esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

राक्सिराङ्ग गाउँपालिकाका प्रवक्ता भन्छन्, गाजालाई कि वैधानिकता देउ, कि विकल्प देउ

ईसनेश ईसनेश
प्रकाशित २०८१ पुष २१, आईतवार १५:३४ बजे
राक्सिराङ्ग गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता हरि बहादुर प्रजा
0
SHARES
0
VIEWS

मकवानपुर जिल्लाको पश्चिमी उत्तर भेगका साविकका ४ वटा गाउँ विकास समितिहरु (राक्सिराङ्ग, काँकडा, खैराङ्ग र सरिखेत) लाई समेटेर राक्सिराङ्ग गाउँपालिका गठन भएको हो । यो पालिकामा आदिवासी एवं अल्पसंख्यक चेपाङ समुदायको बाहुल्यता छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार राक्सिराङ्गमा २५ हजार ९ सय ६६ जनसंख्या रहेकोमा ४६.२५ प्रतिशत तामाङ र ४३.९६ प्रतिशत चेपाङ प्रजा समुदायको बसोबास छ । यो पृथक सभ्यता, संस्कृति र सम्भावनाको भूमि हो । जल, जंगल, जमीन, जडिबुटि राक्सिङ्गको अमूल्य निधि हुन् । सोही राक्सिराङ्ग गाउँपालिका वडा न. ५ का वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता हरि बहादुर प्रजासँग पत्रकार सुरेश बिडारीले वडा र पालिकाको विविध विषयमा कुराकानी गरेका छन् ।

जनप्रतिनीधि हुँदा र सामान्य मानिस हुँदा के फरक हुँदो रहेछ ?

सामान्य मानिस हुँदा अरुलाई प्रश्न गर्न सकिन्थ्यो, अहिले जवाफ दिनुपर्ने ठाउँमा छु, अरुले प्रश्न गर्छन् । सामान्य मानिस हुँदा खुल्ला रुपले काम गर्न सकिन्थ्यो, जनप्रतिनीधि भएपछि धेरै कुरामा जोगिएर काम गर्नुपर्छ । एक दिन वडा नजाँदा पनि जनगुनासो आउँछ । पहिला जहाँ गएपनि खासै वास्ता गर्दैनथे ।

तपाईको वडामा आउन बाटोको समस्या रहेछ नी ?

म जनप्रतिनीधि हुनु अघि यो डाठेचुरी गाउँमा एउटा पनि बाटो थिएन, अहिले पाँचवटा बाटो प्रयोग गर्न पाईरहेका छौं । खानेपानीको अभाव निकै थियो, ड्यूको बोतल बोकेर कुवामा घण्टौं लाइन बस्नुपर्दथ्यो । तर अहिले दैनिक दुई घण्टा खानेपानी दिन सकेका छौं । गाउँपालिका र आर आर एनसँगको सहकार्यमा १९ लाखको खानेपानी योजनामा काम भईरहेको छ । यो योजना सम्पन्न भईसकेपछि प्रयाप्त पानी दिन सकिन्छ ।

स्वास्थ्य उपचारका लागि घण्टौं लगाएर मनहरी, हेटौंडा, भरतपुर जानुपर्ने अवस्थाको अन्त्य भएको छ । समयमा सही उपचार नपाएरअकालमा मृत्युवरण गर्नुपर्ने अवस्था थियो । कमसेकम यहाँ प्राथमिक उपचार गरेर अन्यत्र रिफर गर्दा ज्यान बचाउन सक्ने अवस्था बनेको छ । मैले २६ कठ्ठा ७ धुर जग्गा दिएँ । दुई करोडको अस्पताल भवन बन्यो, अस्पतालबाट आम जनताले सेवा पाइरहनुभएको छ । आइसोलेसन भवन बन्दैछ, पानी जाँच्ने ल्याब पनि बनेको छ । अर्को १० करोडको लागतमा छुट्टै अस्पताल पनि बन्दैछ । विकास भनेको बाटो बनाउनु मात्रै हैन नी ।

तपाइको वडामा हिउँदमा कुवामा पानी लिन जानुपर्ने बाध्यता रहेछ । पानीको समस्या समाधान गर्न के गर्दै हुनुहुन्छ ?

