वीरगञ्ज,
वीरगञ्ज महानगरपालिकाले कार्यसम्पादन मूल्यांकनका आधारमा महानगरको एक जना कर्मचारीलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित गरेको छ ।
महानगरपालिकाको १५ औं नगरसभाले सवारी शाखामा कार्यरत स्काभेटर चालक मंगरु डोमलाई सम्मान गरेको हो ।
सार्वजनिक अतिक्रमित जग्गा खाली गराउने कार्यक्रमा अहोरात्र खटेर उत्कृष्ट भुमिका निर्वाह गरेका थिए ।
उनलाई महानगरका मेयर राजेशमान सिंह, उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराइले संयुक्त रुपमा प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
यस्तै महानगरको शैक्षिक क्षेत्र सुधारका लागि योगदान दिएको राउण्ड टेबल नेपाललाई पनि सम्मान गरिएको छ । राउण्ट टेबलले महानगरभित्रका ८ वटा सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान गरेको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।
१५ औँ नगरसभाबाट आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम र बजेट समेत पारित गरिएको छ ।
Discussion about this post