esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

‘सुरक्षित गर्भपतन’ बारे सचेतना जगाउँदै युवा

ईसनेश ईसनेश
प्रकाशित २०८१ बैशाख १७, सोमबार ०९:३१ बजे
‘सुरक्षित गर्भपतन’ बारे सचेतना जगाउँदै युवा
82
SHARES
96
VIEWS

सुरेश बिडारी

पर्साको पर्सागढी नगरपालिका बस्ने एक जना महिलाको पेटमा अनिइच्छित गर्भ बस्यो । सुरक्षित गर्भपतन सेवा कहाँ पाइन्छ भन्ने जानकारी उनलाई थिएन । उनले नन्दलाई सहयोगका लागि आग्रह गरिन् । नन्दको साथी सोनी यादव सुरक्षित गर्भपतनबारे सचेतना जगाउने काममा सक्रिय थिईन् । नन्दले सोनीसँग परामर्श लिईन् । सोनीले उनलाई मेरी स्टोप्स सेन्टर लगिदिईन् ।

२३ वर्षीया सोनी ९ महिना अघि युवा नामक गैरसरकारी संस्थाको ‘युथ एक्सेस’ परियोजनामा ‘युथ च्याम्पियन’को रुपमा आवद्ध भईन् । त्यसपछि उनी यौन तथा प्रजनन स्वास्थ्यसँग जोडिएका विविध विषयमा जानकार भईन् । तीन वर्षदेखि ‘युथ एक्सेस’ परियोजना वीरगञ्जमा सञ्चालनमा छ ।

परियोजना अन्तर्गत ‘युवा’ले वीरगञ्ज महानगरपालिकाका युवाहरुलाइए सुरक्षित गर्भपतन बारे जानकारी र सेवा सुविधाको पहुँच बढाउने लक्ष्यका साथ कार्यक्रमहरु गर्दैै आएको छ ।

आफूले बुझे, अरुलाइ बुझाए

वीरगञ्ज कलेजमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत सोनी अब यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको बारेमा खुलेर कुरा गर्न र अरुलाई बुझाउन सक्ने भएकी छन् ।

‘व्यवस्थापन संकाय पढेको हुँ, गर्भपतनबारे जानकारी थियो तर सुरक्षित/असुरक्षित कसरी हुन्छ ? कानूनी प्रावधान के छ ? भन्ने बारे थाहा थिएन ।’ उनले भनिन्, ‘अब अरुलाई पनि बुझाउन सक्छु ।’

परिवारका सदस्य, आफन्त र साथीभाईलाई सुरक्षित गर्भपतनबारे सचेत बनाउन पाउँदा उनी दंग छिन् । ‘विद्यालय, कलेजमा छलफल गर्दा शुरुमा विद्यार्थीहरु लजाउँथे, दोस्रो पटक जाँदा संकोच मान्न छोडेर थप प्रश्न गर्थे ।’ उनी भन्छिन्, ‘ सुरक्षित गर्भपतन, यौन तथा प्रजनन स्वास्थ्यबारे जानकारी हुँदा व्यक्तिगत रुपमा त लाभ भएकै छ, अरुलाई पनि बुझाउन सकेको छु ।’

‘हाम्रो समाजमा महिनावारीको कुरा समेत खुलेर गर्दैनन्, गर्भपतनलाई हेर्ने दृष्टिकोण झन नकारात्मक छ ।’ उनले भनिन्, ‘म महिनावारी, सुरक्षित गर्भपतन, यौन तथा प्रजनन स्वास्थ्यको बारेमा बुवाआमा, दाजुभाईसँग पनि छलफल गर्न सक्छु । मेरो लागि यो नै ठूलो उपलब्धी हो ।’

