esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

महुवनमा रेडक्रस उपशाखाको भवन बन्दै

गाउँपालिका अध्यक्ष यादवले गरे शिलान्यास

ईसनेश ईसनेश
प्रकाशित २०८१ जेष्ठ २६, शनिबार १२:१८ बजे
महुवनमा रेडक्रस उपशाखाको भवन बन्दै
9
SHARES
11
VIEWS

वीरगञ्ज,  पर्साको सखुवा प्रसौनी गाउँपालिका वार्ड नं ५ महुवन स्थित नेपाल रेडक्रस सोसाइटी महुवन उपशाखाको कार्यलय भवन बन्ने भएको छ । भवनको आईतबार सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले शिलान्यास गरेका छन् ।

गाउँपालिका अध्यक्ष यादवले मानविय सेवाको काममा अगाडी रहने प्रतिबद्धता जनाए । रेडक्रस उपशाखाको भवन बनेपछि मानवीय सहायताको काममा अझ सहज हुने उनको विश्वास छ । सामाजिक सेवा कार्यमा सक्रिय रहँदै आएको रेडक्रस भवन निर्माण गर्ने जस्तो पुण्य कार्यमा सकेको सहयोग गर्न उनले आग्रह गरे ।

नेपाल रेडक्रस सोसाईटी पर्सा शाखा सदस्य शिवनाथ यादवले संघियता पछि विपद व्यवस्थापन स्थानीय सरकारको जिम्मेवारीमा रहेकोले विपदबाट धनजनको क्षति हुन नदिन आवश्यक तयारी गर्न आग्रह गरे । स्थानीय स्तरमा रक्तदान कार्यक्रमको आयोजना गर्न तथा विपद प्रतिकार्यका लागि भवन उपयोगी हुने बताए । पालिकाले रेडक्रसभवन निर्माण कार्यको अगुवाई गर्नु प्रशंसनीय कार्य भएको उनको भनाई छ ।

भवन निर्माणका लागि सखुवा प्रसौनी गाउँपालिकाले २५ लाख बजेट सहयोग गरेको छ । भूँई तल्लामा दुई वटा कोठा र माथी हल गरेर दुई तले भवन बनाउन लागिएको रेडक्रस उपशाखा महवुनका सभापति जदु साहले जानकारी दिए ।

 

Previous Post

क्यान्सर प्रभावित भाईको उपचारमा सहयोग गर्न दाईको अपिल

Next Post

बलात्कारपछि बस्यो गर्भ, मुद्धामा नगइ मिल्न दवाव

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.