esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

नर्स मिरा यादव सहित पाँच जना बने इन्टेग्रिटी आइकन

कहाँका कर्मचारी छन बाँकी चार जना ?

ईसनेश ईसनेश
प्रकाशित २०८१ माघ ३, बिहीबार २२:२२ बजे
नर्स मिरा यादव सहित पाँच जना बने इन्टेग्रिटी आइकन
0
SHARES
0
VIEWS

काठमाडौं,
एकाउन्टविलिटी ल्याब नेपालले यसवर्षको पाँच जना इन्टेग्रिटी आइकनको नाम सार्वजनिक गरेको छ । इन्टेग्रिटी आइकन नेपालको एघारौं संस्करणमा स्वास्थ्य कार्यालय पर्सामा कार्यरत पब्लिक हेल्थ नर्स मीरा यादव छनौट भएकी छन् ।

सार्वजनिक संयन्त्रमा रहेर इमान्दारीपूर्वक जिम्मेवारी वहन गर्ने ५ जनालाई एकाउन्टविलिटी ल्याबले हरेक वर्ष इन्टेग्रिटी आईकन घोषित गर्ने गरेको छ । गतवर्ष वीरगञ्जको नारायणी अस्पतालमा कार्यरत नर्स हेमा थापा लगायत पाँच जना इन्टेग्रिटी आइकन बन्न सफल भएका थिए ।

पब्लिक हेल्थ नर्स मीरासँगै बाँकेको नेपालगन्ज उपमहानगरपालिका–११ स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्रको जनस्वास्थ्य निरीक्षक सर्मिला सुवेदी, धादिङको बेनिघाट रोराङ गाउँपालिकाका शिक्षा अधिकृत बोधराज पाठक, चितवन स्थित चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको हात्ती प्रजनन तथा तालिम केन्द्रका शाखा अधिकृत मनपुरण चौधरी र कास्कीको पोखरा महानगरपालिकाका वरिष्ठ कृषि विकास अधिकृत मनहर कडरिया पनि आइडलमा छनौट भएका हुन् ।

पेशामा सेवाभाव हुने हो भने जुनसुकै भौगोलिक तथा सामाजिक वातावरणमा पनि उत्कृष्ट सेवा दिन सकिन्छ भन्ने उदाहरण मीरा हुन् । मधेशबाट दोलखा जस्तो पहाडी भू-भागमा काम गर्दा भूगोल र समाज उनका लागि कहिल्यै बाधक बनेनन् । दोलखामा, उनले पाठेघर खस्ने समस्या भएका महिलाहरूका लागि शिविर सञ्चालन गरिन, स्वास्थ्य संस्थासम्म पुग्न नसक्नेहरूलाई बोकेरै स्वास्थ्य सेवासम्म पु¥याउने वातावरण तयार पारिन् र उनीहरूको निःशुल्क उपचारको व्यवस्था समेत मिलाइदिइन् ।

पब्लिक हेल्थ नर्स मीरा यादव

जिम्मेवारी प्रतिको दायित्वबोध र सेवामा पारदर्शिता उनको सबल पक्ष रहेको एकाउन्टविलिटी ल्याबले जनाएको छ । ‘उनले कहिल्यै पनि ५ बजेपछि सेवाग्राहीलाई छोडेर घर जाने हतारो गरिनन् । मध्यरातमा स्वास्थ्य सेवा आवश्यक पर्दा कहिल्यै “राति भयो” भनेर पन्छिइनन् ।’ ल्याबले सार्वजनिक गरेको विवरणमा भनिएको छ, ‘आज सकेको कामको रिपोर्ट र हिसाबकिताब भोलिका लागि थाँती राख्ने बानी पनि उनले कहिल्यै गरिनन् ।’

पर्सा जिल्लाका सबै बर्थिङ सेन्टरमा स्किल्ड वर्थ एटेन्डेन्ट (एसबीए) तालिम लिएका जनशक्ति अनिवार्य राख्न उनले गरेको पहल र महिला स्वास्थ्यका लागि जिल्ला भरिका स्वास्थ्य संस्थाहरूसँग गरिरहेको समन्वयकारी भूमिकालाई आधार मानेर आइकन छनौट गरिएको छ ।