मुहान अभाव हुँदा पानीको समस्या समाधान गर्न नसकिएको हो । राक्सिराङ गाउँपालिका–३ घट्टेखोलाबाट पानी ल्याएर खानुपर्ने स्थिति थियो । तर अहिले नजिकैको सानो मुहानको पानीलाई संकलन गरेका छौं, २०/२० हजारको दुई वटा ट्याङ्कीमा जम्मा हुन्छ । एउटा ट्याङ्कीको पानी अस्पतालका लागि प्रयोग गर्छौ, किनकी यो सबैको साझा सम्पत्ती हो, स्वास्थ्य सेवा लिन जाँदा प्रयोग हुन्छ । विरामी भएर जाँदा स्वास्थ्य उपचार पाउँछौं । ठाडेचुरीको ३७ घरधुरीमै धारा छ, तर दैनिक २ घण्टा मात्रै पानी दिन सकेका छौं । मान्छेलाई खान भन्दा बस्तुभाउलाई खुवाउन, लुगा धुनका लागि बढी पानी लाग्छ । कम्तीमा त्यसका लागि पानी बोक्न नपरोस भन्ने छ । जसरी हुन्छ २४ अ‍ैं घण्टा पानी दिने प्रयासमा छौं ।

वडामा १० वटा टोल विकास संस्था छ, ५४० घरधुरी छ । कुनै टोलमा ५०, कुनैमा ६० घरधुरी छ । कति घरधुरीमा खानेपानी सेवा पुगेको छ ? कति घरधुरीमा बाँकी छ ? भनेर प्रतिवेदन तयार पारिसकेका छौं । प्रतिवेदनका आधारमा आवश्यकता अनुसार खानेपानीे समस्या समाधान गर्न योजना बनाएर कार्यान्वयन गर्नेछौं ।

चैनपुरबाट पालिका आउन बाटोको समस्या रहेछ नी ?

भौगोलिक विकटताले गर्दा बाटो घाटो राम्रो बनाउन सकिएको छैन । जिर्खे खोलामा पुल नहुँदा वर्षायाममा सवारी साधन चलाउन समस्या छ । । तर अब त्यो खोलामा २ करोडको पुल निर्माण हुँदैछ ।

जिर्खे खोला : जहाँ पुल नबन्दा वर्षायाममा आम जनतालाई आवतजावतका लागि निकै सास्ती हुने गरेको छ ।

राक्सिराङ्ग गाउँपालिका पुरै तामाङ र चेपाङ समुदायको बाहुल्यता भएको ठाउँ हो । यो समुदाय आर्थिक र सामाजिक रुपले विपन्न छन् । आवश्यक ठाउँमा बोल्न नसक्ने, आफ्नो कुराहरु सम्बन्धित निकायमा राख्न नसक्ने स्थिति थियो । कुराहरु केन्द्रसम्म पुग्दैनथ्यो । स्थानीय सरकार आएपछि बाटोघाटोको अलिकति सुविधा भएपछि थोरै सहज भएको छ ।

नत्र हामीले जुत्ता लगाउने भनेको मनहरी पुगेपछि मात्रै हो । खाली खुट्टाले खोला तर्दै जानुपर्ने अवस्था थियो । १२ अ‍ैं महिना नसकेपनि ९ महिना बाटोको प्रयोग गर्दै आएका छौं । तर अब राक्सिराङबासीले सडक पूर्वाधार १२ अ‍ैं महिना कसरी प्रयोग गर्न सक्ने वातावरण बनाउने भनेर प्रयास गरिरहेका छौं । सबै वडामा सडक पुग्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।

पलिकामा बालबालिकाले विद्यालय छोड्ने दर बढी रहेछ, यो समस्या समाधानका लागि पालिकाले के गर्दैछ ?

