esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

दलित युवती भन्छिन : बलात्कारमा परें, प्रहरी जाहेरी दर्ता गर्दैन

ईसनेश ईसनेश
प्रकाशित २०८१ जेष्ठ ४, शुक्रबार १७:१३ बजे
दलित युवती भन्छिन : बलात्कारमा परें, प्रहरी जाहेरी दर्ता गर्दैन
143
SHARES
168
VIEWS

आफूले नमान्दा नमान्दै जर्बजस्ती शारीरिक सम्बन्ध राखेको, कुटपीट गरेर भागेको, प्रहरीमा उजुरी गरे नग्न तस्वीर र भिडियो सार्वजनिक गर्ने धम्की दिएको आरोप युवतीको छ । युवती र उनका बुवा माधव विरुद्ध जर्बजस्ती करणीको उजुरी दिन प्रहरी कार्यालयमा धाईरहेका छन् । तर प्रहरीले जाहेरी दर्ता गरिरहेको छैन ।

सुरेश बिडारी

दुई वर्षअघि टिकटक मार्फत वीरगञ्ज बस्ने २२ वर्षीया युवतीको चिनजान माधव पासवानसँग भयो । युवतीका अनुसार माधव पर्साको बहुदरमाई नगरपालिका –४ का बासिन्दा हुन् । त्यसबखत उनी वैदेशिक रोजगारीका क्रममा दुबईमा थिए ।

कुराकानी बढ्दै जाँदा उनीहरुबीच माया बस्यो । वैदेशिक रोजगारीबाट फर्केपछि माधवले उनलाई भेटे । आफूले नमान्दा नमान्दै जर्बजस्ती शारीरिक सम्बन्ध राखेको, कुटपीट गरेर भागेको, प्रहरीमा उजुरी गरे नग्न तस्वीर र भिडियो सार्वजनिक गर्ने धम्की दिएको आरोप युवतीको छ । युवती र उनका बुवा माधव विरुद्ध जर्बजस्ती करणीको उजुरी दिन प्रहरी कार्यालयमा धाईरहेका छन् । तर प्रहरीले जाहेरी दर्ता गरिरहेको छैन ।

कसरी घट्यो घटना ?

युवतीका अनुसार टिकटक पछि उनीहरुबीच ह्वाट्सअप र इमोमा कुराकानी हुन थाल्यो । एक अर्कासँग खुलेर कुराकानी गर्न थाले । झन् नजिकए । माधव नेपाल फर्किएलगत्तै तिमीसँग विवाह गर्छु भन्थे । उनी माधवलाई विश्वास गर्थिन् ।
०८१ वैशाख १३ गते माधव गाउँ आईपुगे । बैशाख १४ गते माधव र युवतीको भेट गाउँ नजिकैको नहरमा भयो । वैशाख १८ गते माधवले युवतीलाई गाउँ नजिकैको मठमा भेट्न बोलाए । भेटपछि उनीहरुबीच भागेर विवाह गर्नेबारे पनि कुरा भयो । माधवले साइकलमा सुमनालाई बाराको नितनपुर र छातापिपराको बीचमा पर्ने मकैबारीमा लगे ।

‘उसले शारीरिक सम्बन्धको लागि प्रस्ताव राखेको थियो, मैले विवाहपछि मात्रै योसब हुन्छ भनेको थिँए, माधवले जिद्दी गरेर जबर्जस्ती शारीरिक सम्बन्ध राखे ।’ उनी भन्छिन्, ‘ त्यसपछि म रुन थाले । उसले साथीलाई फोन गरेर बोलायो । मलाई मकैबारीमै छाडेर उनीहरू मोटरसाइकलमा त्यहाँबाट भागे ।’

साँझसम्म मकैबारीमै अलपत्र परेको अवस्थामा नितनपुरका एक युवकले घरमा लगेर परिवारसँग राखेको उनको भनाई छ । भोलिपल्ट बिहान ती युवकले आफूलाई वीरगञ्ज बजारसम्म लगिदिएको युवती बताउँछिन् । त्यसपछि उनी जिल्ला प्रहरी कार्यालय पर्साको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखामा पुगेकी थिइन् । त्यहाँ उनले आफूसँग भएको घटनाको बारेमा जानकारी गराईन् ।
घटनास्थल बारा जिल्लामा पर्ने भएकाले पर्सा प्रहरीले उनलाई बारा जिल्लाकै प्रहरी कार्यालयमा जान सुझाव दियो ।

