esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

अर्जुन लामा हत्याको १९ वर्ष : पूर्णिमाया भन्छिन्, ‘कि सास देउ, कि लास ‘

ईसनेश ईसनेश
प्रकाशित २०८१ श्रावण १६, बुधबार १९:३४ बजे
अर्जुन लामा हत्याको १९ वर्ष : पूर्णिमाया भन्छिन्, ‘कि सास देउ, कि लास ‘
7
SHARES
8
VIEWS

काठमाडौं,

१६ बैशाख २०६२ मा काभ्रेका अर्जुन लामालाई तत्कालीन नेकपा (माओवादी) का कार्यकर्ताले अपहरण गरे । श्रीकृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका उनी त्यसपछि वेपत्ता छन् । अपहरण पछि माओवादीले उनको हत्या गरेको आरोप लागेको छ । उनी काभ्रे दाप्चाका स्थानीय व्यापारी समेत थिए ।

उनकी पत्‍नी नमोवुद्ध नगरपालिका ९, दाप्चा, काभ्रेपलाञ्चोककी ६२ वर्षीया पूर्णिमाया लामाले १९ वर्षदेखि घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही लागि माग गर्दै आएकी छन् ।

अर्जुन लामा (बाँया), पूर्णिमाया लामा (दाँयाँ) तस्वीर :हिमालखबरडटकमबाट साभार

बुधबार, १६ साउन २०८१ मा ललितपुरको प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) मा उनले पूनः एकपटक न्यायका लागि हार गुहार गरिन् । सङ्क्रमणकालीन न्यायका लागि सङ्घर्षरत उनलाई यसवर्ष इन्सेकले हरेक वर्ष दिँदै आएको प्रकाश मानव अधिकार पुरस्कार प्रदान गरिएको थियो । पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ ।

उप प्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको हातबाट पुरस्कार ग्रहण गरिसकेपछि बोल्दै उनले आफ्नो श्रीमानको सास दिन नसकेपनि लास देखाईदिन सरकारसँग आग्रह गरिन् । ‘०६२ बैशाख १६ गते अपहरण गरेर लगेको मान्छेलाई अहिलेसम्म वेपत्ता पारेको छ, न लास ल्यायो, न चिहान नै देखायो ।’ उनले भनिन्, ‘खाल्डो खनेर ज्यूँदै गाडेको भन्ने सुनेको छु, मैले न्याय पाउनुपर्छ ।’

श्रीमानको मृत्युपछि २ छोरा र ४ छोरी गरी ६ जना सन्तानको जिम्मेवारी उनले सम्हालिन् । श्रीमानको हत्या गर्नेहरु विरुद्ध कानूनी लडाँई लडिन् । उनले सर्वोच्च अदालतमा मुद्धा दर्ता गरेकी छन् । हत्यामा माओवादी नेता अग्निप्रसाद सापकोटा, सूर्यमान दोङ, यादव पौडेल, भोला अर्याल, कर्नाखर गौतम र नोर्बु मोक्तान संलग्न रहेको आरोप लागेको छ । ‘बोल्न नसक्ने, सोझो भनेर हेपेर बसेको होला, के कारणले मेरो श्रीमानलाई मारेको हो ? मेरो श्रीमानले के अपराध गरेको थियो ?’ उनले भनिन्, ‘हामी कति दिन पिडामा बस्ने ?’

निर्दोष मान्छेलाई अपहरण गरेर लगि हत्या गरेको भन्दै उनले सर्वोच्च अदालतबाट न्याय पाउने आशा उनले व्यक्त गरिन् । सर्वाेच्च अदालतमा उनले दिएको मुद्धाको पेशी आगामी २३ साउनमा तोकिएको छ । अपराधी पहिचान गरेर कडा भन्दा कडा कारबाही हुनुपर्ने उनको माग छ ।

उपप्रधान तथा अर्थमन्त्री पौडेलले संक्रमणकालीन न्यायलाई टुंगोमा लैजान सरकार प्रतिबद्ध रहेको बताए । न्याय मर्ने छैन, यहाँको आन्दोनलनमा सरकार छ, उपप्रधानमन्त्री पौडेलले भने । शान्ति प्रक्रियाका बाँकी काम पिडित मैत्री र पिडितलाई पक्षपोषण हुनेगरि टुंग्याउनुपर्ने उनको भनाई छ ।
‘लामो समय मुलुक कहालीलाग्दो द्वन्द्वबाट गुज्रियो, हिंसाको अन्त्य गरेर शान्ति प्रक्रियामा ल्याएका छौं । तर द्वन्द्वको घाउ मेटिएको छैन, शान्ति प्रक्रिया टुंगोमा पु्र्याउनुपर्ने छ, पिडितको घाउमा मल्हम लगाउनुपर्नेछ ।’

राष्टिय मानव अधिकार आयोगकी सदस्य लिलि थापाले न्याय दिन्छु भनेर बसेको निकायले न्याय दिएन भने त्यो पनि पिडक हो कि होइन ? भनेर प्रश्न गरिन् । इन्सेकका सल्लाहकार तथा संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार छनोट समितिको सिफारिसका आधारमा उनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको थियो ।

२०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा भएको थाई एयर दुर्घटनामा इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको निधन भएको थियो । नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा काफ्लेले पु¥याएको योगदान उच्च रहेको मानिन्छ । उनको स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यले हरेक वर्ष “प्रकाश मानव अधिकार पुरस्कार” प्रदान गर्दै आएको इन्सेकका अध्यक्ष कुन्दन अर्याल बताउँछन् ।

नेपालको राजनीतिक, शैक्षिक, स्वास्थ्य तथा सामाजिक लगायतका क्षेत्रबाट अधिकारउन्मुख चेतनामा आधारित भएर विशिष्ट योगदान गरेका व्यक्तित्वलाई “प्रकाश स्मृति दिवस”को अवसर पारेर पुरस्कृत गरिंदै आएको छ । यो पुरस्कारबाट यसअघि वरिष्ठ पत्रकार स्व. विनयकुमार कसजु, वरिष्ठ समाजसेवी स्व.दयावीरसिंह कंसाकार, डा. गौरीशंकरलाल दास, दलित अधिकारकर्मी रामरतिदेवी राम, महिला अधिकारकर्मी बसन्तीदेवी झा, वरिष्ठ पत्रकार नारायण शर्मा, रुकैया खातुन लगायत २९ जना सम्मानित भईसकेका छन् ।

 

 

 

 

 

Previous Post

विभेद अन्त्य गर्न ज्ञान उत्पादनमा रुपान्तरण आवश्यक

Next Post

अपाङ्गता भएका बालबालिकाका लागि १० वटा रमाइला गतिविधिहरू

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.