esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

पाठ्यक्रममा स्वास्थ्य सचेतनाका विषय परिमार्जन गर्ने बारे छलफल

विज्ञ समूह बनाउन स्वास्थ्य मन्त्री पौडेलको आग्रह

ईसनेश ईसनेश
प्रकाशित २०८१ पुष २४, बुधबार १९:४० बजे
पाठ्यक्रममा स्वास्थ्य सचेतनाका विषय परिमार्जन गर्ने बारे छलफल
0
SHARES
0
VIEWS

काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विद्यालय पाठ्यक्रममा स्वास्थ्य जनचेतनाका विषय परिमार्जन गर्न अग्रसर देखिएका छन् । उनले यसबारेमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईसँग छलफल गरेका छन् ।

छलफलमा मन्त्री पौडेलले विद्यालय तहमा रहेका स्वास्थ्य सम्बन्धी विषय परिमार्जनका लागि विज्ञ समिति बनाएर काम अघि बढाउन आवश्यक रहेको बताए ।

नसर्ने रोग बढ्दै गएकाले रोकथामका लागि विद्यालय तहबाटै सचेतना जगाउन प्रभावकारी सामाग्री पाठ्यपुस्तकमा समेटनुपर्नेमा जोड दिए । स्तरीय सामग्री तयार पार्न पाठ्यक्रम विकास केन्द्रलाई आवश्यक सहयोगका लागि मन्त्रालय तयार रहेको उनको भनाई छ ।

उनले पाठ्यक्रममा स्वस्थ खानपिन तथा मादक पदार्थविरुद्धका सचेतनामूलक सन्देश राख्न जरुरी देखिएको बताए । मन्त्री पौडेलले विद्यालय तहमा स्वास्थ्य विषय अध्ययन गरेकाको सम्बन्ध उच्च शिक्षामा पनि जोड्नुपर्ने आवश्यकता औंल्याए ।

‘नर्सिङ, पब्लिक हेल्थ वा कुन विषयसँग जोड्न सकिन्छ, त्यसका लागि आवश्यक छलफल, परामर्श गरौं ।’ उनले भने, ‘ निरोधात्मक क्षेत्रमा काम गर्ने जनशक्ति उत्पादनमा विद्यालय शिक्षालाई जोडौं ।’

पाठ्यम परिमार्जन गर्न दुवै मन्त्रालयको संयुक्त समूह बनाउन मन्त्री पौडेलले गरेको प्रस्तावमा मन्त्री भट्टराईले सकारात्मक प्रतिक्रिया दिएकी छन् । ‘आवश्यक विषयमा सहकार्य गरौं,’ उनले भनिन् ।

Tags: पाठ्यक्रम परिमार्जनशिक्षा मन्त्रालयस्वास्थ्य तथा जनसंख्या मन्त्रालय
Previous Post

नवीकरण नगराएका स्वास्थ्य संस्थालाई कारबाही गरिने

Next Post

औद्योगिक विकासका लागि सहकार्य गर्ने बारे उद्योग वाणिज्य महासंघ र नास्ट बीच छलफल

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.