युथ च्याम्पियन बन्नु अघि नै वीरगञ्ज–१ की २० वर्षीया सुप्रिया साहले सुरक्षित गर्भपतन बारे धेरथोर जानकारी बटुलिसकेकी थिईन् । अन्य स्वास्थ्य सेवा लिन जाँदा नारायणी अस्पतालको भित्तामा ‘१२ हप्तासम्मको सुरक्षित गर्भपतन कानूनी हो ।’ भन्ने लगायत सूचना पढेकी थिईन् ।
वीरगञ्जकै कन्या माध्यमिक विद्यालयमा यौन तथा प्रजनन स्वास्थ्य पढाउँदा शिक्षकले महिनावारी, सुरक्षित गर्भपतन लगायत विषयमा जानकारी गराएको उनी सम्झिन्छिन् ।

‘केहिपनि थाहा छैन, सिक्नुपर्छ भन्ने लाग्थ्यो, युथ च्याम्पियनको लागि अन्तर्वार्ता दिन जाँदा सरहरुले सोधेको प्रश्नको उत्तर फटाफट दिँए ।’ उनी भन्छिन्, ‘तालिमपछि सुरक्षित गर्भपतन, यौन तथा प्रजनन स्वास्थ्य बारे आफ्नो ज्ञानको दायरा अझै बढ्यो र अरुलाई पनि सिकाउन पाईयो ।’

उनले व्यवस्थापन संकायमा कक्षा १२ को परीक्षा दिएपछिको खाली समयमा युथ च्याम्पियन का लागि आवेदन दिएकी थिइन् । घरमा आमालाई सुरक्षित गर्भपतन बारे काम हो भन्दा ‘व्यवस्थापन संकाय पढेको मान्छे स्वास्थ्य क्षेत्रमा कसरी काम गर्छौ ?’ भनेर सोधेकी थिईन् । उनले कामले नै त्यसको जवाफ दिईन् ।

विद्यालय, कलेज र समुदायमा गई युवालाई महिनावारी सरसफाई, सुरक्षित गर्भपतन सेवा, यस सम्बन्धी कानूनी प्रावधान, सेवा प्रदायकहरुका बारेमा सचेतनामूलक कार्यक्रम गरेको बताएपछि आमा दंग परेको उनी बताउँछिन् ।

वीरगञ्ज–१० घडिअर्वा बस्ने निषा गुप्ताले विद्यालय पढ्दा महिनावारी, यौन तथा प्रजनन स्वास्थ्यको पाठ आउँदा शिक्षकले पढाउन हिचकिचाउँथे, पढाई हालेपनि सतही कुरा बताएर निस्कन्थे । समाजमा गर्भपतनलाई झनै नराम्रो मान्थे । त्यसैले उनले प्रयाप्त जानकारी पाउन सकिनन् । युथ च्याम्पियन बनेपछि व्यवस्थापन संकायमा स्नातक अध्ययनरत निषा महिनावारी, सुरक्षित गर्भपतन, यौन तथा प्रजनन स्वास्थ्यको बारेमा खुलेर कुरा गर्न सक्ने भएकी छन् ।

‘हाम्रो समाजमा महिनावारीको कुरा समेत खुलेर गर्दैनन्, गर्भपतनलाई हेर्ने दृष्टिकोण झन नकारात्मक छ ।’ उनले भनिन्, ‘म महिनावारी, सुरक्षित गर्भपतन, यौन तथा प्रजनन स्वास्थ्यको बारेमा बुवाआमा, दाजुभाईसँग पनि छलफल गर्न सक्छु । मेरो लागि यो नै ठूलो उपलब्धी हो ।’


वीरगञ्जको शारदा माविमा अनुगमनका क्रममा दातृ निकायको प्रतिनीधि समेतको टोली

बारा कलैयाका १८ वर्षीया सत्येन्द्र साह शुरुमा अर्का युथ च्याम्पियन सुभाष ठाकुरले आयोजना गरेको ‘खुल्ला आकाश’ कार्यक्रममा सहभागी भए । ‘खुल्ला आकाश’ मा दाजुभाई दिदिबहिनीहरु चिनेजानेका मानिस, आफन्तलाई भेला गरेर सुरक्षित गर्भपतन बारे सचेत बनाइन्छ । सुरक्षित गर्भपतनको मेडिकल र सर्जीकल विधि, सेवा दिने निकाय, कानूनी व्यवस्था लगायत विषयमा उनी सचेत भए ।

