esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

वीरगञ्ज उद्योग वाणिज्य संघमा खटपट,महासचिव लाठले दिए राजिनामा

आर्थिक विषयमा देखियो मतभेद

ईसनेश ईसनेश
प्रकाशित २०८० चैत्र २९, बिहीबार १०:०७ बजे
वीरगञ्ज उद्योग वाणिज्य संघमा खटपट,महासचिव लाठले दिए राजिनामा

वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्ष अनिल कुमार अग्रवाल (बायाँ) र महासचिव आशिष कुमार लाठ (दायाँ)

29
SHARES
34
VIEWS

वीरगञ्ज
वीरगञ्ज उद्योग वाणिज्य संघको खटपट बाहिरिएको छ । संघको आन्तरिक विवाद महासचिव आशिष कुमार लाठले राजिनामा दिएसँगै खटपट बाहिरिएको हो ।

महासचिव लाठले चैत २८ गते दिएको राजिनामा पत्र सार्वजनिक भएको छ । अध्यक्ष अनिल कुमार अग्रवाल र महासचिव लाठबीच संघको लेखा सम्बन्धी विषयमा विवाद भएको राजिनामा पत्रबाट बुझिन्छ ।

राजिनामा पत्रमा लेखा सम्बन्धी अति गोपनिय विवरण सामाजिक सञ्जालमा पुगेको भन्दै महासचिव लाठले असन्तुष्टी जनाएका छन् । त्यसपछि कार्यालयमा महासचिव लाठले गएर विवरण माग्दा कर्मचारीले अध्यक्ष अग्रवालको अनुमति लिनुपर्ने भनेका रहेछन् । कर्मचारीसँग स्पष्टीरण माग गर्दा अध्यक्ष अग्रवालले नै जवाफी पत्र पठाएकोमा महासचिव लाठले असन्तुष्टी व्यक्त गरेका छन् ।

‘यहाँको पत्र अनुसार महासचिवको हैसियतले मैले अध्यक्षसित प्रयाप्त समन्वय अथवा सामन्जस्य गर्न नसकेको र संघकाृ पहतमा काम गर्न नसकेको भनेर सन्देश प्राप्त भएको छ यहाँको यस्तो अनपेक्षित एवं अप्रत्यक्ष आरोपबाट म झनै लज्जित भएको छु ।’ राजिनामा पत्रमा उल्लेख छ ।

अध्यक्षबाट विधानसम्मत प्रशासनिक कार्यमा अनाहक शंका र ठाडो हस्तक्षेप भएकोले महासचिवको हैसियतले काम गर्न नसक्ने पत्रमा भनिएको छ ।

यससम्बन्धमा जानकारी लिन महासचिव लाठसँग सम्पर्क गर्दा उनले संघको आन्तरिक विषय भएकोले मिडियामा छलफल नगर्ने प्रतिक्रिया दिएका छन् ।’संघको आन्तरिक विषय हो, मिडियामा किन छलफल गर्ने ? कार्यसमितिमा नै छलफल गर्छौ ।’उनले भने ।

 

राजिनामा पत्र
Tags: अनिल कुमार अग्रवालआशिष कुमार लाठविवादवीरगञ्ज उद्योग वाणिज्य संघ
Previous Post

भारततर्फ तस्करी हुँदै गरेको ९६ कार्टुन मदिरा बरामद

Next Post

ऐकीकृत अखिल महिला नेपाल शिक्षक संगठनको संयोजकमा छाया रेग्मी

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.