आर्थिक स्थिति कमजोर भएका कारण बालबालिकाको पढाईमा समस्या छ । ५,६,७ कक्षासम्म घर परिवारले जसरी पनि पढाउँछ । ठूलो कक्षा भएपछि हरेक कुरामा खर्च बढेर जान्छ । परिवारको आर्थिक अवस्थाले थेग्न नसकेपछि छोराछोरीलाई पढाउँदैनन् ।
पालिकामा ६ वटा माध्यमिक सहित ५३ वटा विद्यालय छ । शिक्षामा सुधारका लागि के गर्न सकिन्छ ? भनेर हामी लागि परेका छौं । प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई बोलाएर छलफल गरेका छौं । समस्या पहिचान भईसकेको छ, अब योजना बनाएर समस्या समाधान गर्छौ ।

२५/२६ वर्षका महिलाको ५/६ वटा बच्चा हुने, परिवार नियोजनको साधन प्रयोग नगर्ने रहेछन् । पालिकामा बाल विवाहको समस्या जटिल रहेछ नी ?

हो, हामीकहाँ बाल विवाह जटिल समस्याको रुपमा छ । बाल विवाह हुनुको मुख्य कारण गरिबी, अशिक्षा, चेतनाको कमी रहेछ । विद्यालय स्तरमा बालविवाह विरुद्ध अभियान चलाएका छौं । पालिकामा काम गर्न इच्छा देखाएर सूचीकृत हुन आएका संघ संस्थालाई पनि विद्यालयमा बाल विवाह विरुद्ध कार्यक्रम गर्न भनेका छौं ।

उमेर नपुग्दै विवाह गरेका ५ जोडी बालबालिकालाई छुटाएर अभिभावकको जिम्मा लगाईदिएका छौं । कमै उमेरमा भागेर विवाह गर्ने समस्या छ, प्रहरी लगाएर खोजतलास गरेर ल्याउनुपर्ने स्थिति हुन्छ । सम्झाई बुझाई गरेर पढ्दै गरेका बालबालिकालाई पढाईमा के कस्तो सहयोग गर्न सकिन्छ भनेर सहयोग गरेका पनि छौं । विद्यालयहरुमा बाल समूह छ, उनीहरुले पनि बाल विवाह हुन लागेको छ भने सूचना दिन्छन् ।
वडा अध्यक्ष भइसकेपछि आफूलाई सन्तुष्टी हुने के काम गर्नुभयो ?

आफूले गरेका सबै काममा मैले सन्तुष्टी लिएको छु । जन उत्तरदायी भएर काम गरेको छु तर जस नपाउने स्थिति छ ।

किन त्यस्तो हुने रहेछ ?

मानवीय स्वभाव नै त्यस्तो रहेछ । हामीले कसैलाई एक पटकका लागि १० लाख रुपैयाँ दियौं, तर अर्को पटक उसले माग्दा दिन सकेनौं भने जस दिँदैनन् । कुनै गाउँमा एउटा योजना हाल्छौं, क्षेत्रफल ठूलो छ । भौगोलिक विकटताले तराईमा ५ लाखले बन्ने बाटोमा यहाँ ५० लाख रुपैयाँ लाग्छ ।

सिमित योजना हुन्छ, पालैपालो गरेर योजना बाँडफाँड गर्नुपर्ने हुन्छ । एउटा गाउँलाई दियो भने अर्कोलाई थाँती राख्नुपर्ने हुन्छ, जुन गाउँले योजना पाउँदैन, उनीहरु असन्तुष्ट भईहाल्छन् । आफ्नो कर्तव्य के हो ? भनेर भुल्नु हुँदैन रहेछ । चित्त बुझाउन सक्ने अवस्था भने रहँदैन ।

गरिबी, अशिक्षा, बाल विवाह जस्ता समस्या छ भनेर जनप्रतिनीधि टुलुटुलु हेरेर बस्नुपनि भएन, समाधानका लागि के के गरिरहनुभएको छ ?

