esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

एक महिनामा अनुभूति हुनेगरि परिवर्तन हुन्छ : प्रजिअ गणेश अर्याल

ईसनेश ईसनेश
प्रकाशित २०८१ कार्तिक १४, बुधबार १६:२७ बजे
एक महिनामा अनुभूति हुनेगरि परिवर्तन हुन्छ : प्रजिअ गणेश अर्याल
284
SHARES
334
VIEWS

नेपालको मुख्य प्रवेशद्वार वीरगञ्ज– रक्सौल नाकामा सशस्त्र प्रहरी, नेपाल प्रहरीले छुट्टा छुट्टै स्थानमा चेकजाँच गर्ने गरेका छन् । प्रजिअ अर्यालले रुपन्देहीमा ‘एकीकृत चेकजाँच विन्दु’को स्थापना गरेका थिए । उनले पर्सामा पनि ‘एकीकृत चेकजाँच विन्दुको स्थापना गर्न प्रयास गर्ने बताए ।

वीरगञ्ज,
पर्सामा हालै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एक महिनाभित्र अनुभूति हुने परिवर्तन ल्याउने बताएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालय पर्सामा पर्सेली पत्रकारहरुसँग कुराकानी गर्दै उनले त्यस्तो बताएका हुन् । रुपन्देहीबाट पर्सा सरुवा भएर आएपछि पहिलोपटक पत्रकारहरुसँग भेटघाट गरेका अर्यालले आफ्नो नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सामा एक महिनाभित्र अनुभूत हुने परिवर्तन देखिने दावी गरेका हुन् ।

‘प्रशासन कार्यालयमा राखिएको वडापत्र पढेर बुझ्ने कति छन् ? पहिला त्यसमा सुधार गर्छु, लेखापढीको आवरणमा दलाली गर्ने प्रवृत्तिको अन्त्य गर्छु । राष्ट्रिय परिचयपत्रको निशुल्क फारम भर्ने व्यवस्था मिलाउनेछु ।’ उनले भने, ‘ एक महिना समय दिनुस सुशासनमा केहि परिवर्तन पाउनुहुन्छ ।’

आफूलाई अहिले स्वागत गर्नु नपर्ने भन्दै प्रजिअ अर्यालले भने ‘ अहिले स्वागत नगर्नुस, राम्रो काम गरेर देखाएँ र उचित लाग्यो भने जाँदा विदाई गर्नुहोला ।’

पत्रकारहरुले सीमा क्षेत्रमा पाँच ठाउँमा चेकजाँच हुँदा नागरिकले सास्ती खेप्नु परेको, जिल्ला प्रशासन कार्यालयमा नागरिकताको प्रतिलिपी लिन आउँदा हैरानी बेहोर्नु परेको, ईलाका प्रशासनको सेवा चुस्त दुरुस्त हुन नसक्दा ग्रामिण क्षेत्रका नागरिक सेवा लिन वीरगञ्ज नै धाउन बाध्य रहेको, प्रशासन कार्यालयमा रहेको विकृति, विकास निर्माणमा हुने ढिलासुस्ती लगायतका विषयमा सहभागी पत्रकारहरुले जिज्ञासा राखेका थिए ।

पत्रकारहरुले लगातार प्रश्न गरेपछि प्रजिअ अर्यालले पत्रकारलाई अहिले नै प्रश्न नगर्न आग्रह गरेका थिए । ‘परिचयात्मक कार्यक्रम हो, अहिले नै प्रश्नको कठघरामा नराखिदिनुस । एक महिना पछि सुधार भए नभएको बुझेर समाचार र सम्पादकीय लेख्नुस ।’ उनले भने ।

नेपालको मुख्य प्रवेशद्वार वीरगञ्ज– रक्सौल नाकामा सशस्त्र प्रहरी, नेपाल प्रहरीले छुट्टा छुट्टै स्थानमा चेकजाँच गर्ने गरेका छन् । प्रजिअ अर्यालले रुपन्देहीमा ‘एकीकृत चेकजाँच विन्दु’को स्थापना गरेका थिए । उनले पर्सामा पनि ‘एकीकृत चेकजाँच विन्दुको स्थापना गर्न प्रयास गर्ने बताए । ‘ सुरक्षा निकायसँग छलफल गर्न पाएको छैन, सुरक्षाको दृष्टिकोणले संभव हुन्छ भने पर्सामा पनि एकीकृत चेकजाँच विन्दु स्थापनाका पहल गर्छु ।’ उनले भने, ‘ सशस्त्र प्रहरी, नेपाल प्रहरी, ट्राफ्रिक प्रहरीका अधिकारीको नेतृत्वमा एउटै विन्दुमा चेकजाँच हुन्छ ।’

गुनासो व्यवस्थापन, सुशासनका लागि विकृति न्यूनीकरण, समन्वयको पाटोमा फरक ढंगले काम गर्ने प्रतिबद्धता उनले जनाए । विरूवा कन्स्ट्रक्सनलाई पटक पटक कारबाही गरेको उदाहरण दिँदै प्रजिअ अर्यालले भने ‘जनताको करबाट चलेको परियोजना अलपत्र पारिदैन ।’

समाजका विकृति विसँगतिलाई उजागर गर्नुको साथै सकारात्मक परिवर्तनलाई पनि मिडियामा ल्याइदिन उनले आग्रह गरे । पर्साका एसपी कुमोद ढुंगेलले प्रहरी कार्यालयमा सेवा लिन आउँदा कसैको हात समातेर वा बैशाखी टेकेर आउनु नपर्ने बताए ।

नेपाल पत्रकार महासंघका सचिव दिपेन्द्र चौहानले पत्रिकामा सूचना छापेर बजारमा नपठाउने प्रवृति बढेकोले जिल्ला प्रशासन कार्यालयमा समेत पत्रपत्रिका फायलिङ गरेर राख्ने प्रबन्ध मिलाउन आग्रह गरे ।

Tags: जिल्ला प्रशासन कार्यालय पर्साप्रजिअ गणेश अर्याल
Previous Post

सरसफाई सम्झौता विरुद्ध परेको रिटमा उच्च अदालतले दिएन स्टे अर्डर

Next Post

पर्साका सरकारी कार्यालयमा कर्मचारीको चरम लापरबाही

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.