वीरगञ्ज,
क्यान्सर रोगबाट प्रभावित एक युवकको उपचारका लागि परिवारजनले आर्थिक सहयोगको याचना गरेका छन् । घडिअर्वाका २५ वर्षीय युवक मुख्तार मिया तेलीको उपचारका लािग परिवारजनले आर्थिक सहयोग गरिदिन आग्रह गरेका हुन् ।
उनको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालको आइसियु कक्षमा उपचार भईरहेको छ ।
तेली परिवारको आर्थिक अवस्था कमजोर छ । मुख्तारको उपचार खर्च जुटाउन नसक्दा समस्या भइरहेको परिवारजनले बताएका छन् ।
मुख्तारका दाई जाकिर हुसेनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा अस्पतालको शैय्यामा रहेका भाईको तस्वीर राख्दै उपचारमा सहयोग गरिदिन आग्रह गरेका छन् । जाकिर वीरगञ्जका सक्रिय पत्रकार हुन् ।
आर्थिक सहयोग गर्न इच्छुक महानुभावले जाकिर मियाँ तेलीको ग्लोबल आइएमइ बैंकमा रहेको खाता नम्बर ११०७०१००१८२१४ मा रकम जम्मा गर्न सक्नुहुनेछ । । जाकिरको मोबाइल नम्बर ९८१२२२००३८ रहेको छ ।
Discussion about this post