरीरमा थाइराइड हर्मोनको कमी हुन्छ, तब शरीरले खानालाई शक्तिमा परिणत गर्न सक्दैन ।

यसबाट शरीरमा विभिन्न समस्या उत्पन्न हुने गर्छ । यो रोग मेटाबोलिज्मको कमीका कारण हुने भएकाले यसलाई अटो इम्युन डिजिज पनि भनिन्छ । जब शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको स्वस्थ कोष वा ग्रन्थिहरूलाई भत्काउन सुरु गर्छ, तब शरीरमा अटो इम्युन डिजिज हुने गर्छ । त्यसबाहेक शल्यक्रिया, विभिन्न औषधीहरूको सेवन तथा रेडियसन थेरापीका कारण हर्मोनको गडबडी भई यो रोग लाग्नसक्छ ।

थाइराइड निको नहुने रोग हो । त्यसैले थाइराइडको समस्यालाई पूर्ण रूपले निको पार्न सकिदैन । विभिन्न उपचार पद्धतिद्वारा यसलाई नियन्त्रण गर्ने गरिन्छ ।

सामान्यतया थाइराइड रोग दुई किसिमको हुन्छ । हाइपरथाइराइडिज्म र हाइपोथाइराइडिज्म

शरीरमा थाइराइड ग्रन्थिले आवश्यकताभन्दा बढी मात्रामा थाइराइड हर्मोनको उत्पादन गरेमा त्यसलाई चिकित्सकीय भाषामा हाइपरथाइराइडिज्म भनिन्छ ।

त्यस्तैगरी शरीरमा थाइराइड हर्मोनको कमी भएमा त्यसलाई हाइपोथाइराइडिज्म भनिन्छ ।

हाइपोथाइराइडिज्म र हाइपर थाइराइडिज्मको समस्या व्यक्तिपिच्छे फरक हुन्छ । त्यसैले यसको लक्षण पनि विभिन्न किसिमको हुुन्छ ।
शरीरमा हाइपरथाइराइडिज्मको समस्या भएमा निम्न लक्षण देखा पर्छन :-

–शरीर कमजोर हुने तथा थाक्ने गल्ने, काम गर्न जाँगर नचल्ने

– छाला फुस्रो हुने

–जीउ सुन्निने

–तीव्र गतिमा तौल बढ्ने

–गर्मी तथा चिसो छिट्टै महसुस हुने

–कब्जियत हुने

– निद्रा नलाग्ने

शरीरमा हाइपोथाइराइडिज्मको समस्या भएमा निम्न लक्षण देखा पर्छन ः

–शरीर दुब्लाउँदै जाने

–जीउ तातिने

–दिसा लागिरहने,

–धेरै पसिना बग्ने

यस्ता लक्षण व्यक्तिअनुसार फरक हुने भएकाले आफूलाई थाइराइड भएको शंंका लागेमा रगत जाँच गरेर यो रोग पत्ता लगाउन सकिन्छ । त्यसबाहेक, यस्ता लक्षण देखिएमा पनि थाइराइड रोग लागेको थाहा पाउन सकिन्छ ।

तीव्र गतिमा तौल बढ्नु

थाइराक्सिनले शरीरको मेटाबोलिज्म (खानालाई शक्तिमा परिणत गर्ने काम) लाई नियन्त्रण गर्ने हुँदा थाइराइडका कारण शरीरको मेटाबोलिज्म प्रभावित हुन्छ । मेटाबोलिज्मको प्रभावकै कारण हामीले खाएको सम्पूर्ण खाना शक्तिमा बदलिँदैन र त्यो शरीरमा अतिरिक्त फ्याटको रूपमा जम्मा हुने गर्छ, जसका कारण शरीरको तौल अचानक तथा तीव्र गतिमा बढ्छ ।

थकान महसुस हुनु

शरीर कमजोर हुनु तथा शरीरमा थकान महसुस हुनु थाइराइडको प्रमुख लक्षण हो । मेटाबोलिज्मको कारण जब शरीरले खानालाई शक्तिमा परिणत गर्न सक्दैन, तब शरीरमा ऊर्जाको कमी हुन थाल्छ । जसका कारण शरीरमा कमजोरी महसुस हुने तथा शरीर थाक्ने गर्छ । शरीरमा रगतको कमी भएमा वा एनिमिया भएमा पनि महिलाहरूलाई थकान महसुस हुन्छ । त्यसैले यस्ता लक्षण देखिएमा तुरुन्तै चिकित्सकसित सम्पर्क गर्नुपर्छ ।

अनियमित महिनावारी

थाइराइडको समस्या भएमा महिलाहरूमा महिनावारी अनियमित हुने गर्छ । अनियमित महिनावारीका कारण महिनावारी हुने समय लम्बिन्छ ।

डिप्रेसन

थाइराइडको समस्याकै कारण कतिपय महिलाहरूलाई डिप्रेसनसमेत हुने गर्छ । विशेषगरी थाइराइड ग्रन्थिले कम मात्रामा थाइराक्सिन उत्पादन गरेमा डिप्रेसनको हर्मोन सक्रिय हुन्छ जसका कारण थाइराइडका बिरामीलाई सुत्न समेत समस्या हुनसक्छ ।

स्मरणशक्ति कमजोर हुने

थाइराइड रोग लागेमा स्मरणशक्ति प्रभावित हुन्छ । सोच्ने तथा सम्झने क्षमतामा असर पर्छ । स्मरणशक्ति कमजोर हुनुका साथै व्यक्ति चिड्चिडे स्वभावको हुनसक्छ ।