खाद्य सुरक्षा र खाद्य सम्प्रभुताका लागि कार्यविधि बनाएका छौं । यस मार्फत ‘एक टोल एक उत्पादन’ कार्यक्रम लागु गर्दैैछौं । राक्सिराङ्गमा उत्पादन भएका कुरालाई राक्सिराङ्गमा नै प्रयोग गरौं भन्ने लक्ष्य छ । राक्सिराङ्गको जिर्खे डाँडामा उत्पादन भएको मास हामीले मनहरीमा गएर किन्नुपर्ने स्थिति छ । त्यसलाई राक्सिराङ्गमै कसरी प्रयोग गर्ने त ? त्यसका लागि हामीले प्रत्यके वडामा संकलन केन्द्र बनाउँदैछौं । वडा नं ८ को देवीटारमा संकलन केन्द्र बनिसकेको छ ।

पालिकामा उत्पादन भएका खाद्य सामाग्रीलाई संकलन केन्द्रमा राख्ने, समुदायले आवश्यकता अनुसार खरिद गरेर लगिसकेपछि बाँकी मात्रै अन्यत्र बिक्रि गर्ने भनेर योजना बनाएका छौं । नजिकै सही मुल्य पाउँछ, विचौलियाले खान पाउँदैन । उत्पादनमा जाँगर बढ्छ ।

बन्किम भन्ने डाँडामा २० औं क्विन्टल अदुवा उत्पादन हुन्छ । तर २५० रुपैयाँ किलोमा बिउ किनेर ल्याएको अदुवा ५० रुपैयाँ किलोमा बिक्रि गनुपर्ने बाध्यता छ । एक वर्ष त १०\१५ रुपैयाँ किलोमा बिक्रि गर्नुपर्ने बाध्यता आयो । निराश भएर उनीहरुले अदुवा लगाउनै छोडिसके । अदुवा संकलन केन्द्र बनाएर मुल्य निर्धारण गरिदिने हो भने उनीहरु उत्साहित भएर अदुवा लगाउँछन भन्ने विश्वास छ । खाद्यान्नमा आत्मनिर्भरता र किसानमा जोस जाँगर बढ्छ । प्रोत्साहन मिल्छ ।

आफूले उत्पादन गरेको सामाग्री खाएर बचेको छर छिमेकलाई बाँड्ने चलन थियो । आर्थिक उपार्जन भएन । खानलाई उत्पादन गरेपछि पुग्छ भन्ने हुँने रहेछ । संकलन केन्द्र बनिसकेपछि बिक्रि गर्न पाउँछन् । अहिले हाटबजारले अलिकति टेवा दिएको छ । पुस १५ गतेदेखि पून हाट बजार लाग्न थालिसकेको छ । हाट बजार लाग्दा स्थानीयले स्थानीय स्तरमा उत्पादित सामाग्री लगेर बिक्रि गर्न पाईरहेका छन् ।

हाट बजारले कस्तो फाईदा दिएको छ ?

हाट बजारले विभिन्न किसिमको फाईदा दिएको छ । राक्सिराङ्गमा १ गते र १५ गते हाटबजार लाग्छ । वडा अनुसार पालै पालो हाट लगाउने गरेका छौं । साथमा साँस्कृतिक कार्यक्रम पनि हुन्छ । जस्तो हाट लगाउने पालो वडा नं ५ नं को प¥यो र उसको साँस्कृतिक कार्यक्रम ९ वटै वडाका बासिन्दा र बाहिरबाट आएका मानिसले हेर्छन् ।

