काठमाडौं
विम्सटेक चेम्बर अफ कमर्श गठन हुने भएको छ । विम्सटेक विजनेज समिटमा यस क्षेत्रका उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं प्रतिनिधि र विमस्टेकका महासचिव इन्द्र मणि पाण्डे सम्मिलित बैठकले यस्तो निर्णय गरेको हो ।
चेम्बरमा नेपाल उद्योग वाणिज्य महासंघ नेपालको प्रतिनिधित्व गर्दै संस्थापक सदस्य रहने छ ।
गत वर्ष राखेको प्रस्ताव अनुरूप चेम्बर गठन हुन लागेको महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले जानकारी दिए । अध्यक्ष ढकालले चेम्बर विधान बनाई तत्काल कार्यान्वयन गर्न आह्वान समेत गरेका छन् ।
विम्सटेक राष्ट्र चेम्बरका प्रतिनिधिहरुको बुधबारको बैठकले चेम्बर गठन गर्ने निर्णय गरेको हो । बिमस्टेक चेम्बरले बिमस्टेक स्वतन्त्र व्यापार सम्झौताको गठन र कार्यान्वयनलाई गति दिने अपेक्षा गरिएको छ ।
भारतीय उद्योग परिसंघले बिमस्टेक चेम्बरको सचिवालय नयाँ दिल्लीस्थित भारतीय उद्योग परिसंघको कार्यालयमा स्थापना गर्ने प्रस्ताव गरेको छ । चेम्बरको अध्यक्षता वर्णानुक्रम अनुसार हुनेछ ।
Discussion about this post