esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

पर्सामा ‘सेफ हाउस’ स्थापना गर्ने निर्णय

विद्यालयमा यौन तथा प्रजनन स्वास्थ्य पढाउन दवाव दिइने

ईसनेश ईसनेश
प्रकाशित २०८१ कार्तिक ९, शुक्रबार १५:१४ बजे
पर्सामा ‘सेफ हाउस’ स्थापना गर्ने निर्णय
14
SHARES
17
VIEWS

पर्सा जिल्लामा दिनहुँ लैंगिक हिंसाका घटनाहरु आउँछन् । लैंगिक हिंसाका घटनामा महिला बढी पिडित छन् । घर परिवारका सदस्यबाट भएका हिंसाका घटनामा उनीहरु विरुद्ध नै कानूनी कदम चाल्नुपर्ने हुन्छ । घरमै बसेर घरभित्रका सदस्यसँग न्यायको लडाई लड्नु संभव छैन ।

बाहिर बस्नका लागि पर्सा जिल्लामा ‘सेफ हाउस’ (सुरक्षित आवास गृह) छैन । मानव बेचविखन रोकथाम तथा नियन्त्रणका लागि काम गर्दै आएका माइती नेपाल र आफन्त नेपाल संस्थाहरुले सञ्चालन गरेको आवधिक गृहहरुमा हिंसा पीडितलाई राख्ने गरिन्छ । हिंसा पीडितलाई लामो समय राख्ने ठाउँको अभाव छ ।

विभिन्न कार्यक्रम र छलफलमा ‘सेफ हाउस’ स्थापना गर्नु आवश्यक रहेकोबारे पटक पटक आवाज उठ्ने गरेको भएपनि सम्बन्धित निकाय गम्भिर नहुँदा काम अघि बढ्न सकेको छैन । वीरगञ्ज महानगरपालिकाका उप मेयर इम्तियाज आलमले जग्गा खोजी भइरहेको बताउँदै आएका छन् । तर त्यसले सार्थकता पाउन नसकेको अवस्था छ । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जिल्ला बाल कल्याण समितिको भवनलाई सेफ हाउस बनाउन पहल गर्ने प्रतिबद्धता जनाएपनि त्यो पुरा हुन सकेको छैन । जिम्मेवार निकायका अधिकारीहरुले आश्वासन दिने तर कार्यान्वयन नगर्ने परिपाटी देखिएको छ ।

दिव्य विकास स्रोत केन्द्र पर्साको आयोजनामा शुक्रबार बसेको GBV Alliance को बैठकमा पूनः सेफ हाउस स्थापना बारे चर्चा भएको छ । बैठकमा संघ संस्थाहरु मिलेर घर भाडामा लिएरै भएपनि ‘सेफ हाउस’ सञ्चालन गर्ने निर्णय भएको छ ।

हिंसा पीडित महिलालाई जीविकोपार्जनका लागि व्यवसाय सञ्चालन वा रोजगारी गर्न खोज्दा घरपरिवारबाट सहयोग नपाएको अवस्थामा प्रयोग गर्न सक्नेगरी सेफ हाउस सञ्चालन गर्ने निर्णय भएको स्थानीय अधिकार कार्यक्रम संयोजक रिना चौधरीले बताइन् । ‘सेफ हाउस नहुँदा हिंसा पीडित महिलालाई कठिनाई र असहजता भईरहेको छ । संस्थाहरुले मिलेर वैकल्पिक व्यवस्था गर्ने निर्णय गरेका छौं ।’ उनले भनिन्, ‘ प्रहरीको संरक्षण पनि आवश्यक पर्ने हुँदा पायक पर्ने ठाउँ खोजेर घर भाडामा लिएर सेफ हाउस स्थापना गर्छौ ।’

साथै सबै सरोकारवाला मिलेर एकै स्वरमा स्थायी ‘सेफ हाउस’का लागि आवाज उठाउने निर्णय समेत भएको उनको भनाई छ ।
बैठकमा वीरगञ्ज महानगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको प्रमुख रञ्जना पण्डितले जिल्लामा सेफ हाउस एकदमै जरुरी भएको बताइन् । १४ वटै पालिका, प्रदेश सरकार मिलेर सेफ हाउस निर्माण र सञ्चालन गर्नुपर्नेमा उनको जोड छ ।

एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) इन्चार्ज नर्स हेमा थापाले हिंसा पीडित महिलालाई न्यायका लागि कानूनी लडाई लड्न, इच्छ्याएको सीपमुलक तालिम दिन, व्यवसाय सञ्चालन गरी आत्मनिर्भर बनाउन ‘सेफ हाउस’ आवश्यक रहेको बताइन् ।
‘ हिंसा पीडित घर फर्केर जान सक्ने अवस्था हुँदैन, उनीहरुलाई सुरक्षित राख्न सेफ हाउस आवश्यक छ ।’ उनले भनिन्, ‘ हरेक ठाउँमा आवाज उठाउँछौं, आश्वासन पाउँछौं तर काम भईरहेको छैन ।’

कमाएर खान सक्ने भएपछि महिलाले हिंसा विरुद्ध लडेर खान सक्ने उनको भनाई छ ।
‘ आफन्त नेपालको चितवन आवास गृहमा गई १३ महिना सिलाईको सीप सिकेर आएका हिंसा पीडित महिला चिन्न नसक्ने भएर आएका छन्, पसल खोलिदिनुस म सञ्चालन गर्छु भन्छन् । अहिले ६ महिने एडभान्स कोर्ष गर्न पठाएका छौं ।’ उनले भनिन्, ‘तालिम लिएका हिंसा पीडितलाई समेटेर संस्थागत रुपमा अघि बढाउन सकिन्छ ।’

बैठकमा विद्यालयमा यौन तथा प्रजनन स्वास्थ्य शिक्षा नपढाउँदा समस्या भएकोबारे समेत छलफल भएको छ । विद्यालय पढ्दै गरेका किशोरी गर्भवती भएर गर्भपतनका लागि, परामर्शका लागि आउनु चिन्ताको विषय भएको उनीहरुको भनाई छ ।

स्वास्थ्य विषयको कोर्ष बुकमा भएको यौन तथा प्रजनन स्वास्थ्य र महिनावारीका पाठहरुलाई शिक्षकले कक्षामा नपढाउने गरेको दुखद अवस्था रहेको सहभागीले जानकारी गराएका छन् । त्यसले गर्दा विद्यालयमा अध्ययनरत किशोरीहरु गर्भवती हुने, गर्भपतन गराउने र आत्महत्यासम्म गरेका उदाहरण वीरगञ्जमा छन् ।

बैठकले विद्यालयमा यौन तथा प्रजनन स्वास्थ्यको पाठ अनिवार्य रुपमा अध्यापन गराउन दवाव दिने निर्णय समेत गरेको छ । जिम्मेवारी पाएका शिक्षकले नपढाएको अवस्थामा उनीहरुलाई कारबाही गर्नुपर्ने र नर्सिङ क्याम्पस, नारायणी अस्पताल जस्ता स्वास्थ्य सेवा र शिक्षा प्रदान गर्ने निकायसँगको समन्वयमा कक्षा सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा, महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक निता थापाले यौन तथा प्रजनन स्वास्थ्य बारे विद्यालय तहदेखि नै जानकार हुनु आवश्यक रहेको बताइन् । ‘ महिला हिंसाको जड नै यौन तथा प्रजनन स्वास्थ्य हो ।’ उनले भनिन्, ‘ विद्यालय तहमा यसबारे राम्रोसँग अध्यापन हुनुपर्छ, किशोरावस्थामा आउने शारीरिक र मानसिक परिवर्तन, महिनावारी, परिवार नियोजनका साधन लगायत बारे जानकारी गराउनुपर्छ ।’

टिपिओ नेपालकी मनोपरार्मकर्ता रञ्जु भण्डारीले यौन तथा प्रजनन स्वास्थ्य मानसिक समस्यासँग समेत जोडिने गरेको बताइन् ।

 

Previous Post

विपद व्यवस्थापनमा चेम्बरले सघाउने

Next Post

सरसफाई सम्झौता विरुद्ध परेको रिटमा उच्च अदालतले दिएन स्टे अर्डर

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.