esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

पत्रकारितामा प्रश्न मर्दै गएको भन्दै अग्रजको चिन्ता, शिक्षाबाट सुधार गर्नुपर्नेमा जोड

ईसनेश ईसनेश
प्रकाशित २०८१ श्रावण २६, शनिबार २२:५६ बजे
पत्रकारितामा प्रश्न मर्दै गएको भन्दै अग्रजको चिन्ता, शिक्षाबाट सुधार गर्नुपर्नेमा जोड
32
SHARES
38
VIEWS

काठमाडौं ।
आम मानिसमा आशा जगाउने पत्रकारिता आजको आवश्यकता भएको सरोकारवालाले बताएका छन् । रचनात्मक पत्रकारिता मार्फत मुलुकलाई दिशा दिनुपर्ने समय आइसकेको उनीहरुको भनाई छ ।

समाजमा नैरश्यता बढेको समयमा पत्रकारिता क्षेत्रले रचनामत्मक पत्रकारिता मार्फत आशा जगाउनुुपर्ने उनीहरुको तर्क छ ।
त्रिभुवन विश्व विद्यालय पत्रकारिता तथा आम सञ्चार विभागले अप्टिमिस्टिक इन्टरनेशनल नेपाल डिस्ट्रिक्टसँग मिलेर विभागमै शनिबार एक कार्यक्रम आयोजना गरेको थियो । रचनात्मक पत्रकारिता : राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यासहरू विषयक कार्यक्रममा पत्रकारिताका विविध विषयमा छलफल भयो ।

बरिष्ठ पत्रकार राजेन्द्र दहालले पत्रकारिताको प्रश्न गर्ने क्षमता कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गरे । ‘ परम्परागत पत्रकारिता प्रश्नबाट शुरू आएको हो । के, कहाँ, कहिले, किन, कसरी ? तर अहिले पत्रकारिताको प्रश्न गर्ने क्षमता घट्यो, हामी प्रश्न नै गर्दैनौ, प्रश्न गरिहाले पनि तिखो हुँदैन । भारतमा पनि त्यस्तै अभ्यास देखिएको छ ।’ उनले भने, ‘कसैलाई जवाफदेहि बनाउन पत्रकारिताले गर्ने भनेको नै प्रश्न हो ।’
रचनात्मक पत्रकारिताको अभ्यास नेपालमा हुँदै आएको बताउँदै उनले भ्रष्टाचारीलाई उदांगो पार्नु पनि रचनात्मक पत्रकारिता नै रहेको बताए ।

परिस्थिति अनुसार पत्रकारले पत्रकारिता गर्दै जाने बताउँदै उनले आफूले साहित्य, राजनीतिक, मिसन, विकास, वातावरण गर्दै खोज पत्रकारितामा पुगेको स्मरण गरे ।  पत्रकारिता केन्द्रिय विभागले पत्रकारितालाई दिशा दिनुपर्ने भनाई उनको छ । ‘ देशकाल परिस्थिति अनुसार पत्रकारिता हुन्छ, नेपालमा चाहिएको पत्रकारिता कस्तो हो ? कस्ता पत्रकार चाहिन्छ ? त्यसका लागि कस्तो पत्रकारिता शिक्षा चाहिने हो ? आफ्नो परिभाषा हुनुपर्छ । विभागले दिशा निर्देश गर्नुपर्छ ।’ उनले भने, ‘ पत्रकारिता शिक्षाले पेशा प्रति विश्वास पैदा गर्नुपर्छ । पेशाको दायित्वप्रति जिम्मेवार बनाउनुपर्छ ।’

बरिष्ठ पत्रकार रघु मैनालीले समाजलाई अगाडि बढाउने, सक्रिय बनाउने, आशा र स्नेह जगाउने काम पत्रकारिताले गर्नुपर्ने बताए । मानिस असाहाय हुँदा म केहि गर्न सक्दिन भन्छ, आशाहिन हुँदा केहि हुँदैन भन्ने हुने रहेछ । नेपाली समाज निराश छ, हामीले निराश बनाउने हो कि होईन ?’ मैनालीले भने, ‘कोभिडमा निराशा बनाउने मात्रै समाचार दियौं । आशा र स्नेह जगाउने पत्रकारिताको धर्म हो, आशा अपरिहार्य आवश्यकता हो । पत्रकारिताले आशा जगाउने नै हो ।’ यो देशमा नहुने केहि थिएन तर यो देशमा बसेर केहि हुँदैन भन्ने भाष्य पत्रकारिताले बनाईएको उनको भनाई छ ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं अनलाईन खबरडटकमका प्रधान सम्पादक शिव गाउँलेले समय र सन्दर्भले सृजना गरेका ठूला ठूला प्रश्नहरूलाई पव्लिक रेकर्डमा राख्ने काम पत्रकारिताले गर्ने बताए । त्यसमा राज्यलाई जवाफदिन बाध्य पार्ने यदि त्यसो गर्न नसकेपनि पछि समाजले त्यसमा निर्मम ढंगले निर्णय गर्ने उनको भनाई छ ।

