esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

सुनकोशी नदी सफाई अभियान : २५ टन प्लाष्टिकजन्य फोहोरमैला संकलन

सरसफाईमा बाहिरी सहयोग पाउँदा खुशी छौं : अध्यक्ष बराल

ईसनेश ईसनेश
प्रकाशित २०८१ जेष्ठ १९, शनिबार १०:०१ बजे
सुनकोशी नदी सफाई अभियान : २५ टन प्लाष्टिकजन्य फोहोरमैला संकलन
12
SHARES
14
VIEWS

सिन्धुली,

सुनकोशी नदी सफाई अभियान अन्तर्गत २५ टन प्लाष्टिकजन्य फोहोरमैला संकलन गरिएको छ । क्याप परियोजना अन्तर्गत क्रियशन नेपालले गोलन्जोर गाउँपालिकासँग मिलेर फोहोरमैला संकलन गरेको हो ।

सफाई अभियान मार्फत प्लाष्टिकजन्य फोहोरमैला संकलन नगरिएको भए वर्षामा उक्त फोहोर सुनकोशी नदीमा बग्ने निश्चित थियो ।
गोलन्जोर गाँउपालिका–७ खुर्कोट स्थित सुनकोशी नदी किनार लामो समयदेखि डम्पिङ साइट (फोहोर फाल्ने ठाउँ ) को रुपमा परिणत भएको थियो ।

क्याप परियोजना अन्तर्गत सञ्चालित ‘नदी सरसफाई अयिभान’ले परिचालन गरेको युवा स्वयं सेवक(यूथ कोहर्ट), सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, ट्राफिक प्रहरी, स्थानीय सरोकारवाला समेत सरसफाई अभियानमा सहभागी भएका थिए ।

‘क्याप परियोजना’ नेपालमा प्लिज (प्लास्टिक फ्री रिभर्स एन्ड सीज अफ साउथ एशिया) को एक प्रमुख आयोजनाको रुपमा रहेको छ । यो यूनोप्स र विश्व बैंकको सहयोगमा दक्षिण एशिया सहकारी वातावरण कार्यक्रम (साकेप) द्वारा लागु गरिएको कार्यक्रम हो ।

गोलान्जोर गाउँपालिका अध्यक्ष शंकर बरालले पालिकाले गर्नुपर्ने काममा क्रिएशन नेपालले सहयोग गरेको बताए । ‘बढ्दो सहरीकरण र आधुनिक खानपानले गोलन्जोरमा फोहोरमैलाको समस्या दिन प्रतिदिन विकराल बन्दै गएको छ, प्लास्टिकका बोतलहरू जताततै पाइन्छ । ’ उनले भने, ‘संस्थाले नदी क्षेत्रमा प्लाष्टिकजन्य फोहोर संकलन र व्यवस्थापनमा सघाउँछु भनेको छ । सरसफाईमा बाहिरी सहयोग पाउँदा खुशी छौं ।’

फोहोरमैला जथाभावि नफालेर यसलाई नागरिक स्तरबाटै न्युनिकरण गर्नुपर्ने उनको भनाई छ । क्रियशनका संस्थापक एवं अध्यक्ष आनन्द मिश्रले प्राकृतिक स्रोतको संरक्षणमा व्यक्तिगत जिम्मेवारीको महत्व बुझ्नुपर्ने बताए । ‘हामीले प्रकृति संरक्षण जस्ता महत्वपूर्ण कार्यको लागि अन्य प्रेरणा वा आर्थिक सहयोगमा भर पर्नु हुँदैन । यो प्रतिबद्धता हामीसबैलाई भित्रबाट आउनु पर्छ ।’ मिश्रले भने ।

भविष्यका सन्ततीलाई सफा पहाड र हिमाल छोड्ने कि प्रदूषित ? यसबारेमा चिन्तन गर्नुपर्ने बेला आएको उनको भनाई छ । ‘हामीले आज गरेको राम्रो कार्य, हाम्रो देश र हाम्रो समुदायको लागि मात्रै नभई हाम्रो भावी पुस्ताका लागि राम्रो वातावरण सुनिश्चित गर्ने हो । उनी भन्छन् । राजमार्ग र खोलामा प्लाष्टिक प्रदूषण न्यूनीकरणका लागि क्रिएसनले गोलन्जोर गाउँपालिकासँग सहकार्य गरेको थियो ।

क्याप परियोजना प्रमुख उज्ज्वल उपाध्यायले १२ वटा नदी सरसफाई अभियान एकै साथ सँगै सञ्चालन गर्ने जानकारी दिए । परियोजना सन्चालन हुने सात स्थानीय पालिकासँग परियोजना कार्यान्वयन गर्न द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भईसकेको उनको भनाई छ ।

प्रमुख नदीहरुका प्लाष्टिकजन्य फोहोर चुहावट हुने स्थानमा नदी सरसफाई अभियान सन्चालन गरिने उनले बताए ।

संकलित फोहोर गोलन्जोर गाउँपालिकासँगको सहकार्यमा एक्साभेटर र दुईवटा ट्रिपर परिचालन गरी पालिकाद्वारा प्रस्तावित ल्याण्डफिल साइटमा स्थानान्तरण गरिएको छ । नयाँ ल्याण्डफिल साइटको लागि बाटो खोल्नुका साथै अब सफा गरिएको ठाउँमा फोहोर फाल्न नदिने प्रतिबद्धता पालिकाले जनाएको छ ।

Tags: नदी सरसफाई अभियानप्लाष्टिकजन्य फोहोरमैलासुनकोशी नदी
Previous Post

‘सेफ हाउस’ नहुँदा लैंगिक हिंसा पीडितलाई हैरानी

Next Post

रेडक्रस पर्सा र जितपुरसिमरा १४ को कार्यालय बिच सम्झौता

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.