जाडो वा गर्मी सहन नसक्ने

थाइराइडको समस्या भएमा त्यसले शरीरलाई समेत प्रभावित पार्दछ । विशेषगरी, थाइराईड हर्मोन बढी भएमा व्यक्तिलाई धेरै पसिना आउने तथा गर्मी लाग्ने गर्दछ । जब कि हाईपोथाइराइडिज्म भएमा शरीर चिसो हुने तथा शरीरले अलिकति पनि चिसो सहन नसक्ने हुन्छ ।

पेट सम्बन्धी समस्या

थाइराइड रोग लागेमा व्यक्तिलाई पेटसम्बन्धी समस्या धेरै हुने गर्छ । शरीरमा हाइपोथाइराइडिज्म वा हर्मोनको कमी भएमा कब्जियतको समस्या हुन्छ भने हाइपरथाइराइडिज्मको समस्या भएमा दिसा लाग्ने गर्दछ । थाइराइडको समस्याका कारण खाना पचाउन समस्या हुने तथा खाना सजिलैसित नपच्ने समस्या समेत देखा पर्छ ।

मुटु सम्बन्धी समस्या

मुटुको चाल सामान्यभन्दा धेरै छ भने यो पनि थाइराइड रोगको लक्षण हुनसक्छ । थाइराइड ग्रन्थिले धेरै हर्मोनको उत्पादन गरेमा मुटुको चाल धेरै हुन्छ जसका कारण मुटुमा विभिन्न समस्या उत्पन्न हुने तथा छाती दुख्ने गर्छ ।

निःसन्तानपन

थाइराइड हर्मोनको गडबडी भएमा महिलाहरूमा निःसन्तानपनको समस्या हुनुका साथै गर्भ तुहिने समस्या बारम्बार हुने गर्दछ । थाइराइड ग्रन्थिले उत्पादन गर्ने टीएचएस हर्मोनको गडबडीका कारण यस्तो हुन्छ ।

थाइराइड भइसकेको अवस्थामा त्यसले हाम्रो जीवनशैली प्रभावित गर्छ । यसको उपचारको केही प्रचलित विकल्प छन् । तिनै उपचार विधी अपनाएर यस विकार समाप्त गर्न सकिन्छ, जसले थाइराइड हर्मोनलाई सन्तुलित गर्न सकिन्छ ।

थाइराइड औषधि

थाइराइडमा सामान्य समस्या जस्तो ज्वरो, घाँटी खसखस हुने जस्ता समस्या हुन्छ । तर, यी समस्या देखापर्नसाथ आफुखुसी औषधी सेवन गर्नु हुँदैन । चिकित्सकको परामर्श लिएर मात्र औषधि सेवन गर्नुपर्छ । रोगको सुरुवातमा एन्टिथाइराइड औषधी दिएर रोग नियन्त्रण गरिन्छ । चिकित्सकको सल्लाह विना एन्टिथाइराइड औषधी सेवन गर्नु हानिकारक हुनसक्छ ।

हाइपरथाइराइडिज्मका लागि रेडियोगएक्टिभ आयोडिन

रेडियोएक्टिभ आयोडिनद्वारा थाइराइडलाई क्रमस सानो बनाउन सकिन्छ र अन्तमा यसलाई नष्ट गर्न सकिन्छ । यो उपचार विधी सुन्नमा जति गाह्रो लाग्छ, गर्न उति सजिलो हुन्छ । यो उपचार हाइपरथाइराइडिज्मको एक सुरक्षित उपचार हो ।

कति सुरक्षित छ रेडियोएक्टिभ आयोडिन उपचार ?

रेडियोएक्टिभ आयोडिन ५० बर्षभन्दा बढी उमेरका व्यक्तिका लागि पनि सुरक्षित मानिन्छ । गर्भवती भएको अवस्थामा भने रेडियोएक्टिभ आयोडिन उपचार गर्न हुँदैन । यसले आमा र बच्चालाई हानी गर्छ ।

मुटुको रोगीले भने यो उपचार सजिलै गर्न सक्छन् । यस थेरापीले ८ देखि १२ महिनामा थाइराइडको समस्या समाप्त गर्न सकिन्छ । सामान्यत ८० प्रतिशतसम्म थाइराइड रोगीलाई रेडियोएक्टिभ आयोडिनको एक खुराकबाट उपचार गर्न सकिन्छ । यद्यपी थाइराइडको गंभिर रोगीलाई भने यो उपचार ६ महिनासम्म लाग्न सक्छ ।

शल्यक्रियाबाट थाइराइडको उपचार

शल्यक्रियाबाट पनि आशिंक रुपमा थाइराइड ग्रन्थी निकाल्न सकिन्छ, जो एकदमै सामान्य तरिका हो । यद्यपी यसका केही साइड इफेक्ट रहन्छ । खासगरी थाइराइड ग्रन्थीको शल्यक्रिया त्यही व्यक्तिले गराउन सक्छन्, जसलाई खाना निल्नमा समस्या छ । सास फेर्न समस्या छ । गर्भवती महिला वा बच्चा, जसका लागि थाइराइडको औषधी सुरक्षित मानिदैन । उनीहरुका लागि शल्यक्रिय ठिक हुन्छ ।

 

 

 

Previous Post

६० प्रतिशत रोग वन्यजन्तुबाट मानिसमा सर्छ, परिक्षण हुँदैन

Next Post

भारततर्फ तस्करी हुँदै गरेको ९६ कार्टुन मदिरा बरामद

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.