esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

काठमाडौंका बजारमा मापदण्ड विपरितका खाने तेल, फिर्ता लगेर नष्ट गर्न निर्देशन

अन्नपूर्ण भेजिटेबल सहितका उद्योगलाई दुई लाख रुपैयाँका दरले जरिवाना

ईसनेश ईसनेश
प्रकाशित २०८१ असार १९, बुधबार २०:०५ बजे
काठमाडौंका बजारमा मापदण्ड विपरितका खाने तेल, फिर्ता लगेर नष्ट गर्न निर्देशन
37
SHARES
44
VIEWS

काठमाडौं,
काठमाडौँ महानगरपालिकाले नेपाल सरकारले तोकेको पेरोक्साइड र एसिड भ्यालु धेरै भएका खाने तेल बजारबाट फिर्ता लैजान निर्देशन दिएको छ । १३ ब्राण्डका खाने तेलको नमूना परीक्षण गर्दा ४ वटा व्राण्डमा समस्या भेटिएपछि खाने फिर्ता लैजान भनेको हो ।

२०८० पुस २७ गते उत्पादन भएको, पक्वान ब्राण्डको व्याच/लट नं. (S)-2 को रिफाइन सोयाविन आयल एउटा हो । यो श्रीराम रिफाइन्ड आयल प्राडक्ट, मोरङको उत्पादन हो ।

२०८० कार्तिकमा उत्पादन भएको अमृत ब्राण्डको व्याच / लट नं. ११ को रिफाइन सोयाविन आयल र २०२४ अप्रिल महिनामा उत्पादन भएको क्वालिटी व्राण्डको व्याच/लट नं. ०८ को रिफाइन सोयाबिन आयलमा पनि सरकारले तोकेको मापदण्ड नपाइएको हो । यी उत्पादनहरु क्रमशः अन्नपूर्ण भेजिटेवल प्रोडक्ट प्रा. लि., वीरगञ्ज पर्सा र क्वालिटी आयल रिफाइनरी प्रा. लि., कटहरी विराटनगरका हुन् ।

यस्तै २०८० साल माघमा उत्पादन भएको, व्याच/लट नं. १० को फेमिली ब्राण्डको आयातीत तोरीको गेडाबाट स्वदेशमा उत्पादन भएको तोरीको तेलमा पारोक्साइड भ्यालु मापदण्डमा नरहेको पाइएको, कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए । यो शिवशक्ति घ्यू उद्योग जीतपुर, बाराको उत्पादन हो ।

यसरी मापदण्ड विपरीत तेल उत्पादन गर्ने उद्योगलाई २ लाख रुपैयाँका दरले जरिवाना गराइएको उनले बताए । ती तेलका नमुना संकलन गरी परीक्षणका लागि बैशाख ३१ गते ‘राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला’ बबरमहल पठाइएको थियो ।

प्रयोगशाला परीक्षणपछि तयार गरिएको विश्लेषणात्मक प्रतिवेदनको आधारमा कारबाही गरिएको विभाग प्रमुख न्यौपानको भनाई छ ।
‘‘नतताउँदा नै बढी देखिएका भ्यालु तताएपछि झन् बढ्छ । झन अखाद्य बन्छ ।’’ न्यौपानेको भनाइ छ । उनका अनुसार मापदण्ड नपुगेका तेल ३ दिनभित्र फिर्ता लगी नष्ट गरिएको प्रमाणसहित महानगरपालिकामा उपस्थिति हुन पत्राचार गरिएको छ ।

Previous Post

पत्रकारिता शिक्षा सञ्चार क्षेत्रका लागि काम लाग्नुपर्छ : डा. कुन्दन अर्याल

Next Post

कक्षाकोठा र समाचार कक्षलाई जोड्न विमर्श

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.