esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

रचनात्मक र गुणस्तरीय समाचार उत्पादनमा ध्यान दिन काउन्सिलको आग्रह

ईसनेश ईसनेश
प्रकाशित २०८१ जेष्ठ २८, सोमबार १८:१८ बजे
रचनात्मक र गुणस्तरीय समाचार उत्पादनमा ध्यान दिन काउन्सिलको आग्रह
1
SHARES
1
VIEWS

काठमाडौं, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारले रचनात्मक र गुणस्तरीय समाचार उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । प्रेस काउन्सिल नेपालले सुरु गरेको सञ्चार माध्यमसँग काउन्सिल अभियान अन्तर्गत राष्ट्रिय समाचार समितिका पत्रकारसँगको छलफलमा अध्यक्ष बस्नेतले यस्तो बताएका हुन् ।

उनले गुणस्तरीय समाचारले पत्रकारिताको गरिमा उच्च बनाउनुको साथै समाजमा भ्रमपूर्ण सूचना र अफवाह फैलनबाट रोक्ने बताए । ।
नेपालको एकमात्र सरकारी समाचार एजेन्सी राससका धेरै जसो समाचार सञ्चार माध्यमले खरिद नगरिकन चोर्ने प्रवृत्ति निरुत्साहित गर्न सम्बन्धित सञ्चार माध्यमले पनि अनुगमन संयन्त्र बनाउन सक्ने उनको भनाई छ ।

प्रेस काउन्सिलले नियमित सञ्चार माध्यमको अनुगमन, आचारसंहिताको पालना तथा कपि पेस्टको समस्या निरुत्साहनका लागि काम गरिरहेको जानकारी उनले गराए । पछिल्ला दिनमा काउन्सिलले युट्युब लगायतका सामाजिक सञ्जाल व्यवस्थापनमा समेत काम गरिरहेको अध्यक्ष बस्नेतको भनाई छ ।

राससका अध्यक्ष धर्मेन्द्र झाले समाचारको विषयवस्तु जनमुखी र उत्प्रेरक बनाउन काउन्सिलले विशेष कार्यक्रम ल्याउनुपर्ने बताए । राससका समाचारलाई गुणस्तरीय बनाउन शैलीपुस्तिकाको प्रयोग तथा स्वअनुगमन र स्वनियमन गर्ने गरिएको उनको भनाई छ ।

काउन्सिलका अध्यक्ष बस्नेतले राष्ट्रिय समाचार समितिमा जारी ‘गणतन्त्रका उपलब्धीः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको फोटो प्रदर्शनीको अवलोकन गरेका थिए । त्यसक्रममा उनले मुलुक विकास र आर्थिक समृद्धिको बाटोमा कसरी अगाडि बढ्दैछ भन्ने कुरा समाचार र तस्बिरका माध्यमबाट आम जनतालाई सुसूचित गर्न सकिने बताए ।

Previous Post

बलात्कारपछि बस्यो गर्भ, मुद्धामा नगइ मिल्न दवाव

Next Post

नक्साल ढुङ्गेधारा पुनरुत्थान गर्दै काठमाडौं महानगर

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.