esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

वीरगञ्ज महानगरको लक्ष्य : ‘जहाँ खाली, त्यहाँ हरियाली’

हरियाली बनाउने नाममा क्षेत्राधिकार भन्दा बाहिर लगानी

ईसनेश ईसनेश
प्रकाशित २०८१ श्रावण ३१, बिहीबार १४:१७ बजे
12
SHARES
14
VIEWS

वीरगञ्ज
वीरगञ्ज महानगरपालिकाले ‘जहाँ खाली, त्यहाँ हरियाली’ को लक्ष्य लिएको छ । सोही क्रममा महानगरपालिकाले खाली जमिनमा वृक्षारोपण गरिरहेको छ ।

विशेषगरी सहरको सौन्दर्यीकरणमा लगानी गरिरहेको महानगरले सडक विभागको क्षेत्राधिकार भित्र पर्ने सडकको डिभाईडरमा पनि वृक्षारोपण गरिरहेको छ । ड्राइपोर्ट परवानीपुर सिक्स लेन सडक सडक विभागको क्षेत्राधिकार पर्छ । तर महानगरले सडकको डिभाईडरलाई हरियाली बनाउन बृक्षारोपण गरिरहेको छ ।

आइसीपीदेखि हरपतगंज चोकसम्मको डिभाइडरमा महानगरले यसअघि नै वृक्षारोपण गरिसकेको छ । महानगरले बिहीबार अपौनीतर्फ सडक डिभाइडरमा वृक्षारोपण गरेको छ ।

 

ड्राइपोर्टदेखि परवानीपुरसम्म नै सडकको डिभाइडरमा वृक्षारोपण गर्ने लक्ष्य महानगरले राखेको छ । जबकी उक्त सडकखण्ड सडक विभागको क्षेत्राधिकार भित्र पर्छ ।

सडक विभागका एक ईन्जिनियरका अनुसार महानगरले सडक विभागको क्षेत्राधिकारमा पर्ने डिभाईडरमा वृक्षारोपण गर्न विभागसँग अनुमति लिनुपर्ने हुन्छ ।
‘वृक्षारोपण गर्नु राम्रो काम हो, तर विभागसँग अनुमति लिएर गर्दा राम्रो हुन्छ ।’ उनले भने, ‘डिभाईडरमा जुनसुकै विरुवा लगाउन मिल्दैन, त्यसलाई पनि ख्याल गर्नुपर्छ । ’

सडक विभागसँग अनुमति लिएर जगदम्बा स्टिल्सले पथलैयादेखि सिमरासम्मको डिभाईडरमा वृक्षारोपण गर्नुको साथै त्यसको संरक्षण गर्दै आईरहेको छ । वृक्षारोपणले हरित सहर बनाउन मद्धत पुग्नुका साथै सडकको सौन्दर्यीकरण पनि बढ्ने हुँदा वृक्षारोपणको कामलाई प्राथमिकता दिएर अघि बढाइएको महानगरका मेयर राजेशमान सिंहले जानकारी दिए ।

 

महानगरले शंकराचार्यद्वारदेखि गण्डकसम्मको बाइपास सडकलाई हरियाली बनाइसकेको छ । बाँकी रहेका सडक डिभाइडर तथा किनारमा पनि वृक्षारोपण गर्न अभियान सञ्चालन गरिएको उनले बताए ।

‘‘जहाँ खाली, त्यहाँ हरियाली’ भन्ने लक्ष्य लिएर वृक्षारोपण अभियान सञ्चालन गरेका छौं ।’ उनले भने, ‘सडक डिभाइडर तथा महानगरभित्रका सार्वजनिक तथा ऐलानी जग्गाहरुमा वृक्षारोपण गर्छौ ।’

बिहीबार डिभाइडरमा ५ सय विरुवा रोपिएको महानगरपालिकाको वातावरण शाखा प्रमुख राकेश जयसवालले जानकारी दिए ।

महानगरले ड्राइपोर्ट परवानीपुर सडकको डिभाइडरमा म्याङ्गो स्टिक, गुल्मोहर, पिपल, समी (फाइकस बेन्जाइना), अशोक, निम लगायत विभिन्न प्रजातीका विरुवा रोपेको छ । डिभाइडरमा पिपल जस्ता रुख जातका विरुवा रोप्नै नहुने सडक विभागका इन्जिनियरहरु बताउँछन् ।

Previous Post

पत्रकारितामा प्रश्न मर्दै गएको भन्दै अग्रजको चिन्ता, शिक्षाबाट सुधार गर्नुपर्नेमा जोड

Next Post

एचआइभी र हेपाटाइटिस बी संक्रमित कर्मचारीलाई राजिनामा दिन दवाव

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.