esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

बाबुराम कौशिक सहितका नेता माओवादीमै फर्किए

ईसनेश ईसनेश
प्रकाशित २०८१ माघ २१, सोमबार १२:३४ बजे
बाबुराम कौशिक सहितका नेता माओवादीमै फर्किए
0
SHARES
0
VIEWS

वीरगञ्ज  

एमाले र माओवादीबीच एकता भएर नेकपा हुदै प्रभु साह नेतृत्वको आम जनता पार्टीमा लागेका नेता कार्यकर्ताहरु पुनः नेकपा (माओवादी केन्द्र) मै फर्किएका छन् ।

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का केन्द्रीय सचिव तथा प्रवास विभाग प्रमुख बाबुराम कौशिक, पोलिटब्यूरो सदस्य तथा पर्सा इञ्चार्ज कदम रसुल सहितका नेता कार्यकर्ताहरु सोमबार नेकपा (माओवादी केन्द्र) मा नै फर्किएका हुन् ।

उनीहरुसँगै व्यापार महासंघका केन्द्रीय सदस्य तथा पूर्व माओवादी विदुर गुप्ता, आजपाका प्रदेश सदस्यहरु अफताब अहमद, सञ्जिप गुप्ता, दिलिप गुप्ता, विकास पटेल, सुनिल मोदी, नारायण देवान, नुर मियाँ, आकाश पटेल, सोनालाल मण्डल, चुनु महतो नुनिया लगायतका नेता कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र) मा फर्किएका छन् ।

उनीहरुसँगै एकीकृत समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानाध्यापक शत्रुधन गिरी पनि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरुलाई सोमबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा अध्यक्ष प्रचण्डले खादा लगाएर स्वागत गरे ।

बाबुराम कौशिक र विदुर गुप्ताहरु पूर्व माओवादी नै हुन् । कौशिक नेकपा हुदै प्रभु साहको आजपामा रहेपनि माओवादीप्रति उनको उत्तिकै भावनात्मक सम्बन्ध राख्ने गरेका थिए ।

माओवादीलाई कसैले गाली गर्ने अथवा जनयुद्धप्रति कसैको टिप्पणीको उनले विरोध गर्दै आएका छन् । पार्टी प्रवेश कार्यक्रममा नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज इञ्चार्ज विजय महतो, पूर्व अध्यक्ष रामदरश कुश्वाहा, पूर्व सचिव बालेश्वर थारु, नगर सचिव सुरेन्द्र गुप्ता, वाईसियल पर्साका संयोजक दिपेन्द्र सिंह पटेल लगायतको पनि उपस्थिति रहेको थियो ।

Previous Post

राक्सिराङ्गमा अनौपचारिक शिक्षा लाभदायक

Next Post

जलवायु परिवर्तनका कारण साम्जोङले व्यहोरेको गैरआर्थिक क्षति : गाउँ नै बन्यो शरणार्थी

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.