esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

अपाङ्गता भएका बालबालिकाका लागि १० वटा रमाइला गतिविधिहरू

सिकाइका लागि घरमा रमाइला क्षणहरू

ईसनेश ईसनेश
प्रकाशित २०८१ श्रावण १९, शनिबार ०९:०८ बजे
अपाङ्गता भएका बालबालिकाका लागि १० वटा रमाइला गतिविधिहरू
9
SHARES
11
VIEWS
युनिसेफ

साना बालबालिकालाई व्यस्त राख्नु भनेको दिनभरीको जागिर खाए समान हुनसक्छ, त्यसैले बालबालिकासँग मिलेर गर्न सकिने यी रमाइला क्रियाकलापका उपायहरू उपयोगी हुनसक्छ । बालबालिकाको क्षमता जस्तोसुकै भए पनि बालबालिकाको सिकाइको उत्कृष्ट माध्यम खेल नै हो ।

खेल भनेको खोज र रमाइलो गर्ने माध्यम हो । 

आफ्नो बालबालिकासँग घरैभित्र गर्न सकिने १० वटा उर्जापूर्ण गतिविधि यहाँ उल्लेख गरिएका छन् । धैर्यवान हुनुहोस्, बालबालिकालाई सुन्नुहोस् र सँगै समय बिताउँदै, सिक्दै, रमाइलो गर्नुहोस् ।

१.  आफ्नो बालबालिकालाई उत्साहित पार्न एउटा थाल/ट्रेमा वा समतल सतहमा विभिन्न किसिमका खेलौनाहरू राख्नुहोस् । संवेदी खेलौना वा भुईँमा च्याप्प टाँसिएर बस्ने खालका (Suction भएका) खेलौनाहरू प्रयोग गर्नुहोस् । तपाईँले स्पन्ज वा कपहरूको पनि प्रयोग गर्न सक्नुहुन्छ ।

२. बल प्रयोग गरेर खेल बनाउनुहोस् — कपडाको प्रयोग गरेर बालबालिका सँगै बसेर बल बनाउन पनि सक्नुहुन्छ । आफ्नो बालबालिकाको गतिशीलताको आधारमा हात र खुट्टाले बल खेल्ने उत्तम तरिका अपनाउनुहोस् ।

३. आफ्नो बालबालिकाले गरेका क्रियाकलापहरू खिचेर भिडियो बनाउनुहोस् र बालबालिकालाई देखाउनुहोस् । उनीहरूले गाएको, हाँसेको आवाजमात्र रेकर्ड गरेर उनीहरूलाई बजाएर सुनाउन पनि सक्नुहुन्छ ।

४. बालबालिकालाई भान्सा लग्नुहोस् । खाना बनाउन मद्दत गर्न लगाउनुहोस् । तपाईँले गरिरहनुभएको काममा बालबालिकाले कत्तिको चासो देखाइरहेको छ भन्ने कुरा विचार गरेर तपाईँ उसलाई सहयोग गर्न लगाउनुहोस्, वा उसलाई छुट्टै नफुट्ने किसिमका कचौरा र चम्चा दिएर तपाईँले गरिरहनुभएको कामको नक्कल गर्न लगाउनुहोस् ।

५. उनीहरूको कलात्मक प्रतिभाको फाइदा उठाउनुहोस् र उनीहरूलाई रङ्ग गर्न वा रङ्ग भर्न दिनुहोस् । थोरै वा कम गतिशीलता भएका बालबालिकाले सजिलै समात्न सकुन् भनेर सजिलै समात्न सकिने गरि बनाइएका ब्रस र चित्रकलाका सामग्रीहरु पनि पाइन्छन् । औँलाले रङ लगाएर चित्र बनाउँदा पनि रमाइलो हुन्छ ।

६. आफ्नो बालबालिकाको क्षमता अनुसार सजिलो गरी बसेर वा उभिएर सँगसँगै किताब पढ्नुहोस् । तपाईँ आफ्नो पारिवारिक फोटो एल्बम पनि निकाल्न सक्नुहुन्छ र चिनेजानेका परिचित अनुहारहरू देखाउन सक्नुहुन्छ । सिरानी वा टेबलमा ढल्काइएको ट्रे प्रयोग गरेर सजिलो गरी बस्ने तरीका पत्ता लगाउनुस्, जसले गर्दा तपाईँको बालबालिकाले थप सहज महसुुस गर्छ । त्यसले उसलाई टाउको उठाएर राख्न प्रोत्साहित गर्नेछ  ।

७. तपाईँको बालबालिकालाई विभिन्न बनावट/संरचना/रङ्ग रुपसँग खेल्नका लागि पानी वा बालुवाको थाल/ट्रे तयार गर्नुहोस् । तपाईँ त्यसमा खेलौनाहरू पनि थप्न सक्नुहुन्छ ।

८.माटो वा घरमै बनाएको आटासँग खेल्नुहोस् । साँचोहरूको प्रयोग गर्नुहोस् र आकृतिहरू काट्ने, जोड्ने गर्दै रमाइलो गर्नुहोस् । कुकिज र गुजिया र ठेकुवा बनाउने साँचा वा ठूलो ह्यान्डल भएको कप प्रयोग गर्दा तपाईँको बालबालिकालाई बुझ्न र सिक्न सजिलो हुन सक्छ ।

९. सजिलो पजल खेल्दै, वा आकार बनाउने, रङ, शब्द वा नम्बरकार्ड बनाउँदै शान्त समय बिताउनुहोस् । समतल, चिल्लो सतह, जस्तै, टेबल वा थाल/ट्रे प्रयोग गर्नाले यस्ता क्रियाकलापहरू गर्न सजिलो हुन्छ ।

१०. आफ्नो बालबालिकासँग नाच्नुहोस्, गाउनुहोस् र हल्ला गर्नुहोस् । तपाईँको सानो बालबालिकाले पकाउने भाँडा र घरमा बनाएका उपकरणहरू प्रयोग गरेर तपाईँसँग ताल मिलाउन सक्छ ।

Tags: अपांताखेलयुनिसेफसिकाई
Previous Post

अर्जुन लामा हत्याको १९ वर्ष : पूर्णिमाया भन्छिन्, ‘कि सास देउ, कि लास ‘

Next Post

सिमेन्ट उत्पादक संघको अध्यक्षमा रघुनन्दन मारु निर्वाचित

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.