esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

गोरखामा साक्षरता तथा बालिका शिक्षा कार्यक्रमको समिक्षा

ईसनेश ईसनेश
प्रकाशित २०८१ पुष १६, मंगलवार १४:११ बजे
गोरखामा साक्षरता तथा बालिका शिक्षा कार्यक्रमको समिक्षा
0
SHARES
0
VIEWS

काठमाडौं

साक्षरता तथा बालिका शिक्षा कार्यक्रमको बार्षिक समिक्षा गरिएको छ । कार्यक्रम अन्र्तगत सन् २०२४ मा भएका कामहरुको बारेमा समिक्षा गरिएको हो ।

रूम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग, एकिकरण नेपाल गोरखाको व्यवस्थापनमा स्थानीय सरकारहरुसँगको समन्वय र सहकार्यमा गोरखा जिल्लामा साक्षरता तथा बालिका शिक्षा कार्यक्रम सञ्चालनमा छ ।

त्यसअवसरमा सन् २०२४ मा गरिएका कार्यक्रमहरु, त्यसबाट हाँसिल भएका उपलब्धिहरु, असल अभ्यासहरु, सामना गरिएका चुनौतिहरु, समाधानका लागि गरिएका प्रयासहरू र कार्यक्रमको दिगोपनका लागि चालिएका कदमहरुको बारेमा समिक्षा गरिएको थियो ।

कार्यक्रममा सामाजिक परिचालक तथा साक्षरता सहजकर्ताहरुले नमुना प्रदर्शन, गीत, कविताका साथै प्रोजेक्टर मार्फत प्रस्तुती गरेका थिए । कार्यक्रममा बालिका शिक्षा कार्यक्रम अन्र्तगत गोरखाका पालुङटार, गोरखा नगरपालिका र सिरानचोक, भिमसेनथापा गाउँपालिकाका १९ वटा विद्यालयमा जीवन उपयोगी सीप कक्षाहरु तथा सामूहिक मेन्टोरिङ सेसनहरु निरन्तर चलिरहको छ । ती क्रियाकलापहरुबाट १०४५ जना बालिका लाभान्वित भएका छन् ।

अभिभावक कार्यशाला, विश्व वातावरण दिवस, अन्र्तराष्ट्रिय बालिका दिवसमा विभिन्न प्रतियोगिता गरिएका छन् । यसबाट १२० जना बालिका नेतृत्वदायी भूमिकामा देखिएको एकिकरण नेपाल गोरखाका कार्यक्रमका अधिकृत उमेश विश्वकर्माले जानकारी दिए ।

साक्षरता कार्यक्रम अन्र्तगत गोरखाका शहिद लखन, अजिरकोट, बारपाक सुलिकोट, सिरानचोक, भिमसेनथापा, गण्डकी गाउँपालिकाको साथसाथै गोरखा, पालुङटार नगरपालिकाका १५० विद्यालयमा पुस्तकालय स्थापना गरिएका छन् । ती पुस्तकालयबाट एक जना विद्यार्थीले एक बर्षमा औसत ३३ ओटा पुस्तक अध्ययन गरेको पाइएको छ ।

यस वर्ष पुस्तकालय व्यवस्थापन सम्बन्धी ८६ जना, पुस्तकालय गतिविधि सम्बन्धी १२६ जना र नेपाली भाषा शिक्षण सम्बन्धी ३७९ जना शिक्षकहरुले विभिन्न चरणमा तालिम प्राप्त गरेका छन् । थप २० ओटा विद्यालयहरुमा कक्षा ३ मा पनि कार्यक्रमको परीक्षण सुरू गरिएको साक्षरता कार्यक्रम अधिकृत होम बहादुर थापाले बताए ।

एकिकरण नेपाल गोरखाका कार्यकारी निर्देशक हरी देवकोटाले सन् २०२४ मा भएका कार्यले निकै उत्साह थपेको बताए । उनले कायक्रमलाई अझ बढि समुदाय केन्द्रित बनाउँदै लैजानुका साथै अन्य पालिकामा समेत विस्तार गर्न आवश्यक रहेको बताए । उनले त्यसका लागि संस्थाले रणनीतिक योजना तय गरेर अघि बढ्ने उनको भनाई छ ।

रूम टु रिड का बरिष्ठ फिल्ड कार्यक्रम व्यवस्थापक शुशिल तिम्सिनाले सन् २०२४ मा फलदायी काम भएको बताउँदै नयाँ वर्ष २०२५ अझ प्रभावकारी ढंगले काम हुने विश्वास व्यक्त गरे ।

समिक्षा कार्यक्रममा रूम टु रिडको बरिष्ठ फिल्ड कार्यक्रम व्यवस्थापक सुशिल तिम्सिना, अन्य कर्मचारीहरु तथा एकिकरण नेपाल गोरखाको परियोजनामा आबद्ध कमचारीहरु सहभागी थिए । एकिकरण नेपाल गोरखाको अध्यक्ष मिलनसिंह बस्नेतको अध्यक्षतामा समिक्षा कार्यक्रम भएको थियो ।

Previous Post

अंग दान गर्नेको परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्रालयको निर्णय

Next Post

हरियो खुर्सानीको बोराभित्र लागू औषध

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.