 महासंघका अर्को पूर्व अध्यक्ष एवं बरिष्ठ पत्रकार विष्णु निष्ठुरीले पत्रकारिता धरातलीय यथार्थबाट प्रभावित हुने बताउँदै नेपालको पत्रकारिता मौसम परिवर्तनबाट प्रभावित रहेको दावी गरे । पार्टी पत्रकारिताका कारण विभाजित र दिगभ्रमित पत्रकारिता भईरहेको, आग्रहबाट माथि उठेर काम गर्न नसकेको उनको तर्क छ । पत्रकारितालाई राम्रो बनाउने अवसर आएको उनले बताए ।

प्राध्यापक डा. महेन्द्र विष्टले पत्रकारितालाई रिभ्यू गर्न जरूरी रहेको बताए । ‘पत्रकारिता रहन्छ कि रहदैन ? के का लागि पत्रकारिता चाहिन्छ ? अहिले नै मिडियालाई अर्को माध्यम चाहिन्छ ।’ उनले भने, ‘पत्रकारिता कन्स्ट्रक्टिभ नै हुन्छ । जसरी खुर्सानी पिरो हुनुपर्छ, त्यसरी पत्रकारिता क्रिटिकल हुनैपर्छ ।’
कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले आयोग गठन गरेर आगामी बाटो तय गर्ने, आत्म समिक्षा गर्नुपर्ने बताए । आर आर क्याम्पस पत्रकारिता विभाग प्रमुख जगत नेपालले विगतलाई हेरेर भविष्य तय गर्नुपर्ने बताए । मिडियाले चाह्यो भने त सही लाइन दिन सक्छ भन्ने उदाहरण विगतमा प्रस्तुत भईसकेको तर्क उनको छ ।

डा. कुन्दन अर्यालले न्यूजरूम र क्लासरूम जोड्नुपर्नेमा जोड दिँदै रचनात्मक शिक्षाले रचनात्मक पत्रकारिता गर्ने वातावरण बनाउने बताए ।
सह प्राध्यापक घमराज लुँइटेलले मानिसको कल्याणका लागि संवेदनहीन पत्रकारिता गर्न नहुने बताए । उनले रचनात्मक पत्रकारिताले परपिडक पत्रकारिता नगर्न र पत्रकारिताको मुल्य मान्यतामा बसेर पत्रकारिता गर्न प्रोत्साहन गर्ने र घटना प्रधान मात्रै समाचार नलेख्ने बताए । ‘कुनैपनि घटना किन घट्यो ? भन्ने मात्रै हेर्दैन, भविष्यमा हुन नदिन के गर्ने ? उपाय पनि दिन्छ ।’ उनले भने, ‘यसो गर्दा मानिस आशावादी हुन्छन् ।’


अप्टिमिस्टिक इन्टरनेशनल नेपाल डिस्ट्रिक्टका गर्भनर प्रकाश घिमिरेले जताततै निराशा भएको अवस्थामा पत्रकारिताले आशाको दियो बाल्नुपर्नेमा जोड दिए ।
अप्टिमिष्ट इन्टरनेशनल लेफ्टिनेन्ट गभर्नर ऋषेश्वर थपलियाले नेपालमा पनि नैराश्यता बढ्दै गएपछि रचनात्मक पत्रकारिता आवश्यक देखेर अभियान सञ्चालन गरिएको बताए । ‘ पत्रकारिताले मानिसलाई आशावादी बनाउने हो । तर समाचार आउँदा सत्य एउटा हुन्छ, मिडियामा अर्कै आउँछ ।’ उनले भने, ‘समस्या पनि आओस, समाधान आओस भन्ने मान्यता हाम्रो हो ।’
सन् २०१७ मा पहिलोपटक अप्टिमिस्टिक क्लब नेपालमा स्थापना भएकोमा हाल ६२ वटा क्लब बनेको र नेपालले एशियाको नेतृत्व गर्ने जिम्मेवारी पाउन लागेको बताए ।

 

 

Previous Post

विम्सटेक चेम्बर गठन गरिने

Next Post

वीरगञ्ज महानगरको लक्ष्य : ‘जहाँ खाली, त्यहाँ हरियाली’

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.