esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

पत्रकारिता शिक्षा सञ्चार क्षेत्रका लागि काम लाग्नुपर्छ : डा. कुन्दन अर्याल

ईसनेश ईसनेश
प्रकाशित २०८१ असार १७, सोमबार २३:१३ बजे
पत्रकारिता शिक्षा सञ्चार क्षेत्रका लागि काम लाग्नुपर्छ : डा. कुन्दन अर्याल
38
SHARES
45
VIEWS

काठमाडौं,
त्रिभुवन विश्वविद्यालय,पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका नव नियुक्त विभागीय प्रमुख डा. कुन्दन अर्यालले पत्रकारिता तथा सञ्चारको शिक्षा सञ्चार क्षेत्रका लागि काम लाग्ने हुनुपर्ने बताएका छन् । विभागमा तेस्रो र पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले सोमबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनले पत्रकारिता शिक्षाले नेपालको पत्रकारिताको उन्नयनमा योगदान दिनुपर्नेमा जोड दिए ।

‘‘मूल कुरा चाँही के हो भने पत्रकारिता अथवा सञ्चारको शिक्षा सञ्चारका विभिन्न क्षेत्रहरुका लागि काम लाग्नुपर्छ ।’’ उनले भने, ‘‘त्यसका लागि हामी शिक्षकले ध्यान दिनुपर्छ, त्यहि अनुसार काम गर्नुपर्छ र विद्यार्थीहरुले पनि आफ्नो रुचीको विषयमा पढ्न आउनुपर्छ ।’’
एमएमा पढ्न आउने विद्यार्थीले ‘बिना रुची म त्यसै आएँ वा अरुले कसैले भनेर आँए’ भन्न नहुने उनको भनाई छ । साथै उनले पढाईसँगै जिविकोपार्जनको काम पनि रुचीको भयो भने मानिस प्रतिभाशाली देखिने तर्क गरे । ‘‘आधा मात्रै काम नगर, आधा मात्रै नपढ ।’’ विभागीय प्रमुख डा. अर्यालले भने, ‘‘ कक्षामा पढौं, व्यवहारमा पनि उतारौं ।’’

नेपालको पत्रकारिताको उन्नयनका लागि केवल लेख्ने, हल्ला गर्ने, युट्युबमा सामाग्री बनाउने, भिडियोहरु राख्ने मात्रै नभएर पत्रकारिताकोे नैतिकता, मुल्य मान्यतालाई ख्याल राख्दै दायित्वबोध समेत हुनेगरी काम गर्नु आवश्यक रहेको बताए ।

‘‘पत्रकारिता, सञ्चार, यीनका पूर्व रुपहरु, अनि अहिलेको पत्रकारिता । एउटा समय क्रममा मानिसहरुलाई के लाग्यो भने, पत्रकारिता पनि एउटा पेशा व्यवसाय वा काम हो भन्ने लाग्यो । यसको लागि पनि सीप चाहिने रहेछ, दक्षता चाहिन्छ, अनुशासनको बारेमा जान्नुपर्छ । त्यसको नैतिकताको बारेमा जान्नुपर्छ । भन्ने बुझे ।’’ उनी भन्छन्, ‘‘पत्रकारिताको प्रडक्ट राम्रो बनाउनका लागि अति संवेदनशील हुनुपर्छ, कसैलाई हानी नगर्ने, राम्रो, अनि नराम्रा कुराहरुलाई सुधार गर्न सघाउने र नयाँ नौलो न्युजहरु कसरी खोज्ने भन्ने सीप हुनुपर्छ भन्ने भयो, त्यसैका लागि पत्रकारिताका तालिमहरु, विश्व विद्यालयका शिक्षाहरु शुरु भएका हुन् ।’’

ठूलो र सुविधा सम्पन्न संरचनालाई कसरी चलायमान गराउने भन्नेमा सबै सरोकारवालाको सहयोग आवश्यक रहेको उनको भनाई छ ।
कार्यक्रममा नव नियुक्त विभागीय प्रमुख डा. अर्याललाई स्वागत गर्नुको साथै हालै पिएचडी सम्पन्न गरेका सह प्राध्यापकद्वय डा. देवराज अर्याल, डा. जगत नेपाल र डा. घम राज लुँईटेललाई बधाई ज्ञापन गरिएको थियो ।

कार्यक्रममा बोल्दै डा. देवराज अर्यालले सबै शिक्षक पिएचडी हाँसिल गरिसकेको अवस्थामा विद्यार्थीले त्यो अवसरलाई सदुपयोग गर्नुपर्ने बताए । ‘‘विधार्थीले डिमान्ड कति गर्न सक्छन्, त्यसमा निर्भर हुन्छ । सीप र ज्ञानलाई बढाउने हो ।’’ उनले भने, ‘‘ पत्रकारितामा नयाँ प्याराडाइम आएको छ । हामी पनि त्यसै अनुसार अघि बढ्नुपर्छ ।’’

विगतका विभागीय प्रमुखले गरेको योगदानले आजको अवस्थामा आएको बताउँदै उनले भवन तयार भएपनि आन्तरिक काम गर्न बाँकी रहेकोले विद्यार्थीको सहयोग आवश्यक रहेको बताए । ‘‘नयाँ करिकुलम विकास गर्नु पर्नेछ । स्रोत साधन सिमित छन् । विधार्थीका तर्फबाट पनि सहयोग आवश्यक छ ।’’ उनले भने ।

डा. लुँइटेलले विभागीय प्रमुखका रुपमा डा. अर्याल आउनु भनेको एकेडेमिक, प्राज्ञिक र व्यवस्थापकीय हिसाबले योग्य व्यक्ति सही ठाउँमा पुगेकोले अनुभूति हुने परिवर्तनको आश गर्न सकिने बताए ।

तेस्रो सेमेस्टरका विधार्थी मोहन प्रसाद मैनाली शिक्षकहरुको प्राज्ञिक उन्नयन विधार्थीका लागि देशका लागि मात्रै नभएर अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउन महत्वपूर्ण हुने बताए । उनले विभागीय प्रमुखलाई अवसरसँगै चुनौती रहेको बताउँदै विधार्थीको हैसियतले सहयोग गर्न सदैव तत्पर रहेको बताए ।

कार्यक्रमा पहिलो सेमेस्टरको विधार्थी रञ्जु अधिकारीले विभागीय प्रमुख अर्यालको सक्रियता लोभलाग्दो भएको बताइन् । कार्यक्रमको अध्यक्षता समेत गरेका तेस्रो सेमेस्टरका विद्यार्थी बाबुराम अचार्यले विभागमा कार्यक्रमहरु आयोजना गर्न खोज्दा साथीहरुले नेतृत्व लिन तयार नहुने गरेको, आफूले नेतृत्व लिँदा पनि आलोचना गर्ने गरेको र आर्थिक सहयोग नगर्ने गरेको आरोप लगाए ।

Tags: त्रिभुवन विश्वविद्यालयपत्रकारिता तथा आम सञ्चार केन्द्रिय विभागपत्रकारिता शिक्षाविभागीय प्रमुख डा कुन्दन अर्याल
Previous Post

भाइबको अध्ययन प्रतिवेदनले नेपालमा सूचनाको अवस्था केही भाइब्रेन्ट रहेको देखायो

Next Post

काठमाडौंका बजारमा मापदण्ड विपरितका खाने तेल, फिर्ता लगेर नष्ट गर्न निर्देशन

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.