सबै वडाका बासिन्दाले उत्पादन भएको सामाग्री बिक्रि गर्न पाए र सबैले खरिद गर्न पाउने भए । कार्यक्रमले गर्दा मानिसहरुको भिड हुने भयो, गाउँपालिकामा उत्पादन भएको सामाग्री सबैले किन्न पाउने भए । एकातिर स्थानीय लोक सँस्कृतिको जर्गेना रक्षा हुने भयो, अर्कोतिर आत्मनिर्भरताका लागि स्थानीय उत्पादन बिक्रि गर्न पायो । स्थानीय उत्पादन सबैले खान पायो । हिजोको दिनमा डोको नाम्लो नबुन्ने मान्छेले हाटका लागि भनेर बुन्न थाले, तरकारी उत्पादन नगर्ने मान्छेले तरकारी उत्पादन गर्न थाले, बंगुर, सुंगुर कुखुरा नापालेको मान्छेले आज पाल्न थाले । जनतामा जोश जाँगर पलाएको छ ।

गाउँपालिकामा खोरिया खेती गर्ने चलन रहेछ ? वन र जमिन संरक्षणका हिसाबले यस्तो खेतीलाई राम्रो मानिदैन, यसको न्युनिकरण गर्नका लागि के गर्दै हुनुहुन्छ ?

खोरिया खेती न्युनीकरणका लागि वृक्षारोपण कार्यक्रमहरु प्रत्येक वर्ष गर्छौ, सामुदायिक वनसँग क्षेत्रफल माग्छौं ।

जंगल क्षेत्र र खाली भाग कति छ सोध्छौं । खाली भागमा वृक्षारोपण गर्न प्रोत्साहित गर्छौ । यसपाली वडा नं ५ ले पनि २ लाख रुपैयाँ वृक्षारोपणका लागि बजेट राखेको छ । वन आफैंले पनि वृक्षारोपणमा लगानी गर्छ, कबुलियती वन छ ।

खोरिया खेतीलाई कसरी रोक लगाउन सकिन्छ भनेर प्रयास गरिरहेका छौ्रं । कसैको जग्गा नै छैन, खोरिया खेती गर्नैपर्छ भने अमृसो घेरा लगाउन प्रोत्साहन गरेका छौं । अमृसो लगाउँदा बाढी पहिरोबाट हुने क्षति पनि रोक्ने अमृसो बेचेर फाईदा लिन सकिने रहेछ ।

राक्सिराङ्गमा हुने गाजा खेतीको विषयमा तपाईको धारणा के हो ?

राज्यले अपराध मानेपनि राक्सिराङ्गमा गाँजा लगाउँछन् । खेती लगाएर धेरैको आर्थिक उन्नती भएको छ । भिमफेदी जेलमा तामाङ र चेपाङ बढी छन् । राक्सिराङ्गका नै बढी छन् । प्रहरीले आएर गाजा फाँड्छ तर गाजा लगाउने मानिसलाई कहिल्यैपनि हिरासतमा लिएको छैन । गाजा बिक्रि गर्नुप¥यो, किन्ने मानिस बाहिरबाट आउँछन् र यहाँको मानिसलाई बोकाउँछन् ।

File Pic

गाजा लगाएको र व्यापार गरेको कारणले भन्दापनि भरियाको रुपमा जेलमा परेका छन् । कलिला बालकले पनि बोकिदिन्छन्, किनकी उनीहरुलाई कपी कलम किताब किन्न पैसा चाहियो । उच्च शिक्षा लिँदै गरेका धेरै केटाहरु जेल परेका छन् । एक पटकमा १० हजार पाउँछ भनेपछि उनीहरु जान्छन् ।

गाजा खेतीलाई कानूनी मान्यता दिनुपर्छ भन्ने मान्यता हो तपाईहरुको ?

गाजा खेतीलाई वैधता देउ, हैन भने विकल्प देउ भनेर हामीले बारम्बार भनेका छौं । वैधता पनि नदिने, विकल्प दिन पनि नसक्ने ? राज्यले कानमा कपास हालेर बसेको छ । वैधता दिएपछि कानूनी रुपमा ‘लाइसेन्स’ लिएर मात्रै खेती गर्न पाउँनुपर्छ । बिक्रि वितरण अन्यत्र नै गर्नुपर्छ, त्यसलाई व्यवस्थित गर्नुपर्छ । प्रशोधन गर्न सक्ने क्षमता नेपालमै हुनुपर्छ भन्ने मान्यता हाम्रो हो ।

अन्त्यमा तपाइको पालिकामा राष्ट्रिय जन वकालत मञ्च (नाफान) संस्थाले के कस्तो काम गरेको छ बताइदिनुस न ?