जनस्वास्थ्य निरीक्षक सर्मिला सुवेदी

वि.स.२०६६ सालमा सरकारी सेवामा प्रवेश गरेकी सर्मिलाले बर्दिया जिल्ला अस्पताल, गुलरियाबाट सेवा सुरु गरेकी हुन् । उनले जैसपुर स्वास्थ्य केन्द्र र परसपुर स्वास्थ्य केन्द्र नेपालगन्ज र मण्डनदेउपुर, काभ्रेपलाञ्चोकमा पनि काम गरेकी छिन् । सेवाग्राहीलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन र स्वास्थ्य सेवाप्रति विश्वास दिलाउन उनको योगदान छ ।

घरदैलोमै पुगेर मुस्लिम समुदायका महिलालाई स्वास्थ्य संस्थामा आउने वातावरण बनाउन, धामी–झाँक्रीको विश्वासमा रहेका समुदायलाई स्वास्थ्य सेवाको महत्व बुझाउन, समुदायको पहुँचभन्दा टाढा रहेकोे स्वास्थ्य संस्थाको भवन सबैको पहुँचमा हुने गरी सार्न पहल गर्न सर्मिलाले अग्रणी भूमिका खेलेकी छन् ।

सर्मिलाको काम र व्यवहारले सेवाग्राहीहरूलाई उनिप्रति मात्र होइन, स्वास्थ्य केन्द्रप्रति पनि विश्वास बढेको पाइएकोले उनलाई आइडलको रुपमा छनौट गरिएको संस्थाले जनाएको छ ।

शिक्षा अधिकृत बोधराज पाठक,

बोधराज, एक व्यक्तिको सोच र अग्रसरताले पालिकाभरिका ५९ वटै विद्यालयको गुणस्तर वृद्धि पनि सम्भव छ भन्ने उदाहरण हुन् । उनले त्यसका लागि शैक्षिक गुणस्तर वृद्धि गर्न ८८ बुँदे मार्गचित्र तयार गरी लागू गरेका थिए ।

नजिकैका विद्यालयहरूले एक अर्काको अनुभव र अभ्यास सिक्न सकून् भनेर वि.स २०७७ सालमा ‘‘ लिडरसीप स्कूल’’को अवधारणा लागू गरे । कुनैपनि विषयको शिक्षक खाली नहोस र २४ घन्टाभित्रै नियुक्त गर्न सकियोस भनेर “शिक्षक बैंक’’ स्थापना गरे । त्यसपछि पालिकाका कुनैपनि विद्यालयमा शिक्षक अभावमा विद्यार्थीको पढाइ प्रभावित भएको छैन ।

उनले विद्यालयहरूमा सुशासन कायम गर्न, अवस्था मापन गर्न ६७ वटा सूचक समावेश गरिएको विद्यालय स्वमूल्यांकन औजार निर्माण गरी लागू गरेका छन् । राम्रो नतिजा ल्याउने विद्यार्थी, शिक्षक, र विद्यालयलाई प्रोत्साहन गर्न हरेक वर्ष शिक्षा दिवसको दिन पालिकाको तर्फबाट सम्मानको व्यवस्था गरिएको छ । एक अर्काको अभ्यास सिक्न, सिकाउन, र सहकार्यलाई बढावा दिन उनले ‘‘ टिचर एक्सचेन्ज’ कार्यक्रम लागू गरेका छन् । उनले सबै योजनाहरू ल्याउँदा र लागू गर्दा सरोकारवालालाई सहभागी गराइ अपनत्वको भावनाको विकास गराएका छन् ।

शाखा अधिकृत मनपुरण चौधरी

मनपुरण, चार वर्षदेखि हात्ती प्रजनन तलिम केन्द्रमा रहेका ५५ वटा हात्तीको हेरचाहमा खटिएका १ सय ५५ जना कर्मचारीको नेतृत्व गर्छन् । उनी केन्द्रमा आएदेखि कर्मचारीहरु उत्साहित छन् । जंगलमा जंगली जनावरले अप्रत्यासित आक्रमण गर्न खोज्दा उनी अग्रपंक्तिमा उभिएर संरक्षण प्रदान गर्दछन् ।

