esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

स्थानीय सरकारको लापरबाही : पर्सा, बाराका विद्यार्थीले पुस्तक पाएनन

ईसनेश ईसनेश
प्रकाशित २०८१ बैशाख ६, बिहीबार ०९:३३ बजे
स्थानीय सरकारको लापरबाही : पर्सा, बाराका विद्यार्थीले पुस्तक पाएनन
32
SHARES
38
VIEWS

वीरगञ्ज,
स्थानीय सरकारको लापरबाहीले पर्सा, बारा, रौतहटका विद्यार्थीले समयमै पाठ्य पुस्तक नपाउने भएका छन् । नयाँ शैक्षिक सत्र शुरु भईसक्दा विद्यार्थीको हात हातमा पुस्तक हुनुपर्ने हो । तर पालिकाहरुले किताब खरिद गर्ने रकम निकासा नगर्दा यसवर्ष पनि विद्यार्थीले समयमा पुस्तक नपाएका हुन् ।

विद्यार्थीको हातमा हुनुपर्ने पुस्तक जनक शिक्षा सामग्री केन्द्र बागमती प्रदेश कार्यालय भरतपुरमा थन्किएको छ । प्रदेश कार्यालयले बारा, पर्सा, मकवानपुर, चितवन, पूर्वी नवलपरासी र तनहुँको दक्षिण क्षेत्रमा किताब वितरण गर्दै आएको छ ।

किताब खरिदका लागि स्थानीय सरकारले विद्यालयलाई रकम दिनुपर्छ, तर मधेश प्रदेशका बारा, पर्सा, रौतहट लगायत जिल्लाका विद्यालयको खातामा पालिकाले रकम जम्मा गरिदिएको छैन ।

जनक शिक्षाको प्रादेशिक कार्यालयले उधारोमा किताब दिएको छैन । ‘हाम्रो कार्यालयले चैत १२ बाटै किताब बिक्री गरेको छ, पैसा दिएका विद्यालयमा पुस्तक गएको छ, अरूमा गएको छैन ।’ जनक शिक्षा सामग्री केन्द्र बागमती प्रदेश कार्यालय भरतपुरका प्रमुख धनबहादुर केसीले भने ‘चितवन र मकवानपुर जिल्लाका विद्यालयले आफ्नै स्रोतले खरिद गरेर लगेको पाइएको छ तर पनि सबै विद्यालयले लैजान सकेका छैनन् ।’

 

प्रदेश कार्यालयको विवरण अनुसार बारा जिल्लामा ४० प्रतिशत, पर्सामा ३५ प्रतिशत र रौतहटमा ७० प्रतिशत किताब गएको छ । मकवानपुर, पूर्वी नवलपरासी र तनहुँमा ८५ प्रतिशत गएको छ भने चितवनमा ९० प्रतिशत किताब गएको कार्यालय प्रमुख केसीले बताए । उनका अनुसार पालिकाले समयमा बजेट निकासा नगरिदिएपछि विद्यालयले किताब खरिद गर्न नसकेका हुन् ।

किताब खरिद गर्न अर्थ मन्त्रालयले जनक शिक्षालाई एकै पटक रकम जम्मा गरिदिने हो भने ७५३ वटै पालिकामा समयमै किताब पठाउन सकिने उनको भनाई छ । जनक शिक्षा सामाग्री केन्द्रले कक्षा ५ देखि १० सम्मको किताब बिक्रि गर्दै आएको छ । कक्षा १ देखि ५ सम्मको किताब भने निजीले छपाएर बिक्रि गरेको छ ।

Tags: पाठ्य पुस्तकपालिकाको लापरबाहीविद्यार्थीविद्यालय
Previous Post

छोरीको न्यायका लागि कलामोदिनको संघर्ष

Next Post

स्वास्थ्य उपकरणको आयात प्रतिस्थापन गर्न मुलुकभित्रै गुणस्तरीय उत्पादन आवश्यक : स्वास्थ्यमन्त्री उपेन्द्र यादव

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.