esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

सामाजिक सञ्जाल व्यवस्थित गर्न बलियो पत्रकारिता जरुरी

ईसनेश ईसनेश
प्रकाशित २०८१ जेष्ठ २३, बुधबार १५:३८ बजे
सामाजिक सञ्जाल व्यवस्थित गर्न बलियो पत्रकारिता जरुरी
5
SHARES
6
VIEWS

रसुवा,
पत्रकारिता क्षेत्रका सरोकारवालाले सामाजिक सञ्जालका कारण निम्तिएको समस्या व्यवस्थापन गर्न पत्रकारिता क्षेत्र बलियो हुनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ रसुवा शाखाले आयोजना गरेको सूचना प्रविधिको विकास सम्बन्धी विचार गोष्ठीमा वक्ताहरुले त्यस्तो बताएका हुन् ।

वरिष्ठ पत्रकार किशोर नेपालले सामाजिक सञ्जाल र सूचना प्रविधिको विकासले पारेको प्रभावलाई जिम्मेवारीपूर्ण ढङ्गले व्यवस्थापन गर्ने माध्यम नै पत्रकारिता भएको बताए । ‘पत्रकारिता जगतले विश्वसनीय सूचना र खोजमूलक समाचारको सम्प्रेषण जति प्रभावकारी बनाउन सक्छ, त्यति नै सूचना प्रविधिको नकारात्मक प्रभाव कम हुँदै जान्छ ।’ उनले भने ।

जिम्मेवारीपूर्ण ढङ्गले सूचना सम्प्रेषण गर्दै पत्रकारले समाज परिवर्तनमा योगदान दिनुपर्ने उनको भनाई छ । सूचना प्रविधिको नकारात्मक असर रोक्न सरकारले सूचनासँग डील गर्ने सामर्थ्य राख्नुपर्नेमा उनले जोड दिए ।

व्यावसायिक पत्रकारिता अध्ययन केन्द्रको कार्यकारी अध्यक्ष रुची श्रेष्ठले सामाजिक सञ्जालले निम्त्याएको समस्या समाधानमा मुख्य भूमिका पत्रकारकै हुने बताइन् । पत्रकारिता क्षेत्रले सामाजिक सञ्जाल प्रयोगमा ध्यान दिनुको साथै यसको बढ्दो प्रभावकारिता आत्मसाथ गर्नुपर्ने, सत्य तथ्य सूचना सम्प्रेषण गरेर गलत र भ्रामक खबर फैलन दिन नहुने उनको तर्क छ ।

 

Tags: पत्रकारितासामाजिक सञ्जाल
Previous Post

नारायणी अस्पताल कि पार्किङ स्थल ?

Next Post

मधेसमा मुख्यमन्त्री चयन भएकै दिन १४ सदस्यीय मन्त्रिपरिषद् गठन

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.