वैशाख २० गते माधवविरुद्ध जर्बजस्ती करणीको जाहेरी लिएर युवती र उनका बुवा इलाका प्रहरी कार्यालय सिमरामा पुगे । प्रहरीले उनीहरूको कुरा सुन्यो । तर जाहेरी भने दर्ता गरेन । आरोपित माधवलाई झिकाउन मातहतको प्रहरी चौकीलाई पत्र काट्यो । घटनापछि फरार भएका माधव प्रहरीमा हाजिर भएका छैनन् ।

ईलाका प्रहरी कार्यालय सिमराले सोमबार नै दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । केटी पक्ष प्रहरी कार्यालयमा पुग्यो तर केटा पक्षका कोही पनि आएनन् । सोधीखोजी गर्दा केटाले अर्कै केटीसँग रक्सौलको मन्दिरमा गएर विवाह गरिसकेको र उतै लुकेर बसेको पत्ता लागेको केटीको बुवा बताउँछन् ।

‘प्रहरी पञ्चायती छलफल गरेर टुंग्याउनु भन्छ । केटा र केटाको बुवा आईरहेका छैनन्, केटाले अर्को विवाह गरिसकेको छ, पञ्चायती गरेर के गर्ने ? केहि बाटो निक्लने होइन् । केटीको बुवा भन्छन्, ‘पैसा लिएर छोरीको जिन्दगी वर्वाद गरौं ?’

उनका अनुसार पटक पटक आग्रह गर्दा पनि प्रहरीले घटना दर्ता गर्न मानेको छैन । ‘६ पटक प्रहरी कार्यालयमा गईसकें । तर मुद्धा दर्ता गरेका छैनन् ।’ उनले भने ‘

इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक चिरञ्जिबी दाहालले ‘केही दिन कुरौं, नभए जाहेरी दर्ता गरौंला भनेर जवाफ फर्काउने गरेको उनको भनाई छ ।

प्रहरी अधिकारी नै चाहान्छन्, व्यवहारिक तरिकाले समाधान होस

प्रहरी नायब उपरीक्षक दाहालले आरोपी माधवको खोजी भईरहेको र घटनाबारे अनुसन्धान भईरहेको बताए ।
दर्ता गर्न समस्या त केहि छैन, यो अगाडिदेखि नै लफडा लफडावाला घटना रहेछ, पछि गएर मिल्लान के गर्लान ? भनेर व्यवहारिक तरिकाले आफैं समाधान गरे भने पछि प्रहरीले यसो गरिदिए भन्लान भनेर रोकेका हौं ।

जाहेरी लिएका छौं, कानून बमोजिम म्याद भित्र दर्ता गर्न सकिहालिन्छ । समाधान भएन भने दर्ता गरिदिने हो ।
युवतीले जर्बजस्ती करणी भनिसकेपछि मिलापत्र गर्ने कुरा हुन्छ र सर ? भन्ने प्रश्नमा उनले भने ‘हामीले मिलापत्र गर्दैनौं, वास्तवमा जजक भन्ने त्यस्तो बुझिएको पनि छैन, सहमतीमै भएको भन्ने बुझिएको छ । विवाह गर्ने शर्त, लब परेको रहेछ, मुद्धा त लाग्छ, सबै कुरा तयारी अवस्थामा छ ।

जजक होइन भन्ने संकेत आएपछि तपाईहरुले मुद्धा दर्ता रोकेको हो ? भन्ने प्रश्नमा ‘कसैले हो भनेको र कसैले होइन भनेको, व्यवहारिक पाटो मात्रै हेरेको ‘उनले बताए ।

स्वास्थ्य परीक्षण रिपोर्ट आईसकेको बताउँदै उनले घटना अनुसन्धानको क्रममा रहेकोले रिपोर्टमा के छ ? नबताउने जानकारी दिए ।

Previous Post

एक वर्षमा २९ जना महिला पत्रकारले पेशा छोडे

Next Post

सशस्त्र प्रहरीमा प्रवक्ताको जिम्मेवारी डिआइजी कुमार न्यौपानेलाई

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.