esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

पाँच वर्षदेखि साङ्लोमा बाँधेर राखिएका युवकको उद्धार

ईसनेश ईसनेश
प्रकाशित २०८१ असार ५, बुधबार ११:०२ बजे
पाँच वर्षदेखि साङ्लोमा बाँधेर राखिएका युवकको उद्धार
21
SHARES
25
VIEWS

वीरगञ्ज,
मानव सेवा आश्रमले पाँच वर्षदेखि फलामे साङ्लो (फलामको सिक्री)मा बाँधेर राखिएका २५ वर्षीय युवकको उद्धार गरेको छ । शम्भुनाथ नगरपालिका–७, भगवतपुरका प्रविण कुमार चौधरीको उद्धार गरेको हो ।

उद्धार पछि उपचारसँगै आवश्यक स्याहारका लागि प्रविणलाई जनकपुरधाम नगरपालिका स्थित आश्रम शाखामा राखिएको छ । उपचार खर्चको अभावमा घरमा फलामे साङ्लोले बाँधेर राख्नु परेको परिवारका सदस्यहरुले बताएका छन् ।

मानसिक स्वास्थ्य कमजोर हँदै गएपछि प्रविणलाई उपचारका लागि अस्पताल लगिएको थियो । तर आवश्यक रकमको जोहो गर्न नसक्दा अस्पताल लैजान नसकिएकोे आमा इश्वरी देविले बताईन् । ‘गाउँ घरमा गइ उपद्रो मच्चाउँथ्यो, उसलाई पनि चोटपटक लाग्ने हुँदा सिक्रीमा बाँधेर राखेका हौं ।’ उनले भनिन् ।

उनका अनुसार प्रविण १७ वर्षको हुँदा देखि नै मानसिक समस्याले गाँजेको थियो । जेठो छोरा रबिन वेपत्ता भएको कान्छो छोरा सन्तोष सानै उमेरदेखि नै काठमाडौंमा ज्याला मजदुरी गर्छन् । जेठो र माइलो छोरोका अवस्थाका कारण शोकमा डुबेका बुबा परशुराम चौधरीको २०७७ साल चैत २६ गते निधन भयो । सबै जिम्मेवारी ईश्वरीको काँधमा आइपुग्यो । ईश्वरीलाई घर व्यवहार चलाउन निकै समस्या परेको थियो । त्यसमाथि छोराको स्याहार र उपचार कसरी गर्नु ? उनले चाहेर पनि सकिनन् ।

बाँधेकै स्थानमा शौच गर्ने प्रविणलाई आमाले नै नुहाउने, लुगा फेराउने, खाना खुवाउने गर्दै आएकी थिइन् । स्याहार पाउनुपर्ने उमेरमा छोराको स्याहार गर्नुपर्ने अवस्थामा ईश्वरी थिइन् । छोराकै लागि बाँचेको बताउने इश्वरी दैनिक उसैको स्याहार गर्नुपर्दा बनीबुतो गर्न समेत नभ्याउने गरेको सुनाउँछिन् ।

‘माया लागेर एक पटक सिक्री खोलिदिएको थिँए, फुत्तै भागेर गईहाल्यो । गाउँमा गएर एकजनालाई लाठीले हिर्काएर घाइते बनाईदिएछ ।’ उनले भनिन्, ‘ त्यसपछि २४ सैं घण्टा सिक्रिले बाँधेर राख्न थालें ।’

सन्तानलाई पशुजस्तै सिक्रीले बाँधेर राख्नु रहर नभई बाध्यता भएको उनी बताउँछिन् । “गरिबीकै कारण छोरालाई बाँधेर राख्नु परेको हो, पशुलाई बरु चर्नका लागि बेलाबेलामा खोल्न सकिन्छ, तर प्रविणलाई खुल्ला छोड्नै नहुने भएपछि नबाँधेर के गर्नु ?”

ईश्वरीसँग सम्पतीको नाममा ३ धुरमा बनेको फुसको झुप्रो छ । सोही जग्गा धितो राखेर गाउँकै एउटा बचत तथा ऋण सहकारी संस्थाबाट उनले ऋण लिएकी छन् । औषधि उपचार पाए छोराको रोग निको हुन्थ्यो की ? भन्ने उनलाई अझै छ ।

मानसिक अवस्थामा सुधार ल्याउन नियमित औषधि खुवाउने तथा माया ममता दिनुपर्नेमा उल्टै सिक्रीमा बाँधेर राखिएकोले प्रविणको मानसिक स्वास्थ्य अवस्था जटिल बन्दै गएकोे इन्सेकको सप्तरी प्रतिनिधि मनोहर पोखरेल बताउँछन् । उपचारसँगै स्याहारको प्रबन्ध मिलाउन सकेको खण्डमा स्वास्थ्य अवस्थामा सुधार आउने विश्वास उनको छ ।

उद्धारका लागि मानव सेवा आश्रमका सचिव सुमन बड्तौलाल सहितको टोली सप्तरी पुगेको थियो । वि.सं. २०६९ सालमा हेटौँडाबाट सेवा शुरु गरेको आश्रमको १९ जिल्लामा २४ केन्द्र स्थापना भएका छन् । देशभर १ हजार ७ सय भन्दा बढी सहयोगापेक्षीले आश्रमबाट गाँस, बास, कपास सँगै औषधी उपचार र स्याहारको सेवा पाईरहेको सचिव बड्तौला बताउँछन् ।

Tags: मानव सेवा आश्रमसप्तरीसाङ्लोमा बाँधेर राखिएका युवक
Previous Post

शिक्षा मन्त्री सुमनाको सय दिन, शैक्षिक सुधारमा के के गरिन योगदान ?

Next Post

वीरगञ्ज महानगरमा उत्कृष्ट काम गर्ने मंगरु डोम र राउण्ड टेबल सम्मानित

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.