लागू औषधलाई नाका कटाउनका लागि तस्करहरुले विभिन्न तौर तरिका अपनाउने गर्दछन् । नेपाली सीमा क्षेत्रमा चेकजाँचका लागि बसेका सुरक्षाकर्मीको आँखा छल्न नयाँ नयाँ तरिका प्रयोग भइरहेको हुन्छ । सोही क्रममा पछिल्लो पटक एक युवकले खुर्सानीको बोरा भित्र लागू औषध लुकाएर ल्याएको पाइएको छ ।
वीरगञ्ज
वीरगञ्जमा लागू औषध ओसार पसारका विभिन्न रुप देख्न सकिन्छ । छिमेकी मूलुक भारतको रक्सौल तथा आसपासका क्षेत्रमा गएर तयारी लागू औषध बोकेर युवक नेपाल पस्ने गर्दछन् । यसरी ल्याइएका लागू औषध हेटौंडा, नारायणघाट मात्रै नभएर काठमाडौं पनि पुग्ने गरेको छ ।
लागू औषधलाई नाका कटाउनका लागि तस्करहरुले विभिन्न तौर तरिका अपनाउने गर्दछन् । नेपाली सीमा क्षेत्रमा चेकजाँचका लागि बसेका सुरक्षाकर्मीको आँखा छल्न नयाँ नयाँ तरिका प्रयोग भइरहेको हुन्छ । सोही क्रममा पछिल्लो पटक एक युवकले खुर्सानीको बोरा भित्र लागू औषध लुकाएर ल्याएको पाइएको छ ।
वीरगञ्ज महानगरपालिका –१६ भन्सार ईलाकामा चेकजाँचका क्रममा पुस १५ गते सशस्त्र प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जसको साथबाट विभिन्न किसिमका लागू औषध बरामद भएको छ । पर्साको बहुदरमाई नगरपालिका– नगरदाह बस्ने ३६ वर्षीय मिश्री राम पक्राउ परेका हुन् । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जको टोलीले मिश्री रामलाई पक्राउ गरेको हो ।
भारतबाट पैदल आउँदै गरेका उनको टाउकोमा बोरा थियो । बोरामा उनले हरियो खुर्सानी रहेको बताएका थिए । तर चेकजाँचको क्रममा हरियो खुर्सानीको बोराभित्र लुकाएर राखिएको डाईजापाम ४ सय ९० एम्पुल, बुप्रेनोर्फिन ४ सय ९९ एम्पुल, नोफिन २ सय ९७ एम्पुल र प्रोमाथाजिन हाईड्रोक्लोराईड ईन्जेक्सन ४ सय ९७ एम्पुल भेटिएको सशस्त्र प्रहरीले जनाएको छ । यी सबै प्रतिबन्धित लागू औषध हुन् ।
मिश्री रामलाई बरामद गरिएको लागु औषध सहित आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सालाई बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।
मानिसमा लत सिर्जना गरी दुव्र्यसनी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा औषध हो । सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागु पदार्थ भनिन्छ ।यस्ता पदार्थले मानिसको केन्द्रिय स्नायू प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाईमा परिवर्तन ल्याउँदछ ।
कानूनद्वारा निषेधित गाँजा, अफिम हिरोइन मर्फिन कोकिन आदि अवैध लागु औषध हो भने सूर्तिजन्य पदार्थ र मदिरा कानूनद्वारा नियन्त्रित लागु पदार्थ हो । विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरिरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनि परिभाषित गरेको छ ।
Discussion about this post