esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

चित्लाङमा विद्यावारिधि पढाउँदै विज्ञान तथा प्रविधि विश्वविद्यालय

ईसनेश ईसनेश
प्रकाशित २०८१ भाद्र ५, बुधबार २१:०४ बजे
चित्लाङमा विद्यावारिधि पढाउँदै विज्ञान तथा प्रविधि विश्वविद्यालय
10
SHARES
12
VIEWS

(हेटौंडा) — मकवानपुरको चित्लाङमा स्थापना गरिएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले जैविक कृषि विषयको स्नातकोत्तर (मास्टर डिग्री) र विद्यावारिधि (पिएचडी) को पढाइ गरिरहेको छ ।

गत मंसिरदेखि अर्गानिक अग्रिकल्चर, फरेष्ट बायोमेटिरियल, आर्टिफिसीय ईन्टिलिजेन्स, र डेटा साइन्सको माष्टर र पिएचडीको पढाइ भइरहेको विश्वविद्यालयका अध्यक्ष प्राध्यापक राजेन्द्र ध्वज जोशीले बताए । सरकारले स्वीकृति दिएको चार वर्ष नपुग्दै विश्वविद्यालयले पढाई संचालनमा ल्याएको हो ।

अहिले उक्त विश्वविद्यालयमा ३ विद्यार्थीले पिएचडी र १३ जनाले माष्टर डिग्री पढ्दैछन् । उक्त विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी चित्लाङमै कोठा लिएर बसेका छन् । विश्वविद्यालयका अधिकांश प्राध्यापक काठमाडौंबाट आउजाउ गर्छन् ।

उक्त विश्वविद्यालयमा पठनपाठन र अनुसन्धान गर्न गराउन विदेशबाट विशेषज्ञ प्राध्यापक समेत आउने गरेका छन् । विश्वविद्यालयले पहिलो वर्षनै ३२ जनालाई पढाउने लक्ष्य लिएको थियो । तर विद्यार्थी छनौट गर्ने क्रममा १६ जनामात्र उत्कृष्ट फेला परेकाले उनीहरुलाई पढाउन थालिएको हो ।

उक्त विश्वविद्यालयले ५ वर्षको बीचमा ८ सय विद्यार्थीलाई पढाउने लक्ष्य लिएको छ । थाहा नगरपालिका—९ चित्लाङमा विश्वविद्यालयले गुणस्तरयुक्त पठनपाठन र अनुसन्धान गर्न भवनलगायत प्रयोगशालाहरु निर्माण गरेको छ । करिब एक अर्ब लागतमा स्थापना गरिएको उक्त विश्वविद्यालयका चार वटा भवन मध्ये अब एउटामात्र तयार हुन बाँकी छ ।राजधानी प्रवेश नाका थानकोटबाट चित्लाङ १२ किलोमिटर दुरीमा पर्छ । विश्वविद्यालयलाई आवश्यक पर्ने विद्युत पनि सोलारमार्फत उत्पादन गरिसकेको छ । एक सय वटा सोलार प्यानलबाट ५ सय किलोवाट विद्युत् उत्पादन हुन्छ । अहिले विद्युत् आवश्यक नपरेकाले नेपाल विद्युत् प्राधिकरणको ११ केभीए सिस्टममा जडान गरिसकेको छ ।

उत्पादित विद्युत् पालुङ वितरण केन्द्रको प्रणालीमा जोडिएको छ । उत्पादित बिजुली नेट मिटरिङको माध्यममार्फत पालुङमा जडान गरिएको पालुङ वितरण केन्द्रले जनाएको छ । विश्वविद्यालयले प्राधिकरणलाई प्रतियुनिट ५ रुपैयाँ ८४ पैसामा बिक्री गरेको जनाएको छ ।विश्वविद्यालयले प्रति वर्ष करिब ३० लाख रुपैयाँ बराबरको विजुली प्राधिकरणलाई बिक्री गर्छ । विजुली बिक्रीबाट पनि सहयोग पुगेको विश्वविद्यालयले जनाएको छ ।

‘विश्वविद्यालय पूर्णरुपमा संचालनमा आउँदा ५ सय किलोवाट विद्युत् खपत हुन्छ,’ विश्व विद्यालयका अध्यक्ष प्राध्यापक जोशीले भने,‘विश्वविद्यालयलाई निरन्तर विद्युत् आवश्यक पर्ने भएकाले आफैले उत्पादन गरेको हो ।’करिब १३ करोड लागतमा सोलारमार्फत विद्युत् उत्पादन गरिएको उक्त प्लान्टलाई ‘पम्प स्टोरेज पावर प्लान्ट’ भनिन्छ । विद्युत्को सप्लाई रोकिन गएमा तत्कालै उत्पादन गर्न पम्प स्टोरेज पावर प्लान्ट निर्माण गरिएको अध्यक्ष जोशीले बताए ।

उनका अनुसार यो प्रविधि नेपालकै पहिलो हो ।चित्लाङको ताकाटारमा सरकारले स्वच्छन्द भैरव माविको नाममा रहेको १ सय ८० रोपनी जग्गाको भोगाधिकार विश्वविद्यालयलाई दिइसकेको छ । अब थप ८ सय रोपनी जग्गाको भोगाधिकार उपलब्ध गराउन प्रक्रिया सुरु गरिएको अध्यक्ष जोशीले बताए ।

थानकोटदेखि चित्लाङसम्मको फराकिलो र कालोपत्र गर्ने काम भइरहेको छ । पर्यटकीय क्षेत्र चित्लाङमा सञ्चालनमा आएको उक्त विश्वविद्यालयले देशविदेशमा पहिचान गराउने काम भएको थाहा नगरपालिकाका मेयर विष्णु विष्टले बताउँछन् ।

सं. हेटौंडाबाट पत्रकार प्रताप विष्टले कान्तिपुरका लागि लेखेको समाचार साभार गरिएको हो ।

Previous Post

मधेश प्रदेश सरकारमा दलित समुदायको प्रतिनिधित्वको माग

Next Post

विपद व्यवस्थापनमा चेम्बरले सघाउने

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.