esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

राक्सिराङ्ग वडा नं ७ ‘चेपाङ साँस्कृतिक तथा पर्यटकीय क्षेत्र’ घोषित

ईसनेश ईसनेश
प्रकाशित २०८१ पुष २५, बिहीबार २०:३४ बजे
राक्सिराङ्ग वडा नं ७ ‘चेपाङ साँस्कृतिक तथा पर्यटकीय क्षेत्र’ घोषित
0
SHARES
0
VIEWS

काठमाडौं,
राक्सिराङ्ग गाउँपालिका वडा नं ७ लाई ‘चेपाङ साँस्कृतिक तथा पर्यटकीय क्षेत्र’ घोषणा गरिएको छ । गाउँ सभाको १७ औं हिउँदे अधिवेसनले पहिलो पटक वडालाई चेपाङ साँस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा गरेको हो ।

वडा नं ७ लाई चेपाङ साँस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा गर्ने वडा नं ८ का वडा अध्यक्ष एवं कार्यपालिका सदस्य युसाई प्रजाले राखेको प्रस्तावलाई वडा नं ७ का वडा अध्यक्ष राम बहादुर प्रजाले समर्थन गरेका थिए । गाउँ सभाले सर्वसम्मतीमा वडा नं ७ लाई चेपाङ साँस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा गर्ने प्रस्ताव पारित गरेको थियो ।

राक्सिराङ्ग गाउँपालिकामा चेपाङ र तामाङ समुदायको बाहुल्यता छ । ९ वटा वडामध्ये वडा नं ७ मा ८५ प्रतिशतको हाराहारीमा चेपाङ समुदायको बसोबास रहेका कारण सोही वडालाई ‘चेपाङ साँस्कृतिक तथा पर्यटकीय क्षेत्र’ घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।

यसले वडामा बसोबास गर्ने चेपाङ समुदायको आर्थिक, सामाजिक, तथा साँस्कृतिक विकासका लागि टेवा पुग्ने वडा अध्यक्ष राम बहादुर प्रजाले बताए । ‘ वडाका बासिन्दा गरिबी र अभावमा छन्, उनीहरुसँग १२ महिना खान पुग्ने अन्न पनि हुँदैन ।’ उनले भने, ‘ यो घोषणापछि विकासमा तिव्रता आउँछ, वडा लक्षित विशेष नीति तथा कार्यक्रम बन्छ जिविकोपार्जनमा सहयोग पुग्छ भन्ने अपेक्षा छ ।’

वडाका चेपाङ समुदायलाई आय आर्जनका क्रियाकलापसँग जोड्ने कार्यक्रम आवश्यक रहेको उनको भनाई छ । धादिङ र चितवनको सिमानामा रहेको वडा नं ७ मा राक्सिराङ्गको पनि विकट भूभागहरु जिराङ्ग, दाम्राङ्ग, गलिङ्ग, जुरेथुम, चरीमारा, रिङचाराङ्ग लगायतका गाउँ पर्छन् । वडा अध्यक्ष राम बहादुरका अनुसार वडा -७ मा हालसम्म गाउँपालिकाको सडक सञ्जाल जोडिएको छैन । चितवनको भण्डारा वा लोथरबाट जानुपर्ने बाध्यता छ ।

अधिवेसनका सभा अध्यक्ष एवं गाउँपालिका अध्यक्ष राजकुमार मल्लले वडा नं ७ लाईआगामि आर्थिक वर्षदेखि विशेष कार्यक्रम र बजेटको व्यवस्था गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘संघीय संरचनामा विशेष जाति पछाडि परेको सिमान्तकृत वर्गलाई सरक्षित क्षेत्र घोषणा गरेर जान सक्ने व्यवस्था संविधानले दिएको छ, तर कार्यान्वयन हुन सकेको छैन ।’ उनले भने , ‘स्थानीय कृषि उत्पादनले ३ देखि ६ महिना मात्रै खान पुग्छ, जंगलमा गिठ्ठा भ्याकुर कन्दमूल खोज्नुपर्ने बाध्यता छ, शिक्षा र स्वास्थ्यमा पछाडि परेका छन्, अहिलेपनि धामी झाँक्रीको भरमा उपचार गराउँछन् ।’

चेपाङ समुदायको बाहुल्यता रहेको पिछडिएको वडाको विकासका लागि विशेष कार्यक्रम ल्याउने उद्देश्यले ‘चेपाङ साँस्कृतिक एवं पर्यटकीय क्षेत्र’ घोषणा गरेको उनले बताए ।

‘मानव सूचांकमा पछाडि परेको पालिका हो, पालिकामा पनि पछाडि परेको चेपाङ समुदायको बाहुल्यता रहेको वडा हो । विशेष कार्यक्रम लागु गर्ने उद्देश्यले चेपाङ साँस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा गरेका हौं । विशेष बजेट लगानी भएर जानेछ, चेपाङको मात्रै हैन तामाङ समुदायको पनि जनजिविकामा काम गर्छौ ।’ उनले भने ।

राष्ट्रिय जनगणना २०७८ अनुसार राक्सिराङ्ग–७ को जनसंख्या ३ हजार २ सय ८८ छ ।

मानव अधिकारको क्षेत्रमा समेत काम गर्दै आउनुभएका वन विज्ञ भोला भट्टराईले राक्सिराङ्ग गाउँपालिकाले वडा नं ७ लाई ‘चेपाङ साँस्कृतिक एवं पर्यटकीय क्षेत्र’ घोषणा गर्नु स्वागत योग्य कदम भएको बताएका छन् । घोषणा कार्यान्वयनका लागि सबैको हातेमालो आवश्यक रहेको उनको धारणा छ ।

वन विज्ञ भोला भट्टराई

‘राक्सिराङ्ग गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर यो घोषणा गरेको छ । यसको कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय सरकार मिलेर काम गर्नुपर्छ ।’ उनले भने, ‘ एकीकृत कार्ययोजना बनाएर कार्यान्वयनका लागि सरोकारवाला एकजुट हुनुपर्छ ।

यस्तो घोषणाले सिमान्तकृत समुदायको आर्थिक, सामाजिक, साँस्कृतिक अधिकार ग्यारेन्टी गर्नुको साथै संविधान कार्यान्वयनमा समेत टेवा पुग्ने उनको भनाई छ ।

विज्ञ भट्टराईले चेपाङ समुदायको बाहुल्यता रहेको गोरखा, धादिङ, मकवानपुर र चितवनलाई मिलाएर ‘चेपाङ संरक्षित क्षेत्र’ घोषणा गर्नुपर्ने माग राख्दै आएका छन् ।

 

तस्वीरहरु :  राक्सिराङ्ग गाउँपालिका कार्यालयको फेसबुक पेजबाट साभार गरिएको हो ।

यो पनि पढ्नुहोस

‘ड्यू कल्चर’को दलदलमा चेपाङ समुदाय

राक्सिराङ्ग गाउँपालिकाका प्रवक्ता भन्छन्, गाजालाई कि वैधानिकता देउ, कि विकल्प देउ

Tags: चेपाङ साँस्कृतिक तथा पर्यटकीय क्षेत्रराक्सिराङ्ग गाउँपालिका
Previous Post

दलित, अल्पसंख्यक तथा सिमान्तकृतको मुद्धा प्राथमिकता राख्ने मुख्यमन्त्री सिंहको प्रतिबद्धता

Next Post

नर्स मिरा यादव सहित पाँच जना बने इन्टेग्रिटी आइकन

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.