esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

मधेसमा मुख्यमन्त्री चयन भएकै दिन १४ सदस्यीय मन्त्रिपरिषद् गठन

ईसनेश ईसनेश
प्रकाशित २०८१ जेष्ठ २५, शुक्रबार १४:३१ बजे
मधेसमा मुख्यमन्त्री चयन भएकै दिन १४ सदस्यीय मन्त्रिपरिषद् गठन
3
SHARES
4
VIEWS

वीरगंज । मधेस प्रदेशमा शुक्रबार नयाँ मुख्यमन्त्री चयन भएकै दिन १४ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । जनमत पार्टीका सांसद् सतिशकुमार सिंहको नेतृत्वमा प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले कार्य जिम्मेवारीसहित शुक्रबार नै मन्त्रिपरिषद् गठन गरेकी हुन् ।

मुख्यमन्त्री सिंहको सिफारिसमा प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम कार्य विभाजनसहित मन्त्रिपरिषद् गठन गरेको प्रदेश प्रमुख कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जसअनुसार सिंह नेतृत्वको मन्त्रिपरिषद्मा सरोज कुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् ।

यस्तै भरत प्रसाद साह अर्थमन्त्री, गोविन्द बहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी, युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटन, शत्रुधन प्रसाद सिंह स्वास्थ्य तथा जनसङ्ख्या, बेची लुंगेली ऊर्जा, सिँचाइ तथा खानेपानी, प्रमोद कुमार जयसवाल खेलकुद तथा समाज कल्याणमन्त्री बनेका छन् ।

यसैगरी विमला अन्सारी गृह, सञ्चार तथा कानुन, उर्मिला चौधरी श्रम तथा यातायात मन्त्री बन्दा केशव राय, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री, शारदादेवी थापा शिक्षा तथा संस्कृति राज्यमन्त्री र रञ्जुकुमारी मण्डल बिना विभागीय राज्यमन्त्री तोकिएका छन् ।

यसअघि शुक्रबारै मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनले ५५ जनाको नामावली पेस गरेको थियो । प्रदेश प्रमुखको कार्यालयले बुधबार विज्ञप्ति जारी गरी संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न आज बिहान १० बजेसम्मको समय दिएको थियो ।

सो समयअघि नै एमाले–माओवादी गठबन्धनले जनमत पार्टीका नेता सिंहको नेतृत्वमा सरकार गठन गर्नका लागि प्रदेश प्रमुखसमक्ष नामावली बुझाएको थियो । त्यसपछि प्रदेश प्रमुखले आवश्यक प्रक्रिया पुर्‍याएर सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

मधेस प्रदेशमा जसपा नेपालको सरकार थियो । तर, बुधबार जसपाबाट मुख्यमन्त्री बनेका सरोज कुमार यादवले विश्वासको मत पाउन नसकेपछि नयाँ सरकार गठनको ढोका खुलेको थियो ।

जसपा नेपाल विभाजनपछि एमाले र माओवादीले जसपा नेपालको साथ छाडेसँगै यादव नेतृत्वको सरकार ढल्ने परिस्थिति बनेको थियो ।

Previous Post

सामाजिक सञ्जाल व्यवस्थित गर्न बलियो पत्रकारिता जरुरी

Next Post

वीरगञ्ज सुखचैनामा ‘रुपान्तरण’ कक्षाको अवलोकन

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.