esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

पालुङका किसानले खन्न थाले आलु, खेतमै ४५ रुपैयाँ किलो ।

किसानलाई मल, बिउ र सिंचाईको समस्या

ईसनेश ईसनेश
प्रकाशित २०८१ जेष्ठ ९, बुधबार १६:४४ बजे
पालुङका किसानले खन्न थाले आलु, खेतमै ४५ रुपैयाँ किलो ।
15
SHARES
18
VIEWS

 सिंचाईको उचित व्यवस्था नहुने, बिउ, मल समयमा नपाउने र लागत अनुसार प्रतिफल नआउँदा पालुङका किसानले आलुको सिजनमा वैकल्पिक बाली समेत लगाउने गरेका छन् । कतिपय किसानले आलुको साटो गाँजर, मुला, बन्दा, काउली जस्ता नगदेबाली लगाएका छन् ।

सुरेश बिडारी

मकवानपुरको थाहा नगरपालिका– १ पालुङ ओखरबजारका सबिन श्रेष्ठ वैदेशिक रोजगारीमा जाने तयारीमा छन् । सँगसँगै उनलाई खेतमा आलु खन्ने चटारो पनि छ । उनले ५ रोपनी जमीनमा २० प्याकेट आलु लगाएका थिए ।

अरुका खेतमा आलुको बोट हरियो भएर लहराईरहँदा उनको पहेंलो देखियो । आलु खन्ने बेला भएको संकेत पाएपछि पर्म (आलोपालो गरी एक अर्काको काम गरिदिने चलन) मा तीन जना लगाए । आलु खन्ने वित्तिकै व्यापारी आएर रातो आलु ४५ रुपैयाँ र सेतो आलु ३५–४० रुपैयाँ प्रतिकेजी दिन तयार भए । आलुको गतिलो भाउ पाएपछि उनी दंग छन् ।

‘किसानले कहिले गतिलो भाउ पाउँछन र ? शुरु शुरुमा भएर पाएका हौं । यस्तै भाउ बस्यो भने राम्रो हुन्थ्यो, पसिनाको मूल्य पाईन्छ ।’ उनले भने । रातो र सेतो दुवै आलुको बिउ सबिनको घरमै राखिएको थियो । ज्याला तिर्दा प्रतिदिन प्रतिव्यक्ति ६/७ सय रुपैयाँ खर्च आउने हुँदा पर्म गर्ने चलन छ ।

‘दुई तीन दिनमा आलु खनिसकिन्छ होला, भाउ नघटोस भन्न छ ।’ सविनले भने ‘ चाहिएको समयमा मल बिउ पाउँदैनौं, भाउ पनि पाईएन भने त ढाड सेकिन्छ ।’

४ रोपनी जमीनमा आलु लगाएकी सृजना प्रधान पनि आलुको भाउ नघटोस भनेर कामना गर्दैछिन् । ‘आलु रोप्दा एक पटक हाल्न समेत देशी (रासायनिक) मल पाईदैन, आकाशे पानीको भर हुन्न । खोलाबाट पानी तानेर सिंचाई गरेर आलु हुर्काएका छौं ।’ प्रधानले भनिन्, ‘ भाउको समस्या आयो भने गाह्रो हुन्छ ।’

गत वर्ष सेतो आलु २० रुपैयाँ र रोतो आलु २५ रुपैयाँमा बेच्नु परेको तितो अनुभव उनको छ । सिंचाईको उचित व्यवस्था नहुने, बिउ, मल समयमा नपाउने र लागत अनुसार प्रतिफल नआउँदा पालुङका किसानले आलुको सिजनमा वैकल्पिक बाली समेत लगाउने गरेका छन् । कतिपय किसानले आलुको साटो गाँजर, मुला, बन्दा, काउली जस्ता नगदेबाली लगाएका छन् ।

थाहा नगरपालिका कृषि विकास शाखाका प्राविधिक सञ्जय तिवारीका अनुसार थाहा नगरका किसानले खुमल रातो-सेतो, काजीनल, स्थानीय जातका आलुहरु लागाउने गरेका छन् । गतवर्ष ७ सय हेक्टरमा आलु लगाएका थिए । प्रतिहेक्टर १५ देखि २० टन फलेको थियो तर राम्रो मूल्यमा बिक्रि हुन सकेन ।

तसर्थ यसवर्ष किसान आलु बाहेकका खेती तर्फ पनि आर्कषित भए । यसवर्ष थाहामा ५ सय हेक्टरमा आलु लगाईएको छ । ‘खडेरीले गर्दा थोरै समस्या पारेको छ, आलुको दाना सानो छ, यसवर्ष भाउ राम्रो भयो भने अर्कोवर्ष आलुखेती बढ्छ ।’ प्राविधिक तिवारीले भने ।
भारतमा कोल्ड स्टोरमा राखिएको आलु आयात भईदिँदा नेपाली किसान बढी मारमा पर्ने गरेका छन् ।

यसवर्ष भारतीय बजारमा आलु महंगो भएकोले कम आयात हुने र नेपाली किसानले भाउ पाउन सक्ने कृषि प्राविधिक तिवारीको अनुमान छ ।

भारत पुग्छ पालुङको आलु

पालुङ्को आलु ५६ वर्ष पहिलेदेखि नै भारतमा समेत निकासी हुने गरेको पाईएको छ । पुरातत्व विभागको मुखपत्र प्राचीन नेपालको १० औं अंकमा ऋषिकेशवराज रेग्मीको ‘पालुङ्को मानवशास्त्रीय सर्वेक्षणको संक्षिप्त प्रतिवेदन’ छापिएको छ । वि.स.२०२६ सालमा छापिएको उक्त आलेखमा पालुङको हावापानी र जमीन आलुको खेतीका लागी प्रख्यात रहेको उल्लेख छ ।

त्यसबखत पालुङका शत प्रतिशत मानिस किसान थिए, काठमाडौंलाई भारतसँग जोड्ने त्रिभुवन राजपथ भने बानिसकेको थियो । प्रत्येक वर्षमा चार पाँच सय धार्नीसम्म आलु हुने गरेको, आलुले पालुङका बासिन्दाको अरु दैनिक खर्चका लागि मद्दत गरेको भनिएको छ ।

‘पालुङबाट मात्र प्रत्येक वर्ष दुई तीन लाख रुपैयाँको आलु भारतिर निकासी हुँदोरहेछ ।’ उनले लेखेका छन् ।

‘सेतो र रातो दुवै थरीका आलु खुबै उब्जन्छ । प्रत्येक परिवारको लुगा फाटो, नून, जिरा, चिनी, चिया, साबुन आदी आलु बेचेर आएको पैसाबाट नै किनिन्छ । पालुङका मानिसहरुको आर्थिक स्रोतको मुख्य आधार आलु नै छ ।’ रेग्मीको आलेखमा उल्लेख छ ।

वीरगञ्ज मीनाबजारका आलु व्यापारीहरुले सिजनमा पालुङको आलु खरिद गरेर भारतीय बजार रक्सौल पठाउने गरेका छन् ।

Tags: आलुकिसानथाहा नगरपालिकापालुङ
Previous Post

सशस्त्र प्रहरीमा प्रवक्ताको जिम्मेवारी डिआइजी कुमार न्यौपानेलाई

Next Post

प्रेस सेन्टर नेपाल पर्साले दुईवटा पत्रकारिता पुरस्कार वितरण गर्ने

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.