esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

पत्रकारिता पढाउने कलेज एकैछिनमा बन्यो अस्पताल

निःशुल्क स्वास्थ्य शिविरमा ३५ भन्दा बढीको स्वास्थ्य परीक्षण

ईसनेश ईसनेश
प्रकाशित २०८१ श्रावण ८, मंगलवार २२:०३ बजे
पत्रकारिता पढाउने कलेज एकैछिनमा बन्यो अस्पताल
79
SHARES
93
VIEWS

काठमाडौं ।
त्रिभुवन विश्व विद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग बल्खु स्थित क्यामेरा भवनमा सञ्चालित छ । क्यामेरा भवनमा प्राध्यापक तथा विद्यार्थीहरु एका बिहानै आउँछन् । अध्ययन अध्यापनमा सहभागी हुन्छन् ।

तर साउन ८ गते मंगलबारको दृश्य बेग्लै थियो । चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीको पोशाक लगाएका केहि मानिस कलेज परिसरमा प्रवेश गरे । साथमा सहयोगीहरु पनि थिए । कलेज परिवारसँग मिलेर उनीहरुले कलेजलाई एकैछिनमा अस्पताल जस्तै बनाएँ । बाहिर बरण्डामा डेबल र कुर्सी लगाए, नाम लेखाउने काउन्टर झै बनाएँ । ब्लडप्रेसर, अक्सिजन, सुगर र तौल परीक्षण गर्ने मेसो मिलाए । पहिलो तलामा जनरल ओपिडी तयार भयो, अनि दोस्रो तलामा गाइनो वार्ड ।

शुरुमा विभाग प्रमुख कुन्दन अर्यालले स्वास्थ्य जाँच गराए । अन्य प्राध्यापक र विद्यार्थीहरु पनि लाइन लागे । धमाधम स्वास्थ्य परीक्षण हुन थाल्यो । तल टिकट बनाउने माथि गएर डाक्टरलाई देखाउने, अनि आफ्नो स्वास्थ्य अवस्थाको बारे छलफल गर्ने ।

चिकित्सकले सोधपुछ पछि कतिपयलाई औषधि सेवन गर्न सल्लाह दिए, कतिपयले खानपानमा ध्यान दिन त कतिपयलाई थप जाँचका लागि आग्रह गरे ।

केन्द्रीय विभागसँगको समन्वयमा सानेपा स्थित स्टार अस्पतालका डाक्टर तथा नर्सहरुको टोलीले प्राध्यापक तथा विभागका अध्ययनरत विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेका हुन् । अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीहरुले प्राध्यापक तथा विद्यार्थीहरुलाई कलेजमै आएर रक्तचाप, मधुमेह, गाइनो लगायत स्वास्थ्य सेवा प्रदान गरे । परीक्षण रिपोर्ट हेरेर र व्यक्तिसँग छलफल गरेर आवश्यक परामर्श दिए ।

अस्पतालका चिकित्सक, नर्स लगायत अन्य स्वास्थ्यकर्मी समेतको १० जनाको टोलीले कलेजमा अध्ययनरत विद्यार्थी र अध्यापन गराउने प्राध्यापकहरु समेत गरी ३५ जना भन्दा बढीको स्वास्थ्य परीक्षण गरेको प्रशासकीय अधिकृत एकराज कँडेलले जानकारी दिए ।

विभागीय प्रमुखको जिम्मेवारी सम्हालेसँगै डा. कुन्दन अर्यालको सक्रियता बढेको छ । उनमा पत्रकारिता विभागलाई राम्रो बनाउने हुटहुटी देखिन्छ । त्यसैको एउटा उदाहरण हो, मंगलबारको स्वास्थ्य शिविर । यसअघि उनले विद्यार्थीलाई लगेर राससको फोटो प्रदर्शनी अवलोकन गराएका थिए । विभागको भवन ठूलो भएपनि स्रोत साधनको अभाव रहेकोले योजनाबद्ध ढंगले क्रमशः आवश्यक कामहरु गर्दै जाने उनी बताउँछन् ।

विभागीय प्रमुख डा. अर्यालले शिक्षक विद्यार्थीको स्वास्थ्य प्राथमिक विषय भएकोले स्टार अस्पतालसँगको समन्वयमा निःशुल्क स्वास्थ्य परीक्षण शिविरको आयोजना गरिएको बताए । उनले आगामी दिनमा विभागले विद्यार्थीका लागि अन्य रचनात्मक क्रियाकलाप गर्दै जाने उनको भनाई छ ।

उपप्राध्यापक डा. देवराज अर्यालले स्वास्थ्य शिविरले विद्यार्थीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी हुने र उपचारका लागि बाटो खुल्ने बताए ।

उपप्रध्यापक डा. घमराज लुईंटेलले अस्पतालहरुको सामाजिक जिम्मेवारी निर्वाह गर्दै पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका शिक्षक र विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरेकोमा प्रशंसा गरे । शिक्षक विद्यार्थीको मानसिक र शारीरिक स्वास्थ्य अवस्था राम्रो भएमात्रै शिक्षा गुणस्तरीय बन्ने उनको भनाई छ । ‘स्वास्थ्य र शिक्षा एक अर्काका परिपूरक हुन् । शिक्षा लिनदिनका लागि शिक्षक र विद्यार्थीको स्वास्थ्य राम्रो हुनुपर्छ ’ उनले भने ।

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग स्नातकोत्तर तह तेस्रो समेस्टरमा अध्ययनरत विद्यार्थीले निःशुल्क स्वास्थ्य परीक्षण गराउन पाउँदा खुशी लागेको प्रतिक्रिया दिए । तेस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थी इक्छा लिम्बुले विभागमा नै आफ्नो स्वास्थ्य सम्बन्धि समस्याका बारेमा निःशुल्क जानकारी लिन पाउँदा उत्साहित भएको बताइन् ।  अर्का विद्यार्थी महेश पाण्डेले स्टार अस्पतालले विभागमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य परीक्षण शिविर लाभदायी बनेको बताए ।

Tags: डा. कुन्दन अर्यालत्रिभुवन विश्व विद्यालयनिःशुल्क स्वास्थ्य परीक्षण शिविरपत्रकारिता तथा आम सञ्चार केन्द्रिय विभाग
Previous Post

पत्रकार चन्द्रकिशोरलाई २ लाख २२ हजार राशिको सेवा पुरस्कार

Next Post

विभेद अन्त्य गर्न ज्ञान उत्पादनमा रुपान्तरण आवश्यक

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.