esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै वार्ड

थारु समुदाय लाभान्वित हुने

ईसनेश ईसनेश
प्रकाशित २०८१ मंसिर २, आईतवार १९:५४ बजे
1
SHARES
1
VIEWS

काठमाडौं
थारु समुदायको प्रमुख स्वास्थ्य समस्या सिकलसेलको उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै वार्ड स्थापना गरिएको छ । आइतबारबाट प्रतिष्ठानमा भर्ना हुनेका लागि १० बेड र दिवा उपचारका लागि ५ बेडसहितको वार्ड स्थापना गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्तिक २० गते मन्त्रीस्तरीय निर्णय गर्दै भेरि अस्पताल नेपालगञ्जमा छुट्टै वार्ड स्थापना गर्न लगाएका थिए । थारुबहुल क्षेत्र दाङको घोराहीमासमेत सिकलसेल उपचारका लागि बेग्लै वार्ड स्थापना गरिएको प्रतिष्ठानका उपकुलपति विकास लामिछानेले जानकारी दिए । यसअघि दिउँसो मात्र उपचार गर्ने गरिएकामा भर्नाका लागि पर्याप्त व्यवस्था गरिएकाले अब प्रतिष्ठानबाट उपचार सहज हुने उपकुलपति लामिछानले जानकारी दिए ।

थारु समुदायकै प्रमुख स्वास्थ्य समस्यासँग जुध्नका लागि आवश्यक सबै विकल्प अपनाउनुपर्नेमा मन्त्री पौडेलले जोड दिँदै आएका छन् ।
यससँगै थारु समुदायमा वंशाणुगत समस्याका रुपमा रहेको सिकलसेल उपचारका लागि उनीहरुको बसोबास रहेका प्रमुख क्षेत्रमा छुट्टै वार्ड स्थापनापछि थारु समुदाय हर्षित भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार सिकलसेलबाट थारु समुदायका झण्डै १२ प्रतिशत नागरिक प्रभावित छन् ।

औषधी निःशुल्क उपलब्ध गराउने तयारी

स्वास्थ्य मन्त्रालयले सिकलसेलको उपचारका लागि आवश्यक पर्ने औषधि समेत निःशुल्क उपलब्ध गराउने गरि तयारी गरिरहेको छ । स्वास्थ्य मन्त्री पौडेलले सिकलसेलको औषधीसमेत निःशुल्क उपलब्ध गराउने गरी तयारी भैरहेको बताउँदै आएका छन् ।

विपन्न समुदायका नागरिक धेरै प्रभावित भएको सिकलसेलका लागि औषधी नै उपलब्ध गराउने योजनाअन्र्तगत काम भैरहेको उनी बताउँछन् ।हाल लाक्षणिक आधारमा सिकलसेलको उपचार हुँदै आइरहेको छ ।

औषधी वितरण गर्ने स्वास्थ्य मन्त्रालयको योजनालाई समर्थन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सिकलसेलको औषधी निःशुल्क हुने बताएका थिए ।

 

 

Previous Post

पर्साका सरकारी कार्यालयमा कर्मचारीको चरम लापरबाही

Next Post

सिमान्तकृत समुदायको जीविकोपार्जनका लागि मिलेर काम गर्ने प्रतिबद्धता

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.