पूर्वाधारको काम त जसले पनि गर्छ तर मानिसमा सचेतना जगाउनु मुख्य कुरा हो । नाफान संस्थाले सुधारिएको चुल्हो बनाईएिको छ, जैविक मल बनाउने तालिम दिएको छ । ड्यू, चाउ चाउ पत्रु खानालाई प्रयोग नगरौं, गाउँमा उत्पादन गर्न सकिने भटमास, मास, मकै, चनाको पिठोको सातु खान सक्छौं । यसले हाम्रो स्वास्थ्यमा पनि राम्रो ग¥यो । यस्तो खाना प्रयोग नगरौं है भनेर सिकायो ।

अहिले मेरो वडामा ड्यूको बोतल विरलै देखिन्छ, बियरको बोतल कम देखिन्छ । पूर्वाधारको कुराले मात्रै भएर पुग्दैन, सचेतना कुरा सबभन्दा ठूलो कुरा हो । मैले यो गर्न हुँदैन है भन्ने चेतना हुनुपर्छ । नाफानले त्यसमा सघाएको छ ।

नाफानले वन वातावरणको क्षेत्रमा काम गरेको छ । सुुधारिएको चुल्हा वातावरण संरक्षणको लागि नै हो । यसले दाउरा खपत घटाउँछ । अर्को महिलाको स्वास्थ्यसँग पनि सम्बन्धित छ ।

वन जोगाउन नाफानले योगदान दिएको छ । वन समितिले माग गरेको विरुवा दिएर वृक्षारोपणका लागि प्रोत्साहन गरेको छ । मैले यो ठाउँका लागि चिउरी माग गरेको छु । दिन्छु भनेका छन् ।

परम्परागत भाषा, कला, सँस्कृति, भेषभुषा संरक्षण गरौं है भनेर नाफानले काम गरेको छ । हाटबजार नाफानको संयोजकत्वमा सञ्चालनमा आएको हो । ठूलो ठूलो कुराहरु हेर्छौ, सानो सानो कुराले काल निम्त्याईरहेका हुन्छौं, त्यो गर्नुहुन्न रहेछ भनेर नाफानले सिकाएको छ ।

स्थानीय उत्पादनलाई ब्राण्ड गरौं, ड्यू स्लो पोइजन पनि हो । स्थानीय उत्पादनले पोष्टिकतत्व दिन्छ । ड्यूको विकल्प आएको छैन, विकल्प दिनका लागि कुनै ब्राण्ड नै गर्नुपर्छ, ठाडेचुरी क्षेत्रमा कोदो हुन्छ, कोदोको ब्राण्ड बनाउन सकिन्छ । दही, मोही खान सकिन्छ । वडा नं ९ मा भैंसी र ३ नं मा गाई वितरण गरेका छौं । पशुपालनबाट उत्पादन हुने दही,मोही घ्यू कमसेकम गाउँलेले किनेर खान्छन् । दही मोही घ्यू नभएको कारणले गाउँमा मानिसहरुले ड्यू खान थालेका हुन् । शुरु शुरुमा पाहुना आए्पछि जाँड दिने चलन थियो, तर क्रिश्चियन भइसकेपछि ड्यू दिने चलन चल्यो ।

नाफानले अपांगता भएका व्यक्तिहरुको आय आर्जनका लागि सहयोग गरेको छ । पालिकाले गर्नुपर्ने तर गर्न नसकेका विभिन्न कार्यहरुमा नाफानले साथ दिएको छ ।

Tags: नाफानराक्सिराङ्ग गाउँपालिका
Previous Post

एक वर्षमा प्रेस स्वतन्त्रता हननका ६० घटना

Next Post

‘ड्यू कल्चर’को दलदलमा चेपाङ समुदाय

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.