युथ च्याम्पियन बनेर गर्भपतनको बारेमा समाजमा विद्यमान गलत धारणालाई चिर्न सहयोग गरेको उनी बताउँछन् । ‘ समाजमा विभिन्न भ्रम फैलाएर गर्भपतनलाई लाज र संकोचको विषय बनाईएको छ । यसबारे कुरा गरिदैंन ।’ उनले भने । ‘गर्भपतन खराब होइन, पाप र अपराध होइन, पाठेघरमा बसेको भ्रुणलाई हटाउने हो भनेर युवा विद्यार्थीलाई सचेत बनाउन सक्यौं ।’

४ वटा पालिकामा सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउन सकिएको छैन : नर्स मीरा यादव

सामाजिक सञ्जाल मार्फत सचेतना

‘गर्भपतनलाई प्रोत्साहन गर्ने उद्देश्य हाम्रो होईन, तर अनियोजित गर्भ बस्दा सुरक्षित र कानूनी गर्भपतन गरुन भन्ने हो । सुरक्षित गर्भपतन सेवा कानूनी हुँदा हुँदैपनि पनि धेरैलाई जानकारी छैन ।’ 

युथ च्याम्पियनले सामाजिक सञ्जाल फेसबुकमा ‘माई एर्बसन, माई च्वाइस’ नामको फेसबुक पेज पनि चलाएका छन् । जसमा सुरक्षित गर्भपतन सेवाको बारेमा जानकारीमूलक सन्देश पोष्ट गरिन्छ । गर्भपतन बारेको भ्रमलाई चिर्ने कोशिस गरिन्छ । जसको शरीर हो उसैलाई निर्णय लिन प्रोत्साहन गरिन्छ ।

सामाजिक सञ्जाल मार्फत सुरक्षित गर्भपतन अधिकार हो भन्ने बुझाउने कोशिस गरेको सुप्रिया बताउँछिन् । ‘गर्भपतनलाई प्रोत्साहन गर्ने उद्देश्य हाम्रो होईन, तर अनियोजित गर्भ बस्दा सुरक्षित र कानूनी गर्भपतन गरुन भन्ने हो । सुरक्षित गर्भपतन सेवा कानूनी हुँदा हुँदैपनि पनि धेरैलाई जानकारी छैन ।’ सुप्रियाले भनिन ।

युथ एक्सेस परियोजनाको कार्यक्रम संयोजक परियोजना मार्फत विपना श्रेष्ठ परिवार नियोजनलाई पहिलो प्राथमिकतामा राख्न र सुरक्षित गर्भपतनलाई दोस्रो विकल्पको रुपमा प्रयोग गर्न आग्रह गरिएको बताउँछन् ।

फेसबुक पेजमा उनीहरुले सृजनात्मक सन्देशमूलक भिडियोहरु बनाएर पोष्ट गरेका छन् । पेजमा ‘के तपाईलाई थाहा छ ? ‘सामान्य अवस्थामा १२ हप्तासम्मको गर्भ गर्भपतन गर्न सकिन्छ, यदि बलात्कार भएर बसेको गर्भ, गर्भवतीको स्वास्थ्यमा समस्या आएमा वा भ्रुण राम्ररी विकसित नभएमा २८ हप्तासम्मको गर्भपतन गराउन पाउने व्यवस्था कानूनले गरेको छ ।’, ‘असुरक्षित गर्भपतन भन्दा सुरक्षित गर्भपतन ९९ प्रतिशत सुरक्षित छ ।’, ‘यदि हामी गर्भपतन गर्न चाहन्छौं भने हो, निश्चित रूपमा हामी गर्न सक्छौं किनभने गर्भपतन गर्ने वा नगर्ने निर्णय गर्ने हाम्रो अधिकार हो ।’ ‘के तपाईलाई थाहा छ ? सुरक्षित गर्भपतन सेवाको पहुँचले मातृ मृत्युदर १३.२ प्रतिशतसम्म घटाउन सकिन्छ । ’ जस्ता सन्देशमूलक जानकारी राखिएका छन् ।

नेतृत्व विकास र नेटवर्किङ

तीन वर्षमा ३० जना युथ च्याम्पियन बनिसकेका छन् । जसमा १५ जना महिला र १५ जना पुरुष छन् । उनीहरुले वीरगञ्जका विभिन्न स्थानमा ‘खुल्ला आकाश’ कार्यक्रम मार्फत सुरक्षित गर्भपतनबारे छलफल गरेका छन्, विद्यालय, कलेज र समुदायमा गएर प्रस्तुतीकरण मार्फत बुझाएका छन् । एउटा कार्यक्रममा औसत ३५ जना सहभागी भएका छन् । ‘डिजिटल कन्टेन्ट’ तयार गरेर सामाजिक सञ्जालमा राखेका छन् । वीरगञ्ज बाहिरका सामाजिक सञ्जाल प्रयोगकर्ता पनि सचेत भएका छन् ।

युथ च्याम्पियनलाई सुरक्षित गर्भपतन, यौन तथा प्रजनन स्वास्थ्यसँग सरोकार राख्ने स्वास्थ्यकर्मी, जनप्रतिनीधि, पालिकाका कर्मचारीसँग समेत साक्षत्कार गराईएको परियोजना वीरगञ्ज संयोजक आशु कुमार सर्राफले बताए । सन् २०२२ र २०२३ मा सेवा प्रदायक संस्था समेतबाट गरी ४० जना स्वास्थ्यकर्मीसँग युवामैत्री सुरक्षित गर्भपतन सेवा प्रवाहबारे अन्र्तक्रिया समेत गरिएको उनी बताउँछन् ।

सुरक्षित गर्भपतनबारे मात्रै नभई युथ च्याम्पियन बनेपछि नेतृत्व विकास, नेटवर्किङ सँगै समूहमा काम गर्न सिकिएको सत्येन्द्र बताउँछन् । व्यवस्थापन संकायमा वीरगञ्जको मिनिल्याण्ड मावि उच्च शिक्षा अध्ययनरत सत्येन्द्र धेरै मानिसहरुको अगाडि बोल्दा लाग्ने डर पनि हटेको बताउँछन् ।

वीरगञ्ज– १३ का आदर्श कर्णलाई ‘युथ च्याम्पियन’ बनेर काम गर्दा बनेको ‘नेटवर्क’ निकै लाभदायक बन्यो । उनी विघ्न हर्ता नेपालमा जलवायु परिवर्तनसँग जोडिएको सामाजिक उद्यमशीलता कार्यक्रममा इन्टर्नशीप गर्दैछन् ।

यो युवाको फेलोशिपमा तयार पारिएको समाचार हो ।

यो पनि पढ्नुस

लिंग पहिचानपछि आफूखुशी गर्भपतन, जोखिममा महिलाको स्वास्थ्य

गर्भपतन बारे भ्रम र यथार्थ

सुरक्षित गर्भपतन सेवाबारे कानूनी व्यवस्था

Tags: युवायौन तथा प्रजनन स्वास्थ्य अधिकारसचेतनासुरक्षित गर्भपतन
Previous Post

स्वास्थ्य उपकरणको आयात प्रतिस्थापन गर्न मुलुकभित्रै गुणस्तरीय उत्पादन आवश्यक : स्वास्थ्यमन्त्री उपेन्द्र यादव

Next Post

एक वर्षमा २९ जना महिला पत्रकारले पेशा छोडे

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.