esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

विपद व्यवस्थापनमा चेम्बरले सघाउने

ईसनेश ईसनेश
प्रकाशित २०८१ आश्विन १६, बुधबार १४:१५ बजे
विपद व्यवस्थापनमा चेम्बरले सघाउने
0
SHARES
0
VIEWS

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले गत साता आएको बाढीपहिरोबाट भएको क्षति न्यूनीकरणका लागि सघाउने भएको छ । चेम्बर अफ कमर्स अन्तर्गत गठित विपद व्यवस्थापन परिषदको बैठकले राज्यका सबै संयन्त्रसँग हातेमालो गर्दै विपद व्यवस्थापनमा सघाउने निर्णय गरेको हो ।

परिषदका सभापति तथा चेम्बरका बरिष्ठ उपाध्यक्ष दीपक कुमार मल्होत्राका अनुसार बैठकले गृह मन्त्रालयको विपद् व्यवस्थापन समितिको बैठकबाट भएको निर्णयहरुलाई परिपालना गरि सहयोग गर्ने प्रतिवद्धता जनाउने निर्णय गरेको छ ।

“विपदको घडीमा उद्धार र राहतका निमित्त निजी क्षेत्रले सरकारसँग हातेमालो गर्दै क्षति न्यूनीकरणमा पनि सहकार्य गर्ने निर्णय भएको छ,” परिषदका सभापति मल्होत्राले भने, “नेपालीहरुको चाडपर्व पनि नजिकै आएको यो समयमा निजी क्षेत्र थप सक्रिय र जिम्मेवार भएर पीडितहरुको सेवामा लाग्नुपर्ने अवस्था छ ।”

मल्होत्राका अनुसार अविरल वर्षाको कारणबाट राज्यमा भएको भौतिक एवं मानवीय क्षतिको एकीन तथ्यांक संकलनसँगै आउँदा दिनमा यस्ता प्रकोपबाट बच्न पूर्वतयारी लगायतका विषयमा पनि सरकारसँग चेम्बरले सहकार्य गर्नेछ ।

यसअघि विपद व्यवस्थापन परिषदमा मनोनित भएका सदस्यहरुलाई परिषदका सभापति मल्होत्राले स्वागत गरेका थिए । गृह मन्त्रालयबाट गठित विपद व्यवस्थापन समितिमा नेपाल चेम्बर अफ कमर्स हाल पदेन सदस्यको रुपमा रहेको छ ।

परिषदमा  सवै क्षेत्रबाट प्रतिनिधित्व रहेको छ । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीका पूर्व विशिष्ठ अधिकारीहरुसहित होटेल एवं पार्टी प्यालेश व्यवसायी, औषधि व्यवसायी, शिक्षा तथा खेलकूद, कृषि तथा वन, उपभोक्ता हित, इन्जिनियर एवं विविध क्षेत्रबाट सदस्य मनोनित गरिएको मल्होत्राले जानकारी दिए ।

परिषदका सदस्यहरुले राज्यको विपद घडीमा विपद व्यवस्थापनमा निजी क्षेत्रबाट सहयोग एवं सद्भाव जनाउने प्रतिवद्धता जनाइएको छ ।

Previous Post

चित्लाङमा विद्यावारिधि पढाउँदै विज्ञान तथा प्रविधि विश्वविद्यालय

Next Post

पर्सामा ‘सेफ हाउस’ स्थापना गर्ने निर्णय

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.