esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

विभेद अन्त्य गर्न ज्ञान उत्पादनमा रुपान्तरण आवश्यक

ईसनेश ईसनेश
प्रकाशित २०८१ श्रावण १५, मंगलवार २३:१५ बजे
विभेद अन्त्य गर्न ज्ञान उत्पादनमा रुपान्तरण आवश्यक
14
SHARES
16
VIEWS

काठमाडौं,
लैंगिक तथा अन्य विभेद अन्त्य गर्न ज्ञान उत्पादनमा नै रुपान्तरण आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन् ।
द स्टोरी किचन र त्रिभुवन विश्व विद्यालय लैंगिक अध्ययन विभागले काठमाडौंमा सोमबार आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा बोल्ने वक्ताहरुले त्यस्तो बताएका हुन् ।

महिला आयोगको सभाहलमा भएको कार्यक्रममा ‘महिला आन्दोलनको सहखोजी’ पुस्तक विमोचन गरिएको थियो । विभेदलाई निरन्तरता दिने ज्ञान उत्पादन प्रक्रियालाई रोक्नुपर्ने उनीहरुको भनाई छ ।

त्रिभुवन विश्वविद्यालय लैंगिक विभागको पूर्व प्रमुख प्राध्यापक डा. विन्दु पोखरेलले परिवर्तन नभई रुपान्तरण आवश्यक रहेको बताईन् । ‘ ज्ञान उत्पादनको क्षेत्र महत्वपूर्ण हो । कस्तो ज्ञान उत्पादन भईरहेको छ ? पितृसत्तात्मक समाजले घरभित्र र बाहिरको काम छुट्याएको छ । बच्चा जन्माउने र स्याहार्ने, घर भित्रको काम महिलाले गर्नुपर्ने, बाहिरको काम पुरुषले गर्ने ।’ ’ उनले भनिन्, ‘ बाहिरको कामबाट पैसा आर्जन हुन्छ, राजनैतिक उपलब्धी हाँसिल हुन्छ, घरको कामले गर्दा महिला शक्ति आर्जन गर्ने अवसरबाट वञ्चित हुन्छन्, ज्ञान उत्पादन गर्न चाहिने समय पाउँदैनन् ।

आन्दोलन गर्ने पुरुषलाई बाहिर आउने वातावरण पनि महिलाले नै बनाउने उनले बताइन् । महिला आन्दोलनको सहखोजी पुस्तकमा २१ जना पत्रकार महिलाले लेखेका २२ वटा आलेखहरु समेटिएको छ । पुस्तकले महिला आन्दोलनको ईतिहासलाई समेटेर भिन्न खालको ज्ञान उत्पादन गरेको, महिलाको अदृश्यतालाई उजागर गरेको र महिलावादी ज्ञान उत्पादनको दृष्टिलाई बदलेको प्राध्यापक डा.पौडेलले बताइन् ।

समाजशास्त्री डा. मिना पौडेलले ज्ञान उत्पादन गर्ने प्रक्रिया नै विषाक्त रहेको बताइन् । प्राज्ञिक निकायले उत्पादन गरेको ज्ञानले समाज परिवर्तन गर्न नसकेको आरोप उनको छ । ‘तीव्र गतीमा राजनीतिक परिवर्तन भयो, सिंह दरवारका मुखिया फेरिए, सामाजिक, साँस्कृतिक रुपान्तरण भयो त ?’ उनले भनिन्, ‘कोही पशुपतिमा यज्ञ गरेर श्रीमानको खुट्टाको जल खानुपर्छ भन्छन्, कोहि काठमाडौंको क्याफेमा बसेर चिया, कफी पिउँछन्, जमिनमा थिचिएका, च्यापिएका, लुकेका कुरा उठाईएको छ त ? नेपाली महिलावाद के हो ? परिभाषित हुनुपर्छ ।’

उनले महिला सहभागिताको नाममा टाउको गन्नेबाट विचार गन्ने अवस्थामा लैजान प्राज्ञिक निकायको भूमिका महत्वपूर्ण हुने तर्क गरिन् ।
लैंगिक अध्ययन विभागका प्रमुख डा. सुदिप सिंह नकर्मीले राजनैतिक, सामाजिक आन्दोलनको अभिन्न अंग महिला आन्दोलन भएको बताए ।

कार्यक्रममा द स्टोरी किचेनका राजन पराजुली, माओवादी नेतृ हिसिला यमी, महिला आयोगको अध्यक्ष कमला पराजुली लगायतले महिला आन्दोलन र यसको योगदानको बारेमा चर्चा गरेका थिए । द स्टोरी किचेनको अध्यक्ष जया लुँईटेलको अध्यक्षतामा भएको कार्यक्रममा सन्धानका फेलो पत्रकार र मेन्टरहरुलाई सम्मान गरिएको थियो ।

 

Tags: महिला आन्दोलनको सहखोजीमहिलावादी आन्दोलनसन्धान
Previous Post

पत्रकारिता पढाउने कलेज एकैछिनमा बन्यो अस्पताल

Next Post

अर्जुन लामा हत्याको १९ वर्ष : पूर्णिमाया भन्छिन्, ‘कि सास देउ, कि लास ‘

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.