esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

दलित, अल्पसंख्यक तथा सिमान्तकृतको मुद्धा प्राथमिकता राख्ने मुख्यमन्त्री सिंहको प्रतिबद्धता

ईसनेश ईसनेश
प्रकाशित २०८१ पुष २४, बुधबार २१:०६ बजे
दलित, अल्पसंख्यक तथा सिमान्तकृतको मुद्धा प्राथमिकता राख्ने मुख्यमन्त्री सिंहको प्रतिबद्धता
0
SHARES
0
VIEWS

वीरगञ्ज,
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले दलित, अल्पसंख्यक तथा सिमान्तकृत समुदायको मुद्धालाई प्राथमिकताका साथ अगाडी बढाउने प्रतिबद्धता जनाएका छन् । जवाफदेहिताका लागि नागरिक अभियानको ध्यानाकर्षणपत्र बुझ्दै उनले त्यस्तो बताएका हुन् ।

‘ अन्य समुदायको जिवनशैली परिवर्तन भएपनि दलित सिमान्तकृत मुसहर समुदायको जिवनशैली जस्ताको त्यस्तै छ । दलित, अल्पसंख्यक तथा सिमान्तकृत समुदायको मुद्धा उठाउन आवश्यक छ ।’ उनले भने, ‘ प्रदेश सरकारले प्राथमिकताका साथ उनीहरुका लागि काम गर्छ ।’

हाम्रो अभियान पर्सा मार्फत सञ्चालित दलित, महिला, युवा तथा अल्पसंख्यक समुदायको मुद्धालाई उठाउने फेलोशिप कार्यक्रम प्रभावकारी रहेको उनको भनाई छ । उनले अभियानलाई सहयोग गर्ने आश्वासन समेत दिए ।

युएसएड नागरिक समाज संचार अन्र्तगत द एसिया फाउण्डेशनको सहयोगमा हाम्रो अभियान पर्साले मिडिया फेलोशिप कार्यक्रम सञ्चालन गरेको थियो । सोही कार्यक्रम अन्र्तगत गठित जवाफदेहिताका लागि नागरिक अभियानले मंगलबार मुख्यमन्त्री सिंहसंग भेट गरी मिडिया फेलोशिप मार्फत उठान गरिएका मुद्धाको बारेमा जानकारी गराएको थियो ।

नागरिक अभियानका संयोजक साजिर मन्सुरले मुख्यमन्त्री सिंहलाई ध्यानाकर्षण बुझाएका थिए । जवाफदेहिताका लागि नागरिक अभियान सामाजिक मुद्धाहरुको उठान गर्न, सरोकारवाला निकायलाई प्रश्न र पैरवी गर्न सञ्चारकर्मी र नागरिक समाजका प्रतिनीधिको साझा सञ्जाल हो ।

हाम्रो अभियानका शिवनाय यादवले मुख्यमन्त्री सिंहलाई फेलोजहरुले लेखेका समाचार कथाहरुको ‘समाचार संगालो’ हस्तान्तरण गरेका थिए । ‘हाम्रो अभियान, पर्सा’ युवाहरुद्वारा सञ्चालित गैरसरकारी संस्था हो । ई.सं. २०१८ देखि औपचारिक रुपमा पर्सामा स्थापना भई सुशासन, नागरिक सचेतना र जनता प्रति जिम्मेवार निकायलाई खबरदारी गर्ने कार्यमा संस्था सक्रिय छ ।

हालै संस्थाले द एशिया फाउण्डेसनको सहयोगमा सञ्चालित युएसआइडी सिएसएम परियोजना अन्तर्गत मिडिया फेलोशिप कार्यक्रम सञ्चालन गरेको छ ।

मिडिया फेलोजले महिला, युवा र अल्पसंख्यक सीमान्तकृत समुदायसँग जोडिएका विभिन्न समस्याका बारेमा समाचारहरु तयार पारेका छन् । तीनै मुद्धाहरुका बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने र ती समस्या समाधानको लागि पहल गर्ने उद्देश्यले मुख्यमन्त्री सिंहलाई भेटेको सलमा खातुनले जानकारी दिइन् ।

मिडिया फेलोशिप कार्यक्रम अन्र्तगत पहिलो वर्षमा मिडिया फेलोजले एकल महिला तथा दलितका नागरिकता समस्या, सार्वजनिक स्थानमा महिलामैत्री संरचनाहरुको अभाव, सार्वजनिक तथा स्वास्थ्य सेवा प्राप्त गर्न अल्पसंख्यकहरुले भोग्नुपर्ने समस्या, सामाजिक सद्भावका उदाहरणीय कथा, मधेश प्रदेशका युवाका सफलताका कथा लगायत विषय उठान गरेका थिए । केही प्रतिनिधिमूलक कथाहरुलाई समेटेर हाम्रो अभियानले ‘समाचार संगालो’ किताब समेत प्रकाशन गरेको हो ।

दोस्रो वर्षमा सामाजिक समस्याप्रति सरोकारवालाको ध्यानाकर्षण गराउँदै नागरिक समाजको अगुवाईमा समाधानको लागि पहल पनि गर्ने अभियानका यादव बताउँछन् । ती मुद्धा सम्बोधनाका लागि स्थानीय र प्रदेश सरकारको ध्यानाकर्षण गराउन आवश्यक देखिएकोले मुख्यमन्त्री सिंहलाई भेटेको उनको भनाई छ ।

मुख्यमन्त्रीसँगको भेटपछि महिला, युवा र धार्मिक, जातिय, भाषिक, लैगिंक अल्पसंख्यक सीमान्तकृत समुदायको लागि प्रदेश सरकारले विशेष पहलहरु गर्नेमा आशा पलाएको उनले बताए । मधेश प्रदेशका ८ वटै जिल्लामा स्थानीय नागरिक समाजको अगुवाइमा यस्ता पैरवीहरु हुनेछन् ।

Tags: जवाफदेहिताका लागि नागरिक अभियानद एशिया फाउण्डेसनमधेश प्रदेशमिडिया फेलोशिप कार्यक्रममुख्यमन्त्री सतिश कुमार सिंहहाम्रो अभियान पर्सा
Previous Post

औद्योगिक विकासका लागि सहकार्य गर्ने बारे उद्योग वाणिज्य महासंघ र नास्ट बीच छलफल

Next Post

राक्सिराङ्ग वडा नं ७ ‘चेपाङ साँस्कृतिक तथा पर्यटकीय क्षेत्र’ घोषित

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.