उनले जोखिमबाट कसरी जोगिने भनेर कुशल तालिम दिन्छन् । केन्द्रमा हात्तीका छावा र आमाहरूले राम्रो स्याहार पाएका छन् । हुर्किँदै जाँदा कठिन तालिम लिनुपर्ने हात्तीका छावाहरूले सरल र दक्ष तालिम पाएका छन् । तालिमकै क्रममा कर्मचारी तथा हात्तीको मृत्युदर शून्य भएको छ ।

हात्तीलाई तालिम दिने काम त्यति सजिलो हुँदैन । सिमित स्रोत साधनका कारण वर्षमा दुईवटा हात्तीलाई तालिम दिन समेत गाह्रो हुने गरेको थियो । तर, मनपुरणले वर्षमा १० वटासम्म हात्तीलाई कुशलतापूर्वक तालिम दिएका छन् । नेपालभर कतै तालिममा कठिनाई भए मनपुरण नै पुग्नुपर्छ । मनपुरण दक्ष सिप, असल मानवीय व्यवहार, र कुशल नेतृत्व क्षमता भएका असल राष्ट्रसेवक रहेकोले आइडलमा छनौट गरिएको आयोजकले जनाएको छ ।

मनहर, पोखरा गएपछि कृषि पेशाबाट पलायन हुने तरखरमा रहेका किसान दायरा बढाउन हौसिएका छन् । पोखरामा कृषि उत्पादनले मूल्य नपाउने समस्या समाधान गर्र्न ३५ वस्तुको मूल्य निर्धारण गरिएको छ । बजारीकरणको समस्या समाधान गर्न ठाउँठाउँमा कृषि बजारहरू सञ्चालनमा ल्याइएका छन् ।

वरिष्ठ कृषि विकास अधिकृत मनहर कडरिया

जेठो बुढो चामल र खुदोको बजारीकरणका लागि त ब्रान्डिङ नै गरिएको छ । किसानहरूका उत्पादनहरू निःशुल्क रूपमा संकलन गर्नेदेखि बजारीकरणका लागि “कृषि एम्बुलेन्स” कार्यान्वयनमा ल्याइएको छ ।

दैनिक वस्तुको बजार मूल्य निर्धारण, कार्यक्रम माग गर्ने, र सूचना प्रवाहका लागि “पोखरा कृषि” नामक मोबाइल एप पनि सञ्चालनमा ल्याइएको छ । कृषिको व्यवसायिक उत्पादनलाई प्रवद्र्धन गर्दै र रोजगारी सिर्जना गर्ने उद्देश्यले महानगरपालिकाको २० वटा वडामा “एक वडा, एक उत्पादन” कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भईरहेको छ । जसले गर्दा किसानले कृषि पेशाबाट मनग्य लाभ लिन सफल भएका छन् भने युवा पनि कृषिकर्म तर्फ आकर्षित भएका छन् ।

आइकनका लागि देशभरबाट ३ सय ४९ वटा मनोनयन प्राप्त भएका थिए । सुशासनविद् सूर्यनाथ उपाध्याय, प्रशासनविद् काशिराज दाहाल, नेपाल सरकारका भूतपूर्व सचिवद्वय पुण्य प्रसाद न्यौपाने र जीवन प्रभा लामा, प्राध्यापक तथा सुशासनविद् डा. सुचेता प्याकुरेल, र इन्टेग्रिटी आइकन २०१५ प्रदीपराज कणेलले पाँच जना आइकन छनौट गरेका हुन् ।

छनौट प्रक्रियालाई थप प्रभावकारी र विश्वसनीय बनाउन तथ्य संकलन, व्यवस्थापन र विश्लेषण गर्न निर्णायक उप–समिति र एकाउन्टविलिटी ल्याबको सचिवालयले एकवर्षसम्म निरन्तर सहयोग गरेको थियो ।

आइकन छनोट भएका पाँचै जनालाई माघ ८ गते मंगलबार सम्मान गरिने एकाउन्टविलिटी ल्याबले जनाएको छ ।

Tags: 'इन्टेग्रिटी आईकन'अकाउन्टेबिलिटी ल्याबनर्स मीरा यादव
Previous Post

राक्सिराङ्ग वडा नं ७ ‘चेपाङ साँस्कृतिक तथा पर्यटकीय क्षेत्र’ घोषित

Next Post

नारायणी अस्पतालले माग्यो १४ जना कर्मचारी

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.