esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारवाही गर्ने तयारी

शिक्षामन्त्री श्रेष्ठ र प्रमुख निर्वाचन आयुक्त थपलिया बीच छलफल

ईसनेश ईसनेश
प्रकाशित २०८१ बैशाख ४, मंगलवार १६:०३ बजे
राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारवाही गर्ने तयारी
27
SHARES
32
VIEWS

काठमाडौं
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलमा आबद्ध शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूलाई कारवाही गर्ने तयारी गरेको छ । त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाबीच मंगलबार छलफल भएको छ ।

शिक्षकहरूले राजनीतिक दलको सदस्यता लिएको, सक्रिय राजनीति गरेको विषयमा उजुरी परेको मन्त्रालयले जनाएको छ । प्रचलित कानूनले शिक्षकलाई राजनीति गर्नबाट बन्देज गरेको छ । कानून कार्यान्वयनमा लैजाने विषयमा छलफल शिक्षा मन्त्री श्रेष्ठ र प्रमुख निर्वाचन आयुक्त थपलियाबीच छलफल भएको हो ।

छलफलमा शिक्षा मन्त्री श्रेष्ठले राजनीति गरिरहेका शिक्षक पहिचान गर्नमा निर्वाचन आयोगबाट सहयोग माग गरेकी छन् । ‘शिक्षा क्षेत्रबाट दलीय राजनीति हटाउने विषयमा त आम सहमति जस्तै भइसकेको छ । अब, कसरी हटाउने ? भन्ने विषयमा हामीले छलफल गरिरहेका छौँ । प्रमाण जुटाउन आवश्यक विवरण निर्वाचन आयोगबाट प्राप्त हुने अपेक्षा गरिएको छ ।’ मन्त्री श्रेष्ठले भनिन् ।

प्रमुख आयुक्त थपलियाले विद्यमान कानून, विगतमा अदालतबाट भएका फैसला र अन्तर्राष्ट्रिय अभ्यास समेत हेरेर दलमा आबद्ध शिक्षक र कर्मचारीलाई कारवाही गर्न कुनै समस्या नरहेको बताए । ‘विगतमा आयोगले निर्णय नै गरेको छ । कानून कार्यान्वयन गराउन सहयोग गर्छौ ।’ प्रमुख आयुक्त थपलियाले भने ।

Previous Post

ऐकीकृत अखिल महिला नेपाल शिक्षक संगठनको संयोजकमा छाया रेग्मी

Next Post

छोरीको न्यायका लागि कलामोदिनको